Monday, November 10th, 2025
नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
विश्वका आदिवासी जनजाति एक हौँ भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९औँ महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनबाट शुभराज भोम्जन निर्विरोध रूपमा अध्यक्ष पदमा चयन भएका छन्। नोभेम्बर ९ आइतवार दोङ्देमुन स्थित सेमाउल सभाहलमा महाधिवेशन सम्पन्न भएको थियो। नव निर्मित समितिको वरिष्ठ उपाध्यक्षमा श्रेहाङ इधिङ्गो लिम्बू र उपाध्यक्षमा पूर्ण बहादुर पुन चयन हुँदा सचिवमा राम प्रकाश चौधरी कोषाध्यक्षमा गंगा पुन मगर, सदस्यहरुमा सुनिल चौधरी, धिरेन राई, छत्र राई, भुवन लिङ्देन रहेका छन्। नव गठित समितीलाई निर्वाचन मण्डलका संयोजक लोचन राईले पद तथा गोपनियताको सपथ गराएका थिए। नव–निर्वाचितफुर्सदमा