गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै

किरात राई यायोक्खा दक्षिण कोरियाले गायक तथा मुन्दुम विद जितेन राईको उपस्थितिमा ‘साकेला’ मनाउने भएको छ। यो वर्ष पनि यायोक्खाले ५ स्थानमा साकेला मनाउने भएको हो।
यायोक्खाले मे १८ तारिख जेजुदोमा साकेला मनाउने तय भएको अध्यक्ष पुरन याम्फुले जानकारी गराएका छन्। यसैगरी मे २५ तारिख केन्द्रले सुवनमा मनाउने भएको छ भने जुन १ तारिख बुसानमा मनाइने भएको छ। साकेलाको समापन जुन ८तारिख गजेदो र इक्सान दुइ स्थानमा मनाइने आयोजकले जनाएको छ।
किरात राई जातिले उधौली र उभौली साकेला गरेर वर्षमा २ पटक यो चाड मनाउने गर्छन्। वैशाख पूर्णीमाको दिन मनाइने यस चाडलाई उभौली साकेला भनेर पनि भन्ने गरेको पाइन्छ। अन्नबालि लगाउनु पूर्व बालीनाली सप्रीयोस, उब्जनी राम्रो होस भने पितृलाई पूज्दै साकेला सिली नाचेर यो चाड मनाउने प्रचलन रहिआएको छ।