छन्त्याल परिवार दक्षिण कोरियाको भाग्यशाली चिट्ठाको नतिजा फेब्रुअरी २१ मा खोलिने
सौल –
कोरियामा कार्यरत छन्त्यालहरुको साझा संस्था छन्त्याल परिवार दक्षिण कोरियाले नेपाल सम्पर्क समितिको स्वीकृतमा गत सलनाल पर्व २०१६ को अवसर पारी आयोजना गरेको भाग्यशाली चिट्ठाको नतिजा फेब्रुअरी २१ मा खोलिने भएको छ । आपतकालीन अक्षयकोष निर्माण सहयोगार्थ आयोजना गरिएको उक्त भाग्यशाली चिट्ठाको नतिजा नियमानुसार गत फेब्रुअरी ७ तारिख मोरङ डाईनामिक कमिटीको सांस्कृतिक कार्यक्रममा खोल्नु पर्ने थियो ।
छन्त्याल परिवारका अध्यक्ष अमर छन्त्यालले प्रकाशित गर्नु भएको बिज्ञप्तिमा भनिएको छ- विविध कारणवश निश्चित स्थान,मिति र समयमा चिट्ठाको नतिजा खोल्न नसकिएकोले छन्त्याल परिवार दक्षिण कोरियाको तर्फबाट क्षमा याचना गर्दछौं । साथै चिट्ठाको टिकट प्राप्त गरि हाल सम्म पनि चिट्ठाको अर्धकट्टी फिर्ता नगर्नु भएका संघ संस्था लगायत ब्यक्ती महानुभावहरुले चिट्ठाको अर्धकट्टी बुझाई सहयोग गरि दिनुहुन हार्दिक अनुरोध गर्दै तल उल्यखित स्थान ,मिति र समयमा संघ संस्थाका प्रतिनिधिहरु लगायत सम्पूर्ण महानुभावहरुलाई कार्यक्रममा उपस्थितिको लागि समेत हार्दिक अनुरोध गर्दछौं ।
मिति: २१ फेब्रुअरी २०१६
स्थान: नेपाल हाउस ।
समय: दिनको २ बजे ।
 
     
     
         
         
         
         
  
 
  
 
  
 
  
 
  
 
  
 
  
 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	