महाभुकम्पलाई रहात उठाउदै स्याङ्जा परिवार
नोमराज गुरुङ्
सोल-बैशाख १२ गते नेपालमा गएको महा–भुकम्पले घर, परिवार र आफन्तहरु गुमाएका पीडितहरुको लागि स्याङ्जा परिवार दक्षिण कोरियाले रहात सङ्कलन गरिरहेको छ । भुकम्प गएको दोस्रो दिनदेखि नै कोरियामा आई मजदुरी गरीरहेका नेपालीहरुसाग उसले ‘दु:ख र आपतमा सहयोग गरौं, सच्चा मानवताको परिचय दिउा’ भन्ने नारा सहति महा–भुकम्पबाट पीडित बनेका नेपालीहरुलाई रहात सङ्कलन सुरु गरेको थियो । परिवारले संस्थाका उपाध्यक्ष याम गुरुङ्को संयोजकत्वमा कोषाध्यक्ष टेक राना, सह–सचिव मित्रबन्धु कफ्ले, भलिबल सह–संयोजक लेसन गुरुङ् र सदस्य मणि खनाल रहेको ५ सदस्यीय रहात सङ्कलन समिति समेत गठन गरेको छ ।
रहात सङ्कलनको आज ५औं दिनसम्म झण्डै ७० लाख भन्दा बढि रकम सङ्कलन भएको परिवारका उपाध्यक्ष रहात सङ्कलन समितिका संयोजक याम गुरुङ्ले जानकारी दिनुभयो । गुरुङ्का अनुसार परिवारले कोरियामा रोजगारीको सिलसिलामा रहेका सम्पूर्ण स्याङ्जाबासी र सम्पूर्ण नेपाली दाजुभाईहरुमा प्रेस विज्ञप्ती जारी रहात सङ्कलनको सुरुवात गरेको थियो । सुरुवात देखिनै कोरियामा रहेका प्रवासी नेपालीहरुले न्यूनतम ५० हजार देखि २ लाख वनसम्म परिवारको रहात सङ्कलन टोलीलाई दिएका छन् ।
रहात सङ्कलनको लागि परिवारले उपाध्यक्ष याम गुरुङ्को आई.बि.के. बैंकमा रहेको खाता नम्बर २२१–२९५२९६–०२–०१३ उपलब्ध गराएको छ ।
त्यस्तै परिवारका सचिव कुमार थापाले एक प्रेस विज्ञप्ती जारी गरी मह–भुकम्पबाट मृत्यु भएका मृत आत्माहरुको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनि कामना समेत गरेको छ । विज्ञप्तीमा सम्पूर्ण नेपालीहरुलाई मह–भुकम्पमा परेकोहरुको उद्दारको लागि एक हुन समेत अनुरोध गरिएको छ ।
परिवारले कोरियामा सङ्कलन गर्ने रहात रकम कुन माध्यमबाट नेपाल पठाई पीडित समक्ष पुर्याउने भन्ने बारे अगामी आईबार बस्ने बैठकले निर्णय गर्ने परिवारका अध्यक्ष धर्म गुरुङ्ले जानकारी दिनुभयो ।