कोरियामा नेपाली अबैधानिक सबैभन्दा कम


नवराज ढकाल
काठमाडौं-दक्षिण कोरियामा ५.४ प्रतिशत नेपाली कामदार गैरकानुनी रहेका छन्। कोरिया सरकारले गरेको पछिल्लो अध्ययनअनुसार त्यहाँ रहेका नेपाली कामदारमध्ये ५.४ प्रतिशत अवैध छन्।

 

यो तथ्यांक सन् २०१४ नोभेम्बर अन्त्यसम्मको हो। त्यसपछिको अवस्थाका बारेमा भने अध्ययन भएको छैन। हाल कोरियामा २७ हजार नेपाली कामदार छन्। यो संख्याका आधारमा हिसाब गर्दा गैरकानुनी कामदारको संख्या एक हजार चार सय ५८ हुन आउँछ।

 

 

अवैधरूपमा बस्ने कामदारको संख्या सन् २०१३ को तुलनामा बढेको हो। त्यस देशमा चार वर्ष १० महिनाभन्दा बढी बस्ने विदेशी कामदार स्वत: गैरकानुनी हुने व्यवस्था छ।

 

सन् २०१३ मा कोरियामा जम्मा ३.७ प्रतिशतमात्र अवैध नेपाली कामदार थिए। यो विवरणले त्यहाँ नेपाली कामदार अवैध रूपमा बस्ने क्रम बढेको देखाउँछ।

पाँच प्रतिशतभन्दा बढी कामदार अवैध भएमा कोरियाले घटाउन चेतावनी दिने गर्छ। घटाउन नसके रोजगारदाता मुलुकले कामदार लिन रोक्न सक्छ। अवैध बस्ने नेपाली पाँच प्रतिशतबाट माथितिर जान थालेकाले घटाउन कोरियाले नेपाललाई पटकपटक निर्देशन दिइसकेको छ।

 

गैरकानुनी रूपमा बस्ने क्रम नघटेपछि नेपालले गत वर्ष अवधि पूरा भएर फर्किनेलाई स्वरोजगारमूलक कामसम्बन्धी तालिम र सहुलियत ऋण दिने योजना सार्वजनिक गरेको थियो।

 

ईपीएस कोरिया शाखा नेपालका निर्देशक ली दोङ सिर्कले सन् २०१३ को तुलनामा २०१४ मा अवैध बस्ने नेपाली कामदारको संख्या बढेकाले नेपालले घटाउन तत्काल पहल गर्नुपर्ने बताए।

 

अवैध बस्ने क्रम नरोकिए आगामी दिनमा नयाँ कामदार पठाउन समस्या हुने भएकाले घटाउन आवश्यक रहेको उनी बताउँछन्। सिर्क कोरियाको तर्फबाट ईपीएस नेपाल शाखामा निर्देशक हुन्।

 

एउटै कम्पनीमा चार वर्ष १० महिना काम गरेपछि पुन: सोही कम्पनीले कामदार मगाउनेमा नेपाल दोस्रो स्थानमा छ। एउटै कम्पनीमा पूरा अवधि काम गरेपछि रोजगारदाताले मन पराएर फेरि सोही व्यक्तिलाई मगाउनुलाई प्रतिबद्ध कामदार (कमिटेड वर्कर) भन्ने गरिएको छ।

 

यस्ता कामदारले नेपाल आएर तीन महिना बसेपछि फेरि जान पाउँछन्। जानुअघि स्वास्थ्य परीक्षण गरे पुग्छ। ईपीएस कोरिया शाखाका अनुसार गत वर्ष यस्ता तीन सय २० जना कामदार कोरिया गएका थिए। अवैध बस्नेमा सबैभन्दा धेरै भियतनामका छन् भने प्रतिबद्ध कामदारमा पनि सोही मुलुक पहिलो स्थानमा छ।

 

अन्‍यको तुलनामा नेपाली सबैभन्दा कम

 

कोरियामा गैरकानुनी रूपमा बस्ने नेपाली कामदारको संख्या बर्सेनि बढ्दो क्रममा रहे पनि त्यहाँ कामदार पठाउने सबै मुलुकको तुलनामा अवैध नेपालीको संख्या सबैभन्दा थोरै रहेको छ।

 

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा नेपालसहित १६ वटा मुलुकका कामदार जाने गरेका छन्। यसमध्ये गैरकानुनी रूपमा बस्नेमा नेपालको संख्या सबैभन्दा कम छ। नेपालका लागि यो खुसीको विषय भए पनि अवैध बस्नेको संख्या बर्सेनि बढ्दो क्रममा रहेकाले सचेत हुन रोजगारदाता मुलुकले आग्रह गरेको छ।

 

कोरियामा सबैभन्दा बढी भियतनामका कामदार गैरकानुनी रूपमा बसेका छन्। भियतनामका सबैभन्दा बढी अवैध भए पनि संख्या र प्रतिशतभन्दा कोरिया शाखाले गोप्य राखेको छ।

 

रोजगारदाताले नेपाली कामदारलाई सबैभन्दा बढी रुचाएका छन्। ईपीएसअन्तर्गत लिइने कुल विदेशी कामदारमा नेपालबाट मात्र १७ प्रतिशत रहेको छ। यसले रोजगारदाताको छनोटमा नेपाली परेको पुष्टि हुन्छ।

 

वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले चार वर्ष १० महिना बसेपछि फर्किने कामदारलाई नेपाल सरकारले सहुलियतपूर्ण ऋण र स्वरोजगारको तालिम दिने बताए।

 

रोजगारीको आकर्षक गन्तव्य मुलुक भएकाले त्यहाँ गएका कामदार अनुशासित भएमा भविष्यमा अरू धेरै नेपालीले जान पाउने उनले बताए।-अन्नपूर्ण

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकको कार्यक्रममा एनसिसिको सहजिकरण , तनहूँ, पाँचथर र लुम्बिनीलाई अनुमति
  • चुम्लुङ कोरियाद्वारा केलाङ प्रशिक्षण सम्पन्न
  • पूर्वी नेपाल समाजले १० औँ वार्षिकोत्सव सँगै वृहत वनभोजको आयोजना गर्दै
  • जुन २२ का दिन ह्वासङमा ‘खुल्ला पुल प्रतियोगिता’ हुँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...