Advertisement
SKIP THIS

थेगुमा “व़डा नम्बर छ” भव्य रुपमा सम्पन्न ।


थेगु कोरिया –
थेगुमा “व़डा नम्बर छ” भव्य रुपमा सम्पन्न । एन आर एन ख्यङबोक थेगुले दक्षिण कोरियाको तेस्रो ठूलो शहर थेगुमा २७  डिसेम्बर २०१५  आइतबारको दिन नेपाली हास्यब्ङ्य चलचित्र” व़डा नम्बर छ” भव्य तरीकाले प्रदर्शन गरेको छ।फिल्म सुरु हुनु भन्दा अगाडि करीब चालिस मिनेट जति औपचारि कार्यक्रम रहेको उक्त कार्यक्रममा एन आर एन ए कोरिया को निबर्तमान अध्यक्ष तथा आइ सि सि प्रतिनिधि बिनोद कुवरको प्रमुख आतिथ्य , नेपाली राजदुतावासका श्रम सहचारी अनिल गुरुङ विशेष अतिथि रहनु भएको थियो । संस्थाका सचिव श्री सोम ढकालले संचालन गरेको कार्यक्रम सस्थाका बरिस्ठ उपाध्यक्ष तथा चलचित्र ब्यवस्थापन समितिका संयोजक अर्जुन श्रेष्ठको स्वागत मन्तव्य सहित सुरु भएको थियो।
थेगुमा सेल्टर स्थापना गर्ने उद्देश्यले आयोजना गर्न लागिरहेको उक्त कार्यक्रम थेगुमा मात्र नभइ कोरायाभरि देखाउने र यसबाट बचत सबै रकम सेल्टरको लागि खर्च गरिने यसै कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष नेत्र दुलालले बताए। पाँच सय भन्दा बढी दर्शकहरु रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि विनोद कुवरले थेगुमा सेल्टर हुनै पर्ने र यसको लागि आफुले सहयोगमा कुनै कसुर बाकी नराख्ने बताए । गैर आवासीय नेपाली संघ द कोरिया केन्द्रिय महिला प्रतिनिधि भावना गुरुङ,उमन फर उमन को तर्फबाट पध्मा श्रेष्ठ तथा स्थानीय संघ सस्थाका प्रतिनिधिको आतिथ्य रहेको उक्त कार्यक्रममा नेपाल हाउस निर्माणको क्रममा उत्कृष्ट सहयोग दाताहरुलाइ कुवर र गुरुङले संयुक्त रुपमा प्रमाणपत्र वितरण गर्नु भएको थियो।
thegu wada no 6 bhabya
कार्यक्रममा बोल्दै अन्नपूर्ण सेवा समाजका अध्यक्ष नगेन्द्र मगर तथा इपिस युथ नेपालका संयोजक आङ दोर्जे शेर्पा लगाएत संघसस्थाका प्रतिनिधिहरुले थेगुमा सेल्टर स्थापनाको लागि हातेमालो गरेर जाने प्रतिबद्धता ब्यक्त गरे हल स्पोन्सर गर्ने दुर्गा रेस्टुरेन्ट ,ब्यानर स्पोन्सर गर्ने कुमारी भान्सा घर तोन्देमुन तथा थेगु स्थित संघ सस्थाहरुको सहयोगमा सम्पन्न उक्त कार्यक्रम निकै भव्य रुपमा सम्पन्न भएको संस्थाका सदस्य तथा उक्त चलचित्र कोरिया सम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नारायण अधिकारीले फोनिज कोरियालाई बताए।
नेपालका टप टेन हास्य कलाकारहरू रहेको सो चलचित्रमा दर्सकहरुलाइ छिनमै आँसु र छिनमै हासोको फोहोरा छुटाउन सक्ने सामर्थ्य रहेको दर्शकहरुको प्रतिक्रिया थियो। लगत्तै जनवरी दशमा बुसानमा प्रदर्शन गरिने र त्यसपछि लगातार कोरियाको अन्य शहरहरुमा पनि प्रदर्शन हुने यस अभियानमा सबै नेपाली लाग्नुपर्ने भएकोले सबै कोरियामा रहनुभएका नेपालीहरुलाई सहयोग गरिदिन एन आर एन ए ख्यङबोक थेगु शाखाले हार्दिक अपिल समेत गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...