Advertisement
SKIP THIS

अब नेपाल रेमिटबाट पैंसा पठाउन सकिने


दक्षिण कोरियामा हुन्डी ठगी गर्ने नेपालीहरु बढ्दै गएका छन् । दक्षिण कोरिया बाट बैधानिक रुपमा नेपालमा पैसा पठाउन सकिन्छ तर ब्यांकका विधि विधानहरुलाई मान्न पर्ने भएको ले नेपालीहरुले हुण्डी मार्फत सो कारोबार गर्ने गर्छन् ।
हुण्डीकै कारोवार मार्फत सोगेन्द्र घले नामका एक नेपालीले ३ करोड ठगि गरेपछि हुण्डीबाट पैसा पठाउने गरेका नेपालीहरु शसंकित भएका छन्।केहि समय अघि दक्षिण कोरियाली सरकारले वित्तीय कारोबारको लागि रेमिट कारोवार गर्ने अनुमति दिए संगै नेपाल रेमिटले पनि कोरियामा आफ्नो कारोवार सुरु गरेको छ ।दक्षिण कोरियाको केन्द्रीय बैंक र नेपाल राष्ट्र बैंकसंगको अनुमतिमा पेगेट लिमिटेडसंग सहकार्य नेपाल रेमिटले कोरियाबाट पहिलो पटक सो सेवा सुचारु गरेको हो |
के हो नेपाल रेमिट?
विश्वभर छरीएर बसेका नेपालीहरुका लागी सरल, सुरक्षित तथा वैधानिक माध्मयम बाट विदेशबाट नेपालमा पैसा पठाउन स्थापना भएको हो । नेपालमा विगतमा १० वर्ष देखि मनि ट्रान्सफरको क्षेत्रमा विश्वनीय सेवा पुयाईरहेको छ । नेपाल रेमिट बाट पठाएको रकम नेपाल को कुनै पनि बैंक तथा वित्तीय संस्थामा आफ्नो वा आफ्नो परिवारको खातामा सिधै जम्मा गर्न सकिन्छ, साथै नेपाल भर रहेका २००० भन्दा बढी शाखा को संजाल मार्फ़त अत्यन्त शीघ्रताको साथ सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्ने व्यवस्था मिलाएको छ ।
नेपाल रेमिटबाट पैसा कसरि पठाउने ?
नेपाल रेमिटको वेबसाईट www.nepalremit.com/korea वाट मेम्बर रजिस्ट्रेसन फार्म डाउनलोड गरि आफ्नो एलीएन (Alien Card) को फोटो कपी (अगाडी र पछाड़ी) र passport को फोटोकपी सहीत Paygate Ltd. को ठेगाना PAYGATE LTD., 2F, Seokchonhosu-Ro 258, Songpa-Gu, Seoul 138-848 वा फ्याक्स न. 070-8228-7161 वा स्क्यान गरेर इमेल – [email protected] मा पठाएर सुविधा प्राप्त गर्न सकिन्छ ।
त्यसको लागि एलीएन कार्डमा तपाईको भिजाको अवधि सकिएको हुनु भने हुँदैन । सो फर्ममा नेपालमा पैसा पाउने व्यक्ति वा बैंक खाताको यथार्थ विवरण उल्लेख गर्नुपर्दछ ।
नेपाल रेमिटले तपाईको ठेगानामा अन्य जानकारी सहित Membership Card र १४ अंकको MEMBERSHIP VIRTUAL बैंक खाता नम्बरबारे जानकारी गराउने छ ।उक्त कार्डमा IBK बैंकको १४ अंकको MEMBERSHIP VIRTUAL बैंक खाता नम्बर हुनेछ ।उक्त खाता नम्बर तपाईको मात्रै हुनेछ| बैंक खातामा कुनै पनि बैंकको शाखा वा ATM प्रयोग गरि पठाउन चाहेको रकम र पठाउँदा लाग्ने सेवा शुल्क थप गरी एकमुष्ट पठाउन सकिन्छ । ATM बाट पैसा जम्मा गर्दा आफ्नो सहि नाम चेक गरेर मात्र पैसा जम्मा गर्नु पर्ने हुन्छ ।
यसरी पैसा जम्मा गर्दा तपाईको कुनै पनि कोरिया को बैंक खाता छ भने, उक्त खाताबाट ट्रान्सफर गर्न सक्नु हुनेछ । यदि तपाईको कुनै पनि बैंकमा खाता नभएको खण्डमा कोरिया क कुनै पनि बैंकको शाखामा गई पैसा जम्मा गर्न सकिनेछ ।
तपाईले कोरियाबाट पठाएको कोरियन वोन (KRW) को नेपालमा प्राप्त हुने नेपाली रुपैयाँ (NPR) बारे जानकारी यस कम्पनी को वेबसाइट www.nepalremit.com/korea बाट लिन सक्नु हुने छ ।
उक्त खातामा रकम जम्मा हुन साथ केहि मिनेटमा नै पैसा नेपाल आई पुग्नेछ र पैसा पठाउने व्यक्ति लाई SMS मार्फत एउटा CODE नम्बर आउने छ । केहि कारणवस SMS नआएमा फोन न. 070-4858-5955 वा VIBER न. +977-9801-116-688 मा फोन गरी, आफ्नो खाता नम्बर र पैसा पठाएको रकम जानकारी दिई कोड नम्बर प्राप्त गर्न सक्नु हुन्छ ।
नेपालमा पैसा नगद भुक्तानी लिने गरि पैसा पठाएको खण्डमा, उक्त कोड नम्बर नेपालमा पैसा पाउने व्यक्ति लाई दिनु पर्ने हुन्छ।
उक्त कोडको प्रयोग गरि पैसा पाउने व्यक्तिले नेपालमा पैसा भुक्तानी लिन सक्नेछन् । तपाईले पठाएको पैसा सिधै बैंकमा जम्मा हुने गरि पठाउनु भएको खण्डमा नेपालमा उक्त कोड नम्बर दिई राख्नु जरुरी हुने छैन र उक्त रकम सिधै बैंक खातामा जम्मा हुनेछ ।
सम्पर्क
कोरिया नम्बर – 070-4858-5955 वा VIBER न. +977-9801116688
KOREA OFFICE :
2F, Seokchonhosu-Ro 258,
Songpa-Gu,
Seoul 138-848, KOREA
KOREA OFFICE TIME:
SUN-FRI 10:00 AM – 06:00 PM (Korea time)
बैंक नगई सुविधा लिन परेमा
कोरियाको नम्बर 010-2334-6649 / 010-2078-6649
नेपाल सम्पर्क
Kathmandu Plaza, Kamaladi, NEPAL
Tel: +977-1- 4168800 / 4168700
FAX: +977-1-4168724

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...