Advertisement
SKIP THIS

कोरियाको चासोक तङ्नाममा गायिका सिङ्गकको साथ


सोल-कोरियामा रहेका लिम्बु समुदायले भब्य कार्यक्रम आयोजना गरेर यसपालिको चासोक तङ्नाम ५०७५ मनाएका छन् | किराँत याक्थुङ चुम्लुङ कोरियाले आयोजना गरेको चासोक तङ्नाममा कार्यक्रमलाई  गायिका सीता सिङ्गकले पालाम गएर अरु नोस्टाल्जिक बनाएकी थिइन् |

 

सोलस्थित एमटियु सभाहलमा भएको कार्यक्रममा कोरियामा रहेका सबै जातिय एवम क्षेत्रीय संघ सँस्था, पत्रकार, विद्यार्थी वर्गहरुको बाक्लो उपस्थित रहेको थियो।

 

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्रबहादुर मोक्तान प्रमूख आतिथि रहेको तङ्नाम कार्यक्रममा सेवा साँबा (पुजारी) प्रकाश लिङ्देनले मुन्धुम वाचन गरि चासोक सेवा गरेका थिए ।

 

राष्ट्र गान बजाएर अगाडि बढेको कार्यक्रममा कियाचू कोरियाका सचिव सजना यक्सोले कार्यक्रमको बारे प्रकाश पार्दै आगन्तुक सबैलाई स्वागत गरेकी थिइन् |

 

 

कार्यक्रमा मुख्य आकर्षणको रुपमा नेपालबाट आमन्त्रण गरिएकि नवोदित लिम्बू/नेपाली गायिका सीता सिङगले पालाम गाउँदै सांगीतिक माहोल तताउँदै २ ओटा नेपाली र ४ ओटा मीठा लिम्बू गितमा बेजोड प्रस्तुती दिइ उपस्थित सबैलाई छमछम नचाउन सफल भएकी थिइन।

 

कोरियामा चर्चित नेपाली डान्सर रोशना केसिको नृत्यले उपस्थित सबैलाई भरपूर मनोरञ्जन गराएको थियो भने स्थानिय गायक शैलेन चेम्जोङ र असोक थुलुङको गायनमा सबै नाच्नमा मस्त भएका थिए।

 

सो कार्यक्रममा नवोदित गायक साम लिम्बूको “तिमी मेरो” नामक गीति एल्बमपनि अतिथिहरुद्वारा सामूहिक रुपमा बिमोचन गरिएको थियो।

kelang

 

अध्यक्ष सन्तोष मादेनले औपचारिक कार्यक्रमको बिसर्जन गरेपश्चात चुम्लुङ कोरियाका केलाङ टोलिबाट केलाङ नाची सांगितिक कार्यक्रमको शुरूवात भएको थियो। त्यसलगत्तै किराँत राई यायोक्खाबाट साकेला नाच प्रस्तुत गरिएको थियो।

 

चासोक तङ्नाम विषेश कार्यक्रम कियाचू महासचिव उत्तम खजुमले संचालन गरेका थिए। सामूहिक यालाङ सँगै कार्यक्रम गोधूली प्रहरमा समापन भएको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...