Advertisement
SKIP THIS

समर नाईटमा जमेका बाबु साईला र विवशको ‘टेम्पर’


फोनिज संवाददाता,सोल-शनिबार सुवनस्थित माउन्ट एभरेष्ट रेष्ट्रोरेण्टमा समर नाईटमा बाबु साईला र यल्जी विवश रात छिप्पिदैं जांदा साहित्यको प्यालामा सोजु हालेर मेक्छुमा जम्दैं थिए । हेर्दा के बोल्लान् र जस्तो लाग्ने कलाकार बाबु साईला कविताको छिडीबाट छिरेपछि भेउ पाउदैंन्न मज्जाले डुबछन् गहिराईमा चुर्लुम्म ।
बिश्वास‬ कविताबाट शुरु भएको बाबु साईलाको कविता विश्वास गर्न गाह्रो हुने गरी आफनी आमालाई यसरी संझन्छन् ।
खै किन हो अचेल
घरपारिको मनासलु हिमाल
आरुबखडा नासपाती र सुन्तलाका फुलहरु
अनि मेरो आमाको फुलेको कपाल
उस्तै उस्तै लाग्छ…
चरीले बास बस्न छाडेपछिको गुंड
मैले पाइला टेक्न बिर्सिएपछि
झोक्राएर ढल्न थालेको गाउंको घर
घरछेउको बुढो लांकुरीको बोट
अनि आमाको खुम्चिएको निधार
उस्तै उस्तै लाग्छ….
समसामयिक,चोटिला केही गजल र कविता प्रस्तुत गरेका थिए बाबु साईलाले ।

अतिथि कविको रुपमा उपस्थित भएका कवि यल्जी विवश अहिलेका युवापिडीले प्रयोग गर्ने स्लांग शब्दको मिसावटमा प्रयोगवादी कविता टेम्पर सुनाउदैं थिए ।
किन यहाँ ढुङ्गाहरु मात्र हिँड्छन्
ढुङ्गाकै बारीमा ढुङ्गा नै रोप्न ?

उनी कवितामा विम्ब र प्रतिकलाई बढी प्रयोग गर्ने खुबी राख्छन् ।आधा दर्जन बढी कविता गजल पस्केका युवा चर्चित कविले रात,भरिया,भट्टी शिर्षकका कविता वाचन गरे ।
जनजाति महासंघका अध्यक्ष चित्र बहादुर मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अनलाईन वेभ टिभिका संस्थापक क्यामेरामेन उमेश घिमिरेलाई श्रव्य दृष्य र म्यूजिक भिडियो छायांकनमा निरन्तरता दिई कला क्षेत्रमा योगदान दिएकोमा सम्मान गरिएको थियो ।
कलाकारहरुको संगठन नेपाल ललितकला मञ्च कोरिया शाखाले सो सम्मान गरेको हो । विशेष अतिथि उमेश घिमिरे,संघीय समाजवादीका देवराज स्यांगतेन रहेका थिए ।त्यसैंगरी अतिथिमा युवा कवि यल्जी विवश,मोडल जसु याख्खा लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरु रहेका थिए ।

स्थानीय कलाकारको मनग्गे जमघट रहेको समर नाईटमा अमन थिंग,अमन तामांग,ज्ञानु चौंहान,निरन गुरुंग,संजीत थापा मगर,सुनिल थापा,आशिक बोहराले गीत गाएर कार्यक्रमको शोभा बढाएका थिए । बाबु साईलाका शुभचिन्तकहरुको उल्लेख्य भीड रहेको सो कार्यक्रमको अनलाईन वेभ टिभिको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
त्यसैंगरी ललितकला मञ्च दक्षिण कोरियाका स्थापनाकाल देखि निरन्तर सहयोग पुराएकोमा निरन गुरुंग,संजीत थापा र विर्ख गुरुंगलाई सम्मान गरिएको थियो ।

अनलाईन वेभ टिभिका प्रस्तोता द्धय उमेश शेरालुंग र मेघप्रसाद बाईबाले कार्यक्रम सञ्चालन गरेका थिए । छन्देरी ग्रुपको आयोजनामा यस अघि पनि कलाकार बाबु साईला छन्देरीमा एकल कविता वाचन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...