Advertisement
SKIP THIS

विदेशबाट फर्केपछि थालेको तरकारीखेती र बङ्गुरपालनबाट महिनाको ३ लाख आम्दानी


बाग्लुङ -बाग्लुङ हटियाका एक युवक व्यावसायिक तरकारीखेती र बङ्गुरपालनबाट मासिक ३ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्।

युवा अवस्थाको अमूल्य नौ वर्ष मलेसिया र साउदी अरबमा पसिना बगाएका हटिया–८ चमुवाका ४१ वर्षीय सोमबहादुर सार्कीले गाउँमै तरकारी र बङ्गुरको पाठा बेचेर मासिक ३ लाखभन्दा बढी आम्दानी गरिरहेका छन्।

 

छ वटा प्लास्टिक टनेलमा गोलभेँडा रोप्नुभएको सार्कीले व्यावसायिकरुपमै बङ्गुरसमेत पालेका छन्। आफूले उत्पादन गरेको टमाटर बजारसम्म पु¥याउन किनेको एउटा पिकअप जिप पनि उनको आम्दानीको स्रोत बनेको छ। “उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन अरुको साधन प्रयोग गर्दा समस्या हुन थालेपछि आफैले पिकअप खरिद गरेको हुँ” सार्कीले भने – “तरकारी र बङ्गुरको दाना बोक्न मात्रै हैन यात्रु बोक्न र हटिया बजारसम्म पु¥याउन पनि जिपलाई उपयोगमा ल्याएको छु ।”

 

तरकारी तथा बङ्गुरका पाठापाठी बिक्री र जिपबाट समेत गरी रु तीन लाखको हाराहारीका मासिक आम्दानी हुने गरेको सार्कीले बताए।

चार वर्ष साउदी र पाँच वर्ष मलेसियामा कमाएको ४ लाख ७० हजारले हटियामा किनेको १६ रोपनी जग्गामा तरकारीखेती र बङ्गुर पाल्नुभएका सार्कीले दैनिक १२ देखि १५ हजारसम्म आम्दानी गर्ने गरेको बताउँछन्। आठ वर्ष अगाडि विदेशबाट फर्किएर बङ्गुर पाल्न सुरु गरेका सार्कीले बङ्गुरको मललाई व्यवस्थापन गर्न तरकारीखेती सुरु गरेको भए पनि अहिले सोही तरकारीखेती मुख्य पेसा बन्न पुगेको छ।

छोराछोरीको ३० रुपैयाँ परीक्षा शुल्कसमेत तिर्न नसकेको तितो अनुभव बोकेर विदेश गएका सार्कीले पैसा कमाएपछि नेपालमै केही गर्नुपर्छ भन्ने भावनाबाट करन अर्जुन फार्म हाउस सञ्चालनमा ल्याएका छन्। “सुरुका दिनमा वैदेशिक रोजगारी छोडेर बङ्गुर पालेको देखेर सबैले होच्याउने गर्थे, विदेशमा गरिखान नसकेर यो उमेरमा नेपालमा भुल्ने उपाय गरेको छ भनेर कुरासमेत काट्ने गर्दथे, तर अहिले मेरै सिको गर्न थालेका छन्, खुसी लाग्छ,” सार्कीले भने।

सार्कीकोमा अहिले ल्यान ड्रसे र एर्क सायर प्रजातिका पाँच माउ बङ्गुर र तिनका १६ वटा वर्णशङ्कर प्रजातिका पाठापाठी रहेका छन् । आफूूले उत्पादन गरेको तरकारीको हटिया बजारमा बिक्री वितरण गर्ने गरेको बताउनुहुने सार्की यही पेसालाई जीवनभर निरन्तरता दिने सोचमा छन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...