Advertisement
SKIP THIS

लगानीको अर्को मौका, ३२ लाख कित्ता साधारण शेयर निष्काशन गर्दे दोर्दीखोला हाईड्रो


काठमाडौं – दोर्दी खोला हाईड्रोपावर प्रोजेक्टले सर्वसाधारण र स्थानीयवासीका लागि करिव ३२ लाख कित्ता साधारणशेयर निष्काशन गर्ने भएको छ ।हिमालयन पावर लिमिटेडले प्रवद्र्धन गरेको कम्पनीले ३२ करोड रुपैयाँ बराबरको साधारण सेयर निश्कासनका लागि ग्लोबल आइएमई क्यापीटललाई बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

 

 

तर कम्पनीले सेयर निश्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाउन भने बाँकी छ । कम्पनीले ३१ करोड ९६ लाख २५ हजार एक सय रुपैयाँ बराबरको ३१ लाख ९६ हजार २ सय ५१ कित्ता साधारण शेयर जारी गर्दैछ । उक्त सेयरमध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि छुट्याईएको छ ।

 

 

हिमालयन पावरले २०६८ सालमै उर्जा मन्त्रालयबाट लमजुङ्गको दोर्दी खोलामा २७ मेगावाट क्षमताको विद्युत उत्पादन गर्न अनुमति पाएको थियो । कम्पनीले २०६९ मा नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद बिक्र्री सम्झौता समेत गरिसकेको छ ।

 

 

हालसम्म आयोजनाको सडक, पुल लगायत भौतिक पूर्वाधारका काम पुरा गरिसकेको छ भने सिभिल कार्य, मेशिनरी औजार खरिदका लागि पनि सवै ठेक्काहरु सम्झौता भै काम शुरु भैसकेको कम्पनीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...