अन्तिम कल (भुकम्प साहित्य )
बाबुसाईला (भीम सुब्बा तामाङ)–
विश्वास, भरोसा अनि सपनाहरु माथि नराम्रोसग खेलबाड गरी भताभुङ्ग पारी गएदेखि उनको याद याद आउने सबैं ढोकाहरु थुन्न थालेको थिए ।तर पनि भित्रभित्रैं कही कतैं दु:खिरहने मनले बेला बेला उनको मिठो आभास दिलाईरहन्थ्यो ।
उनकैं कारण शरीर दिनदिनैं गलीरहेको थियो, यस्तो लाग्थ्यो मन्द विषले लठ्याईरहेको छ ।संबन्ध टुटेपछि पिडाले रन्थनिएर बेहोशीमै टाढा भाग्ने क्रममा यस परदेशी भुमिमा श्रम खेप्न आईपुगेको थिए । दिन भरको कामको थकान र उसले दिएको पिडाको बोझ थाम्नैं नसकिने गरी भारी भएको थियो ।तर दुर्भाग्य म भन्दा पहिले धराहरा ढल्यो ।देश हल्लियो ।विनाशकारी भुकम्पमा परी हजारौं घरहरु ढले ।थुप्रैं जीवन पुरियो । सन्नाटा छायो ।
सबभन्दा पहिले घरपरिवारलाई संझिए,सब सकुशल रहेको थाहा पाएपछि आफन्तहरुको हालखबर बुझें ।अनि नसकेर पनि बैंगुनी मायालाई संझिए……..
उनको बस्तीहरु तिर धेरैं घरहरु ढलेको सुनियो ।मन एक तमासले आतीरहेको थियो ।अनायसैं उनको फोन नंबर डायल गर्न पुगे, जुन मस्ष्तिकमा कहिले नमेटिने गरी सेभ भएर बसेको थियो ।
बल्ल बल्ल फोनको घण्टी गयो । उनको आवाज सुन्न पाउदा पिडाले छटपटिएको मेरो मनले राहत महशुस गरयो ।एक दुई वचन सन्चो विसन्चो सोधेंपछि फोन राखिदिए ।यो भन्दा बढी सोध्ने यसपाली मेरो कुनैं अधिकार थिएन ।
किनकी यसपाली उनको ख्याल गर्ने मान्छे अरु कोही थियो ।उनी अर्कैकी भइसकेकी थिइन ।किन किन उनले धेरैं कुरा भन्न खोजेजस्तो लाग्यो तर मसंग सुन्ने सामर्थ पनि थिएन ।अनि फोन राखीदिए ।शायद उनलाई थाहा पनि नहोला,त्यो नैं मेरो अन्तिम कल थियो ।