नेपाली दूतावासको पहलमा महाभूकम्प उद्धार राहत कोष
नेपाली दूतावासको पहलमा महाभूकम्प उद्धार राहत कोष
फोनिज कोरिया सम्वादाता
सोल ः शनिबार नेपालमा गएको विनाशकारी महाभूकम्पले पुर्याएको जनधनको क्षतिबाट नेपाली राजदूतलगायत नेपाली राजदूताबास मर्माहत भएको छ । नेपाली राजदूतावासले एक विज्ञप्ती जारी गर्दै राजदूतावासको परिवार, कोरियामा रहेका नेपाली जनसमुदाय र नेपालप्रति सद्भाव राख्नुहुने कोरियन तथा अन्य विदेशी सबै यतिखेर मर्माहित भएको बताउदै यस दुखद घडीमा भूकम्पबाट प्रभावित सम्पूर्ण नेपालीहरुसँग एकवद्धता राख्दै भूकम्पबाट ज्यान गुमाउन पुगेका व्यक्तिहरुका परिवार तथा स्वजनहरुप्रति शोक व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
मानविय सम्वेदनाको यस दुखद घडिमा सरोकार राखी सहयोगको लागि लागिपरेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी, कोरियन तथा अन्य विदेशी नागरिकप्रति नेपाली राजदूतावास आभार व्यक्त गर्दै यस राष्टिय विपदको समयमा सरकारीस्तरलगायत व्यक्तिगत तवरमा दूतावासबाट सम्पन्न गर्नुपर्ने कार्यहरुलगायत कर्तव्य निर्वाह गर्न कुनै कसर बाँकी नराखिने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाली राजदूतावासले महाभूकम्पबाट प्रभावित व्यक्ति, परिवारको उद्धारमा आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरुको लागि महाभूकम्प उद्धार राहत कोष समेत खडा गर्ने जनाएको छ । विज्ञप्तिमा जनाइए अनुसार भोली सोमबार केइबि बैंकमा खाता खोलेर संकलित रकम नेपाल सरकारले घोषणा गरेको केन्द्रिय राहत कोषमा पठाइने छ ।