Advertisement
SKIP THIS

तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

अगस्ट ३ र ४ तारिख ताप्लेजुङ सम्पर्क समितिले बृहत वनभोजको आयोजना गर्दै

कोरियाको गर्मी विदामा कहाँ जाने भनेर अन्यौलमा पर्नु भएको छ भने अब चिन्ता नगर्नुहोस्। किनभने ताप्लेजुङ सम्पर्क समितीले अगस्ट ३ र ४ तारिख वृहत वनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ। सौलबाट नजिक रहेको 가평군 대성리 मा अवस्थित अति शुन्दर वनभोज स्थल खोलाको किनारमा रमणीय दृश्यावलोकन गर्दै विभिन्न मिष्ठान्न भोजन र पेय पदार्थको स्वाद लिदैँ समय व्यतित गर्न सकिने छ। साथै पुरस्कार सहितको मनोरञ्जनात्म खेल छोक्कु, हाँडी फुटाई, छेलो हान्ने आदिफुर्सदमा

जुलाई ७ तारिख “गाउँ आएको बाटो” सउलमा प्रदर्शन हुँदै

विश्वभर सफल प्रदर्शन भइरहेको बहुप्रतिक्षित चलचित्र “गाउँ आएको बाटो” कोरियाको सउलमा प्रदर्शन हुने भएको छ। राजधानी सौल स्थित जोगेसा गुम्बाको हलमा फ्रेण्डस फर इभर ग्रुपद्वारा जुलाई ७ तारिख दिनको १२:३० बजेदेखि प्रदर्शन गर्न लागिएको हो। सफल निर्देशक नविन सुब्बाको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, पसुपति राई, प्रशन राई आदिको अभिनय रहेको छ भने यो चलचित्र कोरियाको बुसान अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा पनि प्रदर्शन भइसकेको छ। कोरियामा यस चलचित्रको माग उच्च भएकाफुर्सदमा

कोरियाबाट काभ्रेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

दक्षिण कोरियामा रहेका काभ्रे जिल्लाबासीहरुका साझा संस्था काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले आफ्नो जिल्लाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।  यस बर्ष जिल्लाको ३ वटा स्थानीय निकायका ९ वटा सरकारी तथा सामुदायिक विद्यालयका “गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग” कार्यक्रम सपन्न गरेको संस्थाका अध्यक्ष सुमन चौलागाईले फोनिज कोरियालाई बताएका हुन्।   यस सहयोग मार्फत महाभारत, खानिखोला र रोशी गाउँपालिका १३५ जना भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन्फुर्सदमा

यूवा तथा खेलकुद मन्त्री श्रेष्ठ कोरिया आउने

माननिय यूवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराज भक्त श्रेष्ठ कोरिया भ्रमणमा आउने भएका छन्। यहि जुन २८ तारिख देखि एक हप्ते कार्यक्रम लिएर उच्च स्तरीय टोली सहित माननिय श्रेष्ठ दक्षिण कोरिया आउन लागेका हुन्। दक्षिण कोरियाको संस्कृती तथा खेलकुद मन्त्रालय र “कोईकाको ” निमन्त्रणामा दक्षिण कोरिया आउन लागेक हुन्। भ्रमणका क्रममा युवा तथा खेलकुद मन्त्री श्रेष्ठले कोरियाको संस्कृती तथा खेलकुद मन्त्री यु ईन छोनसंगफुर्सदमा

यायोक्खाले यस वर्षको अन्तिम उभौली साकेला सुवनमा गर्दै

किरात राई यायोक्खा दक्षिण कोरिया केन्द्रीय समितिले जुन १६ तारिख आइतबार साकेला पर्व आयोजना गर्ने भएको छ। गतवर्ष आयोजना गरिएकै स्थान सुवन स्थित ह्वासमून पार्कमा कार्यक्रम हुने अध्यक्ष पुरन याम्फुले जानकारी दिएका छन्। ‘नौ लाख किराँती एउटै शान, पुर्खाको विरासत हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सम्पन्न हुन लागेको कार्यक्रममा शुभकामना आदानप्रदान साथै राई जातीको मौलिक साकेला सिली नाच, विविध साँस्कृतिक झाँकी एवम मौलिक परिकार र पेयपदार्थहरु रहने आयोजकले जनाएकोफुर्सदमा

एनसिसिद्वारा छुसकको कार्यक्रम बाँडफाँड, ३ संस्थालाई अनुमति

नेपाली सम्पर्क समिति (एनसिसि) कोरियाद्धारा छुसकमा हुने कार्यक्रमको बाँडफाँड गरिएको छ।एनसीसीले आइतबार सौलको दोङदेमुन स्थित निक ट्राभलको सभाहलमा गरेको बाँडफाँड कार्यक्रमबाट ३ संस्थाले अनुमति पाएको छ। आगामी छुसकमा लमजुङ परिवार , कर्णाली प्रदेश समाज र नेपाल आदिवासी जनजाती महासंघको तर्फबाट शेर्पा संघ दक्षिण कोरियाले कार्यक्रम गर्ने जिम्मेवारी प्राप्त गरेका हुन् । जातीय संस्थाहरुको छाता संगठन नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले शेर्पा संघलाई कार्यक्रम गर्न दिएको अनुमतीलाइनै एनसीसीले आदिवासी जनजातीफुर्सदमा

बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा सम्पन्न

“२५६८ औं बुद्धजयन्ती” को अवसरमा नेपाली राजदुतबास सउल, नेपाल पर्यटन बोर्ड, सउल नेपाल गुम्बा  एनआरएनए, नेपाली सम्पर्क समिति (एनसीसी), जनजाती महासघं, पाँच स, सोनसिक लगायतका विभिन्न क्षेत्रीय, जातीय, धार्मिक संघ-संस्थाहरूले संयुक्त बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा मे १९ तारिख आईतबार सउलमा मनाएको छ । उक्त कार्यक्रमको परेड (र्याली)मा नेपालको, बुद्ध झण्डा, ब्यानार, नेपालको राष्ट्रिय पोषकमा सजिएर जोग्येसा, जोङगाक गाङ्वामुनहुदैं परिक्रम गरेर जोग्येसामा आएर परेड सम्पन्न भएको छफुर्सदमा

मे २६ मा नेपाली समपर्क समितिले छुसकको कार्यक्रम बाँडफाँड गर्दै

नेपाली सम्पर्क समिती(NCC) ले कोरियाको महान चाँड छुसक को अबसरमा बिभिन्न नेपाली संघ सस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रम बाडफाड गर्ने मिती तय गरेको छ।गत अप्रिल 28 तारिकमा प्रादेशिक संस्था र नेपाली सम्पर्क समिति NCC को दोस्रो बिस्तारिक बैठक द्वारा सर्बसम्मत रुपमा मे 26 तारिक बाँडफाँड गर्ने मिति तय भएको हो । कार्यक्रमका  नाममा नेपाली समाज नै बिखन्डन हुने  र अस्वस्थ प्रतिस्पर्धाले फाईदा नपुग्ने हुनाले यसपाली सबैलाई मिलाएर लैजानुपर्ने सबैको आशयफुर्सदमा

नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने

“२५६८ औं बुद्धजयन्ती” को अवसरमा सउल नेपाल गुम्बा र नेपाली राजदुतबास सउलको आयोजना र नेपाल बौद्ध परिवार, एनआरएनए, नेपाली सम्पर्क समिति (एनसीसी), जनजाती महासघं, पाँच स, सोनसिक लगायतका विभिन्न क्षेत्रीय, जातीय, धार्मिक संघ-संस्थाहरूले सहआयोजनामा परेड र बृहत सांस्कृतिक कार्यक्रम मे १९ तारिख जोगेसामा मनाउने भएको छ । उक्त कार्यक्रम परेड (र्याली)मा नेपालको झण्डा, बुद्ध प्रतिमा, सगरमाथाको पोष्टर पम्पेल्ट, राष्ट्रिय पोषक, बाजागाजा, नृत्य गायन लगायतका विविध सांस्कृतिक प्रस्तुती, बुद्ध प्रवचन गरिफुर्सदमा

भोजपूर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल बान्तावा

मे ५ तारिख आइतवार भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न भएको छ । दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको हलमा सम्पन्न अधिवेशनले सुनिल बान्तावाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको बरिस्ठ उपाध्यक्षमा अजय खत्रीलाई जिम्मेवारि दिइएको छ भने उपाध्यक्षमा डिवि राई, गोविन्द बिसी, राम साम्पाङ चयन भएका छन्। यसैगरी महासचिवमा दिलिप बान्तावा, सचिवमा खगेन्द्र बिष्ट र उमेश कार्की, कोषाध्यक्षमा भुपाल थापा र सहकोषाध्यक्षमा सीता श्रेष्ठ चयन गरिएका छन्फुर्सदमा

ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...