संगीता र सीमालाई एसिड हान्नेलाई १० वर्ष जेल सजाय
सोल/कोरिया- वसन्तपुरमा किशोरीमाथि एसिड हान्ने युवकलाई जिल्ला अदालत काठमाडौंले १० वर्ष जेल सजाय सुनाएको छ ।
ज्यान मार्ने उद्योग अन्तरगत चलाइएको मुद्धामा न्यायाधीश हरिप्रताप केसीको इजलासले फैसला सुनाएको हो । अदालतले एसिड हान्ने जीवन विकलाई १० वर्ष जेल सजाय सुनाएको रजष्टार ध्रुव कुमार उप्रेतीले जानकारी दिए ।
गत वर्षको फागुन १० गते ट्युशन पढ्न गएकी किशोरीहरुमाथि एसिड प्रहार भएको थियो । एसिडका कारण सींगता मगर गम्भीर घाइते भएकी थिइन् । सीमा बस्नेत पनि घाइते भएकी छन् ।(अनलाइनखबर बाट)