Advertisement
SKIP THIS

कोरियाले २०१६ मा ५८ हजार प्रवासी कामदार भित्र्याउने


सोल-दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत अर्को बर्षका लागि ५८ हजार प्रवासी कामदार भित्रयाउने भएको छ । यहांको ज्याला निर्धारण समितिले गत शुक्रबार  सन् २०१६ का लागि बढिमा ५८ हजार अदक्ष कामदारको कोटा प्रस्ताव  गरेको हो । समितिको प्रस्तावलाई प्रधानमन्त्रीको कार्यलयले मंगलबार स्वीकृत गरेपछि सो प्रस्ताव पारित हुनेछ ।
५८ हजार कोटामध्ये २ हजार जगेडा राखिने र बांकि ५६ हजार चौमासिक रुपमा वितरण गरिने छ । कोरियाले साना तथा मझौला उद्योगहरुमा आवश्यक हुने अदक्ष कामदारको आपूर्ति हरेक बर्ष नेपालसहित १५ मुलुकबाट गर्दै आएको छ ।
प्रस्ताव गरिएको कोटामध्ये ४६ हजार पहिलोपल्ट ईपीएस परीक्षा उतीर्ण गर्नेका लागि र १२ हजार पुन:प्रवेश गर्नेका लागि छुट्टाएको छ ।
जसमध्ये उत्पादनमुलक क्षेत्रमा ३३ हजार २ सय, कृषि क्षेत्रमा ५ हजार ९ सय, निर्माण क्षेत्रमा २ हजार २ स ५० जना, मत्स्यपालनमा २ हजार ३ सय ६०, र सेवा क्षेत्रमा ९० जना कोटा तोकिएको छ । नेपाली कामदार भने उत्पादनमुलक र कृषि क्षेत्रमा मात्र आउने गरेका छन ।
मन्त्रालयले जनवरीदेखि मार्चसम्मका लागि उत्पादनमुलक क्षेत्रमा ९ हजार ९ सय ६०, कृषि तथा पशुपालन क्षेत्रमा ३ हजार ५ सय ४०, मत्स्यपालन क्षेत्रमा १ हजार ४ सय २०, निर्माण क्षेत्रमा १ हजार ४ सय ७० जना, र सेवा क्षेत्रमा ९० जना ल्याइने जनाइएको छ ।
जुलाईदेखि सेप्टेम्बरसम्मका लागि उत्पादन क्षेत्रमा ६ हजार ६ सय ४०, कृषि क्षेत्रमा २ हजार ३ सय ६०, मत्स्यपालनमा ९ सय ४०, निर्माण क्षेत्रमा ९ सय ८९ ल्याइने छ ।
त्यसैगरी, अक्टोवरदेखि डिसेम्बरसम्मका लागि उत्पादनमुलक क्षेत्रमा ६ हजार ६ सय ४० तोकिएको छ । रोजगारदाताबाट कामदारको माग बढि भएमा जगेडा कोटाबाट थप २ हजार ल्याइने जनाइएको छ ।

 

 

सन २०१६ मा ३७ हजार ५ सय ९३ जना कामदारको करार अवधि सकिने र उनिहरु स्वदेश फर्कनुपर्ने जनाइएको छ ।
पुनप्रवेश (सिविटी) का लागि छुट्टाएको १२ हजारमध्ये उत्पादनमुलक क्षेत्रमा ११ हजार, कृषिमा ७ सय, मत्स्यपालनमा २ सय ४० जना, निर्माणमा ५० जना र सेवा क्षेत्रमा १० जना ल्याइने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...