Advertisement
SKIP THIS

इपिएस परीक्षाकाे अनलाईन आवेदन लिन ४५ लाखको सफ्टवेयर प्रस्ताव


 

काठमाडौं– रोजगार अनुमति प्रणाली(इपिएस) कोरिया शाखाले परीक्षाका लागि आवश्यक आवेदन अनलाईन मार्फत लिनका लागि आवश्यक सफ्टवेयर निर्माणका लागि करिब रु. ४५ लाखको प्रस्तावसहित श्रम मन्त्रालयसँग स्वीकृति मागेको छ।

शाखाले ३ इन्जिनियर समुहले गरेको लागत अनुमानअनुसारको लागत प्रस्तावसहितको स्वीकृति माग गरिएको लामाे समय बितिसकेकाे भए पनि हालसम्म स्वीकृति नअाएकाे शाखाका निर्देशक डिल्लिराम बास्तोलाले बताए।

 

 

‘सफ्टवेयरलगायत सम्पूर्ण नयाँ संरचना तयार गर्न करिब ३ करोड रुपैयाँ लागि यसअघिको अनुमान थियो,’ उनले भने, ‘अहिले भने सफ्टवेयरका लागि मात्र करिब ४५ लाख रुपैयाँ प्रस्ताव गरिएको हो ।’ सफ्टवेयरका लागि आवश्यक प्राविधिक सहयोग मानव संसाधन विकास विभाग(एचआरडी) कोरियाले गर्ने र आर्थिक लगानी नेपाल सरकारकै रहने सहमति कोरियासँग भएको उनले बताए ।

 

 

 

सफ्टवेयरमार्फत फारम भर्ने व्यवस्था मिलाउन सकिए दिनभर लाइनमा बसेर फारम भर्नुपर्ने बाध्यताबाट कोरिया जान चाहने युवाहरु मुक्त हुने विश्वास शाखाको छ। अनलाईनमार्फत फारम भर्न सक्ने व्यवस्थाले युवाहरुले घरमै बसेर विनाझञ्झट फारम भर्न सक्ने सुविधा प्राप्त गर्ने निर्देशक बास्तोलाको भनाई छ ।

 

 

एक वर्षको परीक्षाका आवेदन संकलनमा मात्रै इपिएस शाखाले करिब १ करोड रुपैयाँ खर्च गर्ने गरेको बताउँदै उनले यसको आधा रकममै धेरै वर्षसम्मलाई काम लाग्ने सफ्टवेयर निर्माण गर्न सकिने उनले बताए।एउटा सफ्टवेयर निर्माण गर्न जति बढी रकम पनि लगाउन सकिने भएकोले आफ्नो आवश्यकता अनुसारको सफ्टवेयर बनाउन आफूहरु लागि परेको उनको भनाइ छ । शाखाले यसअघिका वर्षहरुमा काठमाडौं, धरान, पोखरा, बुटवल र डडेलधुराबाट आवेदन संकलन गर्ने गरेको थियो ।

 

 

कोरियाले वार्षिक ५ देखि ७ हजारसम्म नेपाली युवालाई कोरिया भाषा परीक्षाबाट छानेर छनोट सूचीमा राख्ने गरेको छ । एक वर्षको परीक्षामा करिब ५० हजार युवाले सहभागिता जनाउने गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...