Advertisement
SKIP THIS

कोरियामा तमु ल्होसार कार्यक्रमको तयारी पूरा


सोल-तमु धीँ दक्षिण कोरियाको आयोजनामा हुन गईरहेको तमु ल्होसार कार्यक्रम २०७२ को तयारी पूरा भएको छ । तमु जातिको महान पर्व ल्होसार विगतको वर्षहरुमा झैँ यस वर्ष पनि दक्षिण कोरियामा तमु धीँले भब्य रुपमा मनाउन लागेको हो ।

 

 

भेँडा बर्ग ( ल्हु ल्हो) को बिदाई र बाँदर बर्ग ( प्र ल्हो)को स्वागत गर्दै यसपाली ल्होसार मनाउन लागेको तमु धीँका अध्यक्ष प्रदीप तमुले जानकारी दिए । तमु जातिले विभिन्न पशुपन्छी र जनावरहरुलाई बाह्रवटा बर्ग (ल्हो) को प्रतीक मान्दै हरेक वर्ष ती ल्होहरु क्रमश आफ्नो चक्र पूरा गरि नयाँ ल्होमा रुपान्तरण हुने दिनलाई तमुहरुले बिशेष हर्ष उल्लास र शुभकामना आदानप्रदान गरि स्योकैँ( भोज ) मनाउने गरिन्छ अध्यक्ष तमुले बताए ।

 

कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न गराउनका लागि गत आईतबार धींका अध्यक्ष  प्रदिप तमुको अध्यक्षतामा बसेको बैठकले विभिन्न जिम्मेवारी सहित कार्यविभाजन गरेको छ । जसानुसार प्रवेश द्वारमा सहभागी सम्पुर्ण  पाहुना हरूलाई टीका तथा फूलले स्वागतका लागि लीना तमू,अमर तमु र हिमानी तमुलाई जिम्मा दिईएको छ । खाना वितरण व्यवस्थापनको जिम्मा संयोजक क्षेत्र तमु, कृष्ण लाल तमु,चित्रा रानी तमु,रामकाजी तमु,तोरन तमु, स्वयंसेवक परिचालनको जिम्मा बिनोद तमु,अतिथि स्वागत तथा व्यवस्थापनको जिम्मा प्रितम तमु,रीता तमु र देवी घले लाई दिईएको छ । मञ्च व्यवस्थापनमा सुनिल तमु र हिमांसु तमु, तमुहरूको सांस्कृतिक नाच छ्याँटुको जिम्मा दल बहादुर तमु,सांस्कृतिक कार्यक्रमको जिम्मा सतिस तमु र सबिन तमु, आर्थिक फाँटमा अनु तमु,ममिता तमु,टोप बहादुर तमु र एक तमुलाई जिम्मा दिईएको छ ।

 

तमु धीँले जनवरी ३ तारिख आइतबारको दिन सउल छङ्गु छङ्सोब्योन सुयोङग्वान तमु संस्कार संस्कृति, भेषभुषाको झझल्को दिने विविध साँस्कृतिक कार्यक्रम सहित यसवर्षको ल्होसार मनाउदै छ । विविध नेपाली परिकारको पनि व्यवस्था रहने उक्त दिन दक्षिण कोरियामा रहनु हुने तमु तथा गैर तमु सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीबहिनीहरुलाई उपस्थित भै कार्यक्रमको शोभा बढाई दिन हुन तमु धीँ दक्षिण कोरियाले सबैमा आग्रह गरेको छ ।

 

सोही दिन आफ्नो कार्य अवधि सम्पन्न गरि नेपाल फिर्ता हुन लाग्नुभएको नेपाली दूतावास दक्षिण कोरियाका श्रम सहचारी अनिल गुरुङलाई सम्मान तथा बिदाई कार्यक्रम गरिने वरिष्ठ उपाध्यक्ष प्रितम तमुले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...