Advertisement
SKIP THIS

प्रथम बिश्वकर्मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१९” को टाईसिट सार्वजनिक, १४ टिमको सहभागिता ।


सौल, दक्षिण कोरिया

” विकास, अनुशासन गतिशिलता” भन्ने मूल उद्घोषसँगै कोरिया स्थित अति सक्रिय र र गौरवमय संस्था मध्ये बिश्वकर्मा समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको “प्रथम बिश्वकर्मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१९” को लागि ११ अगष्ट २०१९ मा दोङदेमुनको नाङ्लो रेष्टुरेण्टमा खेलतालिका (टाईसिट) सार्वजनिक भएको छ ।

भलिवल प्रतियोगिताको साझा संस्था नेपाल कोरिया भलिवल संघको मातहतमा रहेर यस २०१९ सिजनकै पाँचौ प्रतियोगिता गर्ने अनुमति पाए बमोजिम यही आउँदो अगष्ट १८ तारिक आईतबारका दिन आसान स्थित 아산시민 체육곤 충남 아산시 신정로 685 मा “प्रथम बिश्वकर्मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१९”आयोजना गरिने भएको हो । यसका लागि संस्थाका वरिष्ठ सल्लाहकार दिपेन सेन्चुरी, सचिव राम कुमार बिश्वकर्मा, खेल संयोजक ईशु सुनार, कप्तान मुकेश सेन्चुरी, टिम कोच जसु बराईली, नेपाल भलिबल संघमा आबद्व राष्ट्रिय रेफ्रीहरु र विभिन्न संघ-संस्था सम्बद्व अध्यक्ष तथा प्रतिनिधि र खेलप्रेमी महानुभावहरुको उपस्थितिका विच टिम दर्ता तथा टाई सिट (Tie-Sheet) सार्वजनिक भएको हो ।

सो प्रतियोगितामा जम्मा १४ टिमले प्रतिष्पर्धा गर्ने भएको छ । A पोल अन्तर्गत शुरुवाती अर्थात् उद्घाटन खेल बिश्वकर्मा समाज “रातो” र डेउ समाज “A” विच हुनेछ । त्यसपछि क्रमशः B पोल अन्तर्गतको दोश्रो खेलमा सोलुखुम्बु र डेउ समाज B” विश्वकर्मा समाज भिड्नेछ ।

यस प्रतियोगितामा भलिवल संघको नियमानुसार पुरस्कार प्रथम र द्वितीयले कप, सम्मान पत्र सहित क्रमशः १३ लाख वोन र १० लाख वोन त्यसै गरि दुई सेमीफाइनलिष्ट टिमले जनही ३ लाख ५० हजार वोनका दरले पुरस्कार हात पार्नेछ साथै खेलको आधारमा एक जना उत्कृष्ट खेलाडीलाई कप, नगद र सम्मान पत्रले सम्मान गरिने बिश्वकर्मा समाजका अध्यक्ष सन्तोष कश्यपले जानकारी गराए ।

सो प्रतियोगिता हलमा मनग्य स्वादिष्ट नेपाली खाजाका परिकारहरुको व्यवस्था गरिने र सँगै रहेको अर्कों बिल्डिङमा स:शुल्क पौडीको लागी स्वीमिङ पूल रहेकोले गर्मी सिजनमा पौडीको मज्जा लिन सकिने आयोजकले जनाएको छ । “प्रथम बिश्वकर्मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१९” प्रतिष्पर्धात्मक भलिवल प्रतियोगिता सफल बनाउन आर्थिक, नैतिक सबैखाले सहयोग गर्नुहुन कोरियावासी सम्पूर्ण नेपालीहरुलाई विश्वकर्मा समाजले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम तपसिल :

मिति : २०१९ अगष्ट १८ तारिक आईतबार ।
समय : बिहान ठीक ०९:०० बजेदेखि ।
स्थान : 아산시민 체육곤 충남 아산시 신정로 685

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...