Advertisement
SKIP THIS

बुसानमा छैटौँ बुद्ध जयन्ती फुट्सल कप २०२५ आयोजना हुँदै


तामाङ घेदुङ ख्यङ्साङ बुसान शाखा, दक्षिण कोरियाले सन् २०१८ देखि आयोजना गर्दै आएको बुद्ध जयन्ती फुट्सल प्रतियोगिताको छैटौँ संस्करण मे ४, २०२५ मा हुने भएको छ। “नाना आङा धिम” महिला सेल्टर सहयोगार्थ आयोजित यो प्रतियोगिता बुद्ध जयन्तीको अवसरमा पुरुष र महिला फुट्सल कपको रूपमा सञ्चालन हुनेछ।

“भगवान् गौतम बुद्ध नेपालमा जन्मेका हुन्” भन्ने सन्देश विश्वसामु पुर्‍याउने मुख्य उदेश्यले यस प्रतियोगिताको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष धनराज तामाङले बताएका हुन । साथै प्रतियोगिताले नेपालीहरूबीच भाइचारा र एकता अभिवृद्धि गर्ने तथा फुट्सलप्रति रुचि राख्ने खेलाडीहरूलाई प्रोत्साहन र विकासको अवसर प्रदान गर्ने उद्देश्य रहेको जनाएको छ।

यो प्रतियोगिता लिग सिस्टममा खेलाइनेछ  । जसमा टिम दर्ता अप्रिल २६, २०२५ दिउँसो १२ बजेसम्म खुला रहनेछ। विजेता टिमले ३० लाख वनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १५ लाख वनसहित ट्रफी, मेडल र प्रमाणपत्र, र तेस्रो स्थान प्राप्त गर्ने टिमले ८ लाख वन पाउनेछ। त्यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही १ लाख वन पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता अन्तर्राष्ट्रिय फुट्सल नियमअनुसार मर्यादित र निष्पक्ष रूपमा सञ्चालन हुने संस्थाका महासचिव प्रकाश लोप्चनले बताएका छन्।

घेदुङले प्रतियोगितालाई सफल बनाउन कोरियास्थित सबै संघसंस्था, फुटबल क्लब र खेलप्रेमीहरूलाई सहयोगको लागि हार्दिक अनुरोध गरेको छ ।

सन् २०१८ मा स्थापना भएको  घेदुङले आफ्नो स्थापना कालदेखि नै सञ्चालन गर्दै आएको महिला सेल्टर “नाना आङा धिम” हालसम्म पनि निरन्तर रूपमा सञ्चालित छ। यो सेल्टरले दक्षिण कोरियामा रहेका नेपाली महिलाहरूलाई संकटको समयमा सहयोग र आश्रय प्रदान गर्दै आएको छ।

प्रतियोगिताको विवरण:

  • प्रणाली: लिग सिस्टममा खेलाइने।
  • टिम दर्ता: अप्रिल २६, २०२५ दिउँसो १२ बजेसम्म।
  • पुरस्कार:
    • विजेता: ३० लाख वन, ट्रफी, मेडल, प्रमाणपत्र।
    • उपविजेता: १५ लाख वन, ट्रफी, मेडल, प्रमाणपत्र।
    • तेस्रो स्थान: ८ लाख वन।
    • सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक: प्रत्येकलाई १ लाख वन।
  • नियम: अन्तर्राष्ट्रिय फुट्सल नियमअनुसार मर्यादित र निष्पक्ष रूपमा सञ्चालन।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...