Advertisement
SKIP THIS

जनअधिकार मञ्चको ख्याङनाम अधिबेशन एतिहासीक रुपमा सम्पन्न


 गोबिन्द गौतम/ किम्हे दक्षिणकोरिया – एकीकृत नेकपा माओबादीको भातृ संगठन नेपाली जनअधिकार मञ्च दक्षिण कोरियाले आफ्नो ख्याङनाम क्षेत्रको क्षेत्रीय अधिबेशन भब्य रुपमा सम्पन्न गरेको छ। महामहिम राजदुत कमान सिंह लामाको प्रमुख आतिथ्यमा यहि जनवरी ३१ तारिक किम्हे सिटिको YCAM हलमा ईश्वर न्यौपानेको नेतृत्वमा २१ सदस्यीय निर्बिरोध समिती गठन गर्दै मञ्चले आफ्नो ख्याङनाम अधिबेशन सम्पन्न गरेको हो।

 

कोरियामा जनअधिकार मञ्चको केन्द्रिय अधिबेशन नजिकिदै गरेको माहोलमा भएको क्षेत्रीय अधिबेशनले थप उर्जा प्रदान गरेको ठहर गर्दै मञ्चले सबैको उत्साहको लागि एकमुस्ट धन्यवाद ज्ञापन गरेको छ। मञ्चका केन्द्रिय बरिस्ठ  उपाध्यक्ष प्रशान्त राज बानियाँको अध्यक्षतामा भएको अधिबेशनमा किम्हे बुसान क्षेत्रमा सकृय समाज सेवीको रुपमा परिचीत यज्ञ राज सुवेदी, मञ्चका बर्तमान अध्यक्ष गणेश कालिकोटे, संरक्षक दिलिप धिताल सल्लाहकार ईन्द्र माया तामाङ तथा स्थानिय बुद्धिजीवी तथा संघ सस्थाका प्रतिनिधि हरुको उल्लेख्य उपस्थिति रहेको थियो।

12637096_1091808367538831_1277240627_o

 

एन आर एन, एन सी सी, मगर संघ, जन सम्पर्क समिती, ओ एन एफ, जिन्जु कोरिया एकता समाज लगायत दर्जन बढी क्षेत्रीय संघ सस्था स्पोर्ट्स क्लबका प्रतिनिधि हरु तथा मञ्च प्रती आस्थावान कोरियाबासी नेपाली समुदायको भब्य सहभागीतामा भएको अधिबेशनमा स्वागत मन्तव्य ईश्वर न्यौपानेले राख्नु भएको थियो भने कार्यक्रम संचालन र ब्यबस्थापन ईश्वर कटायतले गर्नु भएको थियो।

 

बर्तमान राजनितिलाई सहकार्य र सहमतीबाट समाजमा सकारात्मक परिवर्तनको लागि जोड्नु पर्ने भन्दै धेरै बक्ताहरुले नेपाली राजनीतिले निराशाको बिचमा संभावनाको द्वार खोलेको तर्फ संकेत गरेका थिए भने राजनीति पनि समाज सेवाको राम्रो माध्यम भएकोले सबैले प्रवाशमा रहदा बस्दा यहाँको समस्यालाई हातेमालो गर्दै समाधान खोजिनु पर्नेकुरामा जोड दिएका थिए।

 

कार्यक्रममा बोल्दै महामहिम राजदुत लामाले कोरियाको पश्चिमि क्षेत्रमा हुने हरेक सामाजिक काम बाट आफू प्रभाबित भएको र यसले नेपाली समाजको रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्न सक्ने धारणा सहित अधिबेशन सफलताको शुभकामना ब्यक्त गर्नु भयो। राजनीति र समाज संगै जोडेर लैजादा मात्र समाजको संतुलित बिकाश संम्भव छ, आजका युवाको जोश जागर देखेर आफुले पनि धेरै सिक्न पर्ने कुरा महशुश गरेको धारणा समजसेवी यज्ञ सुबेदिले राख्नु भएको थियो।

 

यस्तै गरि मञ्चका अध्यक्ष गणेश कालिकोटे,केन्द्रीकृत सल्लाहकार खगेन्द्र बुढा, उपाध्यक्ष चुडामणि अधिकारी लगायले आ-आफ्नो धारणा राख्नु भएको थियो।कार्यक्रममा मञ्चका केन्द्रिय महासचिव लालकाजी बस्नेत,केन्द्रिय सदस्यहरु क्रमशः राजेम्द्र बस्याल, गोबिन्द गौतम, सचिब पदम लावती, सल्लाहकार भोला पौडेल लगायत केन्द्रिय कमिटिका पदाधिकारीको उपस्थिती रहेको थियो। नवनिर्वाचित कमिटिलाई मञ्चका केन्द्रिय अध्यक्ष तथा निर्वाचन मण्डल संयोजक गणेश कालीकोटेले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो।

 

  • निर्वाचित पदाधिकारी हरु:-

    ईश्वर न्यौपाने :- अध्यक्ष

    निरज पाण्डे :-उपाध्यक्ष

    नोबिन्द्र कटुवाल :-उपाध्यक्ष

    रबि सुवेदी :- उपाध्यक्ष

    सन्तोष राई :- सचीव

    सागर पोखरेल :-सचीव

    सन्जु थापा :-कोषाध्यक्ष

    सदस्य हरु:-

    अनिश गुरुङ

    धनु थापा

    मिलन तामाङ

    गणेश कुमार गौतम

    राजन अधिकारि

    मोहन अधिकारि

    पाल्साङ पाख्रीन

    राजेन्द्र भण्डारी

    सुसान्तराज बानियाँ

    स्वस्तिक चौलागाईं

    सुजाता बस्नेत

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...