भारतीय नाकाबन्दी बिरुद्धको प्रदर्शनमा सहभागी हुन एनआरएनए कोरियाको अपील


 

नेपालीको लागि नेपाली                                                                                 For Nepali by Nepali

 

 

 

nrna_korea_logo

 

 

 

 

                                                    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया
                                                    NRNA-National Coordination Council Korea

 

 

 

 

 

मितिः२०१५-११-२०

 

 
आदरणिय कोरियावासी गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,

 

 

 

 

सर्वप्रथम गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको पांचौ कार्यसमितिको तर्फबाट यहांहरु सबैलाई हार्दिक अभिवादन टक्र्याउन चाहन्छौं। कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्ने गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया हाल नेपालको दक्षिणी सिमावर्ती क्षेत्रमा भैरहेको राजनीतिक बिरोध प्रदर्शन तथा पछिल्लो केहि महिनादेखि भारतको अघोषित नाकाबन्दीले उत्पन्न गम्भिर मानवीय संकटका कारण अत्यन्त दुखित भएको छ।

 

 

 

संघिय लोकतान्त्रिक गणतान्त्र नेपालको नयां संविधान जारी पश्चात असन्तुष्टि जनाउंदै दक्षिणी छिमेकी राष्ट्र भारतले गरेको अघोषित नाकाबन्दीले मुलुकमा इन्धन, औषधि र अक्सिजन लगायत अत्यावश्यक सामग्रीको आपूर्तिमा कठिनाइ उत्पन्न भएको छ। गत अप्रिल २५ र मे १२ का दिन आएका दुई महा-भूकम्पबाट शोक र दुःखमा डुबेका नेपाल र नेपाली यो भयङ्कर विपत्तिबाट तंग्रिन नपाउंदै, यही सेप्टेम्बर २० देखि अप्रत्याशित रुपमा नेपाल विरुद्ध भारतले लगाएको अघोषित नाकाबन्दीले नेपाली जनजीवन अस्तव्यस्त हुनुका साथै आधारभूत मानब अधिकारको समेत हनन भएकोमा यस प्रति गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको गम्भीर ध्यानाकर्षण भएको छ।

 

 

 

 

भुपरिवेष्ठित राष्ट्रले निर्वाधरुपमा पारवाहन सम्बन्धि अधिकार पाउने राष्ट्रसंघीय महासन्धीलाई समेत अवमुल्यन गरी नेपालमा नाकाबन्दी गरेर भारतले अन्तराष्ट्रिय, क्षेत्रीय तथा द्विपक्षीय कानुन, सन्धि–सम्झौता उल्लंघन गरेको छ। तर यसको ठिक बिपरीत भारतीय पक्षले उसको तर्फबाट कुनै अबरोध नरहेको दावी गर्दै अन्तरराष्ट्रिय समुदायमा भ्रामक प्रचार गर्दै आइरहेको छ। नेपालको संबिधानलाई लिएर भारतले खेलेको वर्तमान भूमिकाबाट हाम्रो मानवअधिकारको चरम उपहास भएको छ।

 

 

 

 

भारतले नेपालमा अन्तराष्ट्रीय कानुन बिपरीत गरेको नाकाबन्दी र नेपालको राष्ट्रिय सार्बभौमिकतामा नाङगो हस्तक्षप गर्ने उसको कुचेस्टालाई प्रवासमा रहेका हामी सम्पूर्ण गैर आवासीय नेपालीहररुले अन्तरराष्ट्रियकरण गर्दै त्यस्ता प्रबृतिको विरुद्ध आवाज उठाउने समय आएको हामीले महसुश गरेका छौं।

 

 

 

 

तसर्थ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको पहलमा कोरियामा रहेका विभिन्न नेपाली संघ-संस्थाहरुसंगको घनिभूत छलफल र सल्लाह पश्चात भारतिय हस्तक्षेपको विरुद्द यहि मिति २०१५ नोभेम्बर २३ तारिख कोरिया स्थित भारतिय दूतावास परिसरमा बिरोध प्रदर्शन जनाउंदै दूतावास मार्फत भारत सरकारलाई विरोध-पत्र पेश गर्ने कार्यक्रम रहेको हुंदा कोरिया स्थित विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधि, विधार्थी, व्यापारी, बुद्धिजीवी , पत्रकार लगायत सम्पूर्ण नेपाली समुदायलाई उक्त बिरोध प्रदर्शन कार्यक्रममा सहभागी भइ भारतीय हस्तक्षेप बिरुद्दको हाम्रो यस अभियानमा ऐकेबद्दता जनाइ सहयोग गरिदिनुहुन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया हार्दिक आव्ह्वान गर्दछ।

 

 

 

 

यसका साथै बिरोध प्रदर्शनको तयारी तथा सो सम्बन्धि छलफल, सल्लाह र सुझावको लागि मिति २०१५ नोभेम्बर २२ तारिख दिनको ठिक ४:३० बजे नेपाल हाउसमा एक भेला राखिएको हुंदा, उक्त भेलामा उपस्थित भैदिनुहुन यसै अपील मार्फ सम्बन्धित सबैमा जानकारी गराउंदछौं।

 

 

 

 

 

 

बिरोध प्रदर्शन कार्यक्रमको विस्तृत विवरण निम्न बमोजिम रहेको छ :-
मिति: २३ नोभेम्बर, २०१५
भेला हुने समय: दिवा १:०० बजेदेखि दिवा २:०० बजेसम्म
स्थान: सउल स्टेशन
कार्यक्रम: दिवा २:०० बजेदेखि दिवा ३:०० बजेसम्म बिरोध सभा तथा पत्रकार सम्मेलन
दिवा ३:०० बजेदेखि ४:२० बजेसम्म र्यालि (५.५ कि.मी.)
(सउल स्टेशनबाट हानाम ईन्डियन दूतावाससम्म)

 

 
समापन: बिरोध-पत्र पेश
संयोजन: एनआरएन कोरिया, सपोर्ट नेपाल फाउण्डेशन लगायत कोरियामा रहेका सम्पूर्ण नेपाली संघ-संस्थाहरु

नोट: उक्त दिन संभव भए नेपाली राष्ट्रिय पोशाकमा उपस्थित भैदिनुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं।
धन्यवाद्।

 

 

 

 

 

 

 

 


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

12219575_10208235403788604_4991226122834321250_n

12227665_10208235040899532_3835130761482763931_n

महासचिव

दिपक पुन                                                                                             अध्यक्ष
राजु क्षेत्री

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...