नेपाली सेवा समाज छिन्छनद्वारा हिमालय हाउसको स्थापना


सोल-  कोरियाको छिन्छनमा कार्यरत नेपालीहरुको संस्था नेपाली सेवा समाज छिन्छनले हिमालय हाउसको स्थापना गरेको छ । छुङछङ प्रदेशको छिन्छन जिल्ला स्थित छिन्छन शहरमा नेपाली सेवा समाज छिन्छन दक्षिण कोरियाले सेल्टरको रुपमा संचालन गर्ने गरि हिमालय हाउसको स्थापना गरेको हो ।

 

 

जनवरी ३१ तारिख आईतबार छिन्छन समाज दक्षिण कोरियाले आयोजना गरेको हिमालय हाउस उद्घाटन कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । समाजका संस्थापक अध्यक्ष भक्त सुनारको सभापतित्वमा उद्घाटन कार्यक्रममा प्रमुख अतिथि चुङबुक माईग्रेन्ट सेन्टर छिन्छन शखाकी प्रमुख खो उन यङ ज्यु रहनु भएको थियो भने बिशेष अतिथिहरुमा उमसङ नेपाली सहयोग समितिका अध्यक्ष लाल बहादुर साउद , एन सि सी पुर्व सचिव चेत बहादुर बस्नेत र ब्यबसायी तथा समाज सेवी प्रेम गुरुङ रहनु भएको थियो ।

 

 

 

प्रमुख अतिथि चुङबुक माईग्रेन्ट सेन्टर छिन्छन शखाकी प्रमुख खो उन यङ ज्युले रिबन काटेर हिमालय हाउसको उद्घाटन गर्नु भयो । कार्यक्रममा हिमालय हाउस स्थापना गर्न उल्यख्य भूमिका निभाउनु हुने नेपाली सेवा समाज छिन्छनका संस्थापक पदाधिकारीहरुलाई कदर पत्र र समाजलाई बिबिध सहयोग गर्दै आउनु भएकी चुङबुक माईग्रेन्ट सेन्टर छिन्छन शखाकी प्रमुख खो उन यङ ज्युलाई प्रशंसा पत्रले सम्मान प्रदान गरिएको थियो ।

 

 

हिमालय हाउसको स्थापना पश्चात खास गरि चुङबुक क्षेत्रमा रहेका बेरोजगार नेपालीहरु लाभांबित हुने छन । उद्घाटन कार्यक्रमका प्राय: सबै बक्ताहरुले नेपाली सेवा समाज छिन्छन कोरियाले स्थापना गरेको हिमालय हाउस उदाहरणिय भएको र यस अभियानलाई सफल पार्न संस्थाले खेलेको भूमकाको प्रशंसा गर्दै यसलाई दिगो र ब्यबस्थित रुपमा संचालन गरिनु पर्नेमा जोड दिए । करिब ४५ जना नेपालीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन संस्थाका सचिव दल प्रसाद तिलिजा र सल्लाहकार अनुप बस्नेतले गरेका थिए भने समाजका संस्थापक तथा बर्तमान कार्य समितिका कोषाध्यक्ष बिकल सेरचनले कार्यक्रम ब्यबस्थापनको भूमिका निभाएका थिए ।

 

 
नेपाली सेवा समाज छिन्छन दक्षिण कोरिया कोरियाको छुङबुक स्थित छिन्छन क्षेत्रमा कार्यरत युवा समाज सेवी नेपालीहरुको पहलमा गत २०१५ मे १० तारिखको दिन स्थापना भएको हो । सोहि महिनाको ३१ तारिख समाजले छिन्छन शहर स्थित ख्वाङहेवनमा पहिलो भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको थियो । करिव ८५ जना नेपालीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमबाट सकृय सदस्य तथा साधारण सदस्यहरुको कितान गरि मासिक मासिक लेवी संकलन कार्यलाई अगाडी बढाएको थियो । सोहि भेटघाट कार्यक्रममा प्रस्तुत गरिएको हिमालय हाउस स्थापना गर्ने योजनालाई करिव ८ महिनामा नै पूरा गरिएको छ ।

 

 

त्यस्तै यस संस्थाको स्थापना भए पश्चात गत अक्टुबरमा एम्बेश्डर फूटबल कप र नागार्जुन कपमा सफल सहभागिता जनाई खेलकूद क्षेत्रमा समेत राम्रै पहुंच जमाउन सफल भएको छ । गत बैशाख १२ तारिखको महा भुकम्पमा परि दुबै खुट्ट गुमाउन पुगेका सोलुखुम्बु जिल्लाका कक्षा ८ मा अध्ययनरत सन्देश बस्नेत (बर्ष १२) लाई नेरु १ लाख सहयोग गरेको छ भने उमसङ नेपाली सहयोग समितिका निवर्तमान महासचिव बाबुराम पोख्रेलको असामायीक निधनमा उनको परिवारलाई चीर शान्तिको कामना गर्दै ३०१,००० कोरियन वन प्रदान गरेको छ ।

 

 
हिमालय हाउस (सेलटर)को ठेगाना:

 
충청복도 진천군 진천읍 중앙동7길 16, 101호 금성주택
सम्पर्क: भक्त सुनार (अध्यक्ष) – ०१० ३१४१ १९५१

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाल बौद्ध परिवार  कोरियाको अध्यक्षमा कुसङ शेर्पा
  • नेपाल गोरखा परिवार कोरियाको अध्यक्षमा दिपक श्रेष्ठ
  • नुवाकोट समाज कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने
  • घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...