Advertisement
SKIP THIS

सुनुवार सेवा समाज दक्षिण कोरिया साखाको प्रथम साधारणसभा सम्पन्न


कोरियन नयाँ वर्ष तथा चाड सालनालको  अवसर पारेर आइतबार सुनुवार सेवा समाज दक्षिण कोरिया शाखाको प्रथम साधारण सभा सम्पन्न भएको छ । कोरियाको राजधानी सउलको धोङ्देमुनस्थित पूजा रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा विभिन्न व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा कोरियामा रहेका सुनुवारहरु भेला भएका थिए ।

सुनुवार सेवा समाजका अध्यक्ष हुसन सुनुवारको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्पूर्ण सुनुवारहरुको हित, भलाई, आपसी सद्धभाव, एकताको लागि आफ्नो भेषभूषा कला र संस्कृतिको संरक्षण गरि सबै समुदायमाझ आफ्नो पहिचान दिलाउनुका साथै कोरियामा रहेका विभिन्न संघसंस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्ने समाजका सल्लाहकार बालकृष्ण सुनुवारले बताए ।
कार्यक्रममा समाजका सचिव हर्क सुनुवारले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै संस्था गठन भएको छोटो अवधिमा नै साधारणसभा गर्नुपरेकोले सोचेअनुसार काम गर्न नसके पनि संस्थाको लागि आन्तरिक चाहिने सामाग्री जुटाउनुका साथै कोरियामा रहेका सुनुवारहरुको बाहुल्यता बढाउनमा जोड दिएका थिए । त्यसैगरी समाजका कोषाध्यक्ष सुवास सुनुवारले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

जनसंख्याको आधारमा सुनुवार जाती थोरै भएपनि कोरिया जस्तो बिदेशी ठाऊमा सुनुवारहरुको जमघट तथा सुनुवार सेवा समाज गठन प्रति खुशि व्यक्त गर्दै सदस्य निर्मला सुनुवारले आफ्नो संस्कृति प्रति सबै कोईँचहरुले हातमा हात मिलाऊन आग्राह गरेकी थिईन । महिला सहभागीले सभा ऊत्साह बढेको थियो ।

व्यस्तताको बाबजुद पनि आफ्नो अमूल्य समय निकालेर यस समाजलाई सबैले दिएको सल्लाह सुझाव र सहयोगप्रति आभार प्रकट गर्दै अध्यक्ष हुसन सुनुवारले सो समाजको विघटन गरि पुन हुसन सुनुवारकै अध्यक्षतामा १३जना को कार्यसमिति चयन भएको थियो भने २ जना सल्लाहकार राखिएको थियो।

सुनुवार सेवा समाज दक्षिण कोरिया साखाको नवगठित कार्यसमितिका पदाधिकारीहरु

अध्यक्ष :हुसन सुनुवार
उपाध्यक्ष :तोरण सुनुवार
कोषाध्यक्ष :वेद ब. सुनुवार
सचिव :शुवास सुनुवार
स-सचिव :हर्क सुनुवार
सदस्यहरु: शुसिला सुनुवार
:रुद्र सुनुवार
:निर्मला सुनुवार
:मुनराज सुनुवार
:राम सुनुवार
:सविना सुनुवार
:कृष्ण सुनुवार
:उत्तर ब.सुनुवार
सल्लाहकार :बालकृष्ण  सुनुवार
:दिपक सुनुवार

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...