Advertisement
SKIP THIS

“दोश्रो नेपाल भलिबल कप २०१९” को उपाधी बाग्लुङ समाजको पोल्टामा


साैल , दक्षिण कोरिया

दक्षिण कोरिया मा सन् २०१७ स्थापित एक मात्र भलिबलको साझा संस्था नेपाल कोरिया भलिबल संघको आयोजनामा “हाम्रो प्रतिबद्वता, स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता” भन्ने मूल उद्घोषसहित सम्पन्न यस २०१९ सिजनको चौथो भलिबल प्रतियोगिता “दोश्रो नेपाल भलिबल कप २०१९”को उपाधि माथी बाग्लुङ समाजले कब्जा जमाएको छ ।

२८ जूलाई २०१९ का दिनमा सञ्चालन भएको सो प्रतियोगिता सउलस्थित सङ्बोक कुमिन छेयुक्वान (성북 구민 체육관 서울 북구 항월 곡 동 리뷰 9) मा भव्यताका साथ सम्पन्न भएको हो । सेमिफाइनलमा स्याङ्जा परिवार हरियो टिमलाई हराउँदै फाईनल सम्मको यात्रा तय गरेको बाग्लुङ समाजले सेमीफाईनलमा स्याङ्जा परिवार निलो टिमलाई पाखा लगाएको आनसान नेपाली समाज “A” टिमसँग उपाधिका लागि प्रतिष्पर्धा गरेको थियो ।

प्रतियोगितामा विभिन्न संस्था र समूह-ग्रुप गरि जम्मा १३ टिमको सहभागिता रहेको थियो । जसमा उपाधि विजेता बाग्लुङ समाज, उपविजेता आनसान नेपाली समाज “A” ले क्रमशः १५ लाख वन सहित कप, मेडल, प्रमाण पत्र र उप-विजेताले ११ लाख वन सहित कप, मेडल, प्रमाण पत्र प्राप्त गरे । सान्तवना विजेता दुई सेमीफाईनलिष्ट टिमहरु स्याङ्जा परिवार हरियो र स्याङ्जा परिवार निलोले ३ लाख ५० हजार वोन पुरस्कार राशीमा चित्त बुझाउनुपर्यो । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्दै बाग्लुङ समाजका स्पाइकर झबिन्द्र के.सी. ले ट्रफी, नगद र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा खेल सञ्चालनमा मुख्य भूमिका निभाउनुभएका राष्ट्रिय भलिबल रेफ्रिहरु अमित राना, डिलु बिरकट्टा मगर, लोकेन्द्र भट्टचन र दिपक थापालाई धन्यवाद स्वरुप सम्मान गरिएको थियो ।

सो प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा गैर नेपाली आवासीय संघ (NRNA) का अध्यक्ष लक्ष्मी लामा गुरुङको प्रमुख आतिथ्यता, विशेष अतिथिहरुमा नेपाली सम्पर्क समिति (NCC) का वरिष्ठ उपाध्यक्ष श्री प्रसाद श्रेष्ठ, हल व्यवस्थापक पास्टर लि.दे. हुन (कोरियन), अतिथिहरुमा गैर नेपाली आवासीय संघ (NRNA) का वरिष्ठ उपाध्यक्ष बिपिन कुमार गुरुङ, नेपाल कोरिया भलिबल संघका सल्लाहकारहरु क्रमशः धर्म गुरुङ, गान्धिव सुवेदी, प्रितम गुरुङ, खोम प्रसाद गुरुङ, नवीन गुरुङ, स्याङ्जा परिवारका अध्यक्ष युवराज गुरुङ, कास्की परिवारका अध्यक्ष सूरज गुरुङ, म्याग्दी प्रवासी संघका अध्यक्ष किसन सेन्चुरी, बाग्लुङ समाजका अध्यक्ष राम प्रसाद शर्मा, गुल्मी सम्पर्क समितिका अध्यक्ष चन्द्र राना, गोरखा परिवारका भूपू अध्यक्ष यदु लामिछाने ,आनसान नेपाली समाजका अध्यक्ष अमृत पाठक लगायत कोरियास्थित विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधी अतिथिहरुको उपस्थिती रहेको थियो ।

नेपाल कोरिया भलिबल संघका सह-सचिव एवं गुल्मी सम्पर्क समितिका अध्यक्ष समेत रहेका चन्द्र रानाको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथि गैर नेपाली आवासीय संघ (NRNA) कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष भजिन्द्र क्षेत्रीले सभापतित्व ग्रहण गरेका थिए । उहाँले कार्यक्रम समापन भएको घोषणासँगै २०१९ सिजनको चौथो भलिबल प्रतियोगिता “दोश्रो नेपाल भलिबल कप २०१९” लाई सफल बनाउन आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्नुहुने समस्त खेलप्रेमी महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए । सो पुरस्कार वितरण समारोहको औपचारिक कार्यक्रम सचिव लेसन गुरुङले सञ्चालन गरेका थिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...