ऐश्वर्यको गीत ‘थोन मान्ही फर’ चर्चामा (भिडियोसहित)


सोल – कोरियाको पिडालाई जस्ताको तस्तैं शब्दमा उतारिएको साथैं भिडियोमा समेत कोरियन साहुले कामदारलाई गर्ने र्दुव्यवहारलाई झल्काइएको यथार्थपरक सञ्चारकर्मी ऐश्वर्य श्रेष्ठको मर्मस्पर्शी पुर्वेली लोक भाकामा रहेको गीत ‘हरमा हर‘ बोलको गीत संगस नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको २ दिनमैं चर्चा कमाउन पुगेको छ ।

 

 

शुक्रबार मात्र अफिसियल्ली रिलिज गरिएको गीत दक्षिण कोरियामा निक्कैं राम्रो प्रतिक्रिया पाईरहेको छ ।रोजगार प्रणाली ईपिएस मार्फत आएका नेपालीको कथालाई शब्दमा उतारेका सञ्चारकर्मी गायक श्रेष्ठ आफैंले सरु गौंतमको साथमा यो गीत गाएका हुन् ।युटुब र फेसबुकमा सेयर गर्नेको संख्या हवात्तैं बढेको छ । २ दिनमा ५ बढीले हेरीसकेको यो गीतमा नेपालमा रहेकी श्रीमतीले ‘थोन मान्ही फर ‘अर्थात पैंसा धेरैं कमाउ भनेका छन् ।जसको उत्तरको खोजी भिडियो र गीतले दिएको छ ।

 
एअर भोईस रेडियोमार्फत आधिकारिक रुपमा यो गीतको सार्वजनिक गरिएको हो ।टंक बुढाथोकीले संगीत संयोजन गरेका हुन् । कोरियामा छायांकन गरिएको यो गीतमा अर्का सञ्चारकर्मी डम्बर सुब्बाले निर्देशन गरेको भिडियोमा  धर्मेश श्रेष्ठ(‘बाउको फेसबुक ‘सर्ट मुभीबाट चर्चामा आएका),स्निका थापा मगर,गायक श्रेष्ठ,नारायण कार्की,दिपश परियार लगायतले यो भिडियोमा जीवन्त अभिनय गरेका छन् ।भीषण मगरको सम्पादन तथा क्यामेरा रहेको थोन मान्ही फर कोरियामा काम गर्दा नेपालीले भोग्नुपरेको पिडा र आइपर्ने समस्यालाई जीवन्त ढंगले प्रस्तुत गरिएको छ ।

 
यो गीतको म्युजिक भिडियो अक्टोबर १८ तारिखमा कोरिया युनिभर्सिटीको सिनेमाट्रयापमा ९ औं अन्तराष्ट्रिय आप्रवासी फिल्म फेस्टिभलमा प्रर्दशित गरिएको थियो ।

भिडियो यो लिंकमा गएर हेर्नुहोला ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दशैंमा फोनमनीबाट पैसा पटाऔँ काठमाण्डौंमा घर जितौँ
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • छुसकको दोस्रो दिन शेर्पा सङ्घले ‘हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...