कुशकुमारको राजीनामापछि सुरूङमार्गका १७ सय लगानीकर्ता अन्यौलमा


 

काठमाडौ– राजधानीदेखि हेटौंडा छिचोल्ने बाटोमा पर्ने कुलेखानीदेखि भीमफेदीसम्मको घुमाउरो र साँधुरो बाटोका कारण धेरै यात्रुले वर्षौंदेखि समस्या भोग्दै आएका छन्।

 

यस क्षेत्रमा बस्ने स्थानीयबासीले त झन् दैनिकी नै सास्तीपूर्ण तवरले बिताउनु परिरहेको छ। त्यही बाटो छिचोल्ने गरी पहाड छेडेर सुरुङ मार्ग बनाउन सकिन्छ भन्ने कुरा सुन्दा यहाँका बासिन्दाले आश्चर्यमिश्रित खुसी महशुस गरेका थिए। ‘त्यस्तो सुरुङ मार्गलाई टोल(शुल्क) रोडको रुपमा सञ्चालन गरेर मुनाफा पनि आर्जन गर्न सकिन्छ,’ स्थानीयले सुनेका थिए। तर, त्यो आयोजना पूरा गर्न निकै ठूलो पूँजीको आवश्यकता थियो ।

 

 

करिब ५ वर्षअघि नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा यस आयोजनालाई अघि बढाउने कुरा भयो। कुशकुमार पनि लागे। र, अन्ततः २०६८ सालमा नेपाल पूर्वाधार विकास कम्पनी विधिवत् रुपमा दर्ता भयो। कम्पनी सञ्चालक बोर्डका अध्यक्ष बने, कुशकुमार। पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको उक्त कम्पनीले १ हजार ७ सय ८३ जनालाई शेयरधनी पनि बनायो। नापजाप गर्ने, चिनो लगाउने जस्ता केही काम भए। प्राविधिक अध्ययन पनि भयाे। हालसम्म गरी कम्पनीले ३० करोड ३१ लाख रुपैयाँ शेयरधनीबाट जुटायो। कोरियामा कार्यरत नेपालीहरुले पनि कम्पनीमा २ करोड ४८ लाख रुपैयाँ लगानी गरे। तर, याे रकम अायाेजनाकाे एक छेउ काम पनि गर्न पुग्दैन। पूँजीकै अभावमा कम्पनीले स्थापनादेखि ५ वर्ष बित्न लाग्दासमेत सुरुङ मार्गको ठोस काम अघि बढाउन सकेन।

 

 

कम्पनीले भित्र्याउन आँटेको लगानीकर्ताहरु काठमाडौं–निजगढ फास्टट्रयाकका कारण अत्तालिएको अवस्था पनि देखियो। ‘फास्ट ट्रयाक बन्यो भने निगढदेखि पूर्वका र यस क्षेत्रका सवारी साधनहरु सुरुङ मार्ग नभएर फास्ट ट्रयाकबाट आउँछन्। चितवनदेखि पश्चिमका सवारी साधन मुग्लिनकै बाटो भएर काठमाडौं आउँछन्। र, सोचेजति टोल उठ्दैन। टोल नउठे लगानी डुब्छ,’ यस्तो हल्ला र सामान्य आँकलनकै भरमा कम्पनीमा लगानी गर्ने बचन दिएका गैरआवासीय नेपालीलगायतले लगानी गरेनन्। यस अायाेजनामा लगानि गर्न धेरैले खुट्टा कमाए। अर्कोतर्फ लगानीको अनुपातमा ३० वर्षभित्र सरकारलाई जिम्मा लगाउनु पर्ने परियोजनाको लगात उठाएर मुनाफा कमाउन त्यस मार्ग भएर आवतजावत गर्ने सवारीका साधनलाई तोकिने शुल्क हिसाब गर्दा निकै महँगो शुल्क हुने आँकलन गरियो। महँगो शुल्क तिरेर सुरुङमार्ग भएर सवारी साधन नगुढ्ने अनुमान पनि भए। यी यस्तै अनेक अवरोध(राजनीतिकलगायत)का कारण उक्त कम्पनीले परियोजनालाई अघि बढाउन नसक्ने भएपछि बोर्ड अध्यक्ष जोशीले हालै राजिनामा दिए।

 

 

लगानीकर्ताहरुका अनुसार कम्पनीमाथि हाल २८ लाख रुपैयाँ ऋण छ। उक्त आयोजनाको प्राविधिक अध्ययन गरेको फूलब्राइट कन्सल्टेन्सीलाई १७ करोड रुपैयाँ तिर्न बाँकी छ। सरुङ निर्माणका लागि अधिग्रहण गर्नु पर्ने जमिनको भाउ पाँच वर्षमा निकै महँगो भइसकेको छ। हाल उक्त कम्पनीका शेयरलगानीकर्ताहरुले दुखेसो पोख्नु शिवाय अर्को उपाय सुझाउन सकेका छैनन्।

 

 

सुरुङमार्ग निर्माण होला आफ्नो क्षेत्रको विकास होला र टोलमार्फत आफ्नो व्यक्तिगत आर्थिक उन्नति पनि होला भन्ने आशामा कम्पनीमा लगानी गरेका लगानीकर्ता अहिले नेतृत्वविहिन अवस्थामा छन्। योग्य, दक्ष, र काम गर्न सक्ने नेतृत्वको खोजीमा छन्। संघर्ष समिति गठन गरेर आयोजना अघि बढाउन विभिन्न निकायलाई झकझक्याउनेलगायतका गतिविधि गरिरहेका छन्। कहिले पत्रकार सम्मेलन गर्ने त कहिले सरकारलाई झकझक्याउने गरिरहेको भए पनि सरकारले नै यस परियोजनालाई गम्भीरतासाथ लिएर सहयोग नगरेसम्म सुध्रिने नदेखिएको उक्त कम्पनीका लगानीकर्ताहरुको भनाई छ।  (नागरिक दैनिकबाट)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...