Advertisement
SKIP THIS

कपाल झर्ने कारण र रोकथामको उपाय


शरीरको मेलानोसाइट नामक कोषिकाबाट उत्पन्न हुने मेलानिन नामक रासायनिक तत्वका कारण कपालको रंग कालो हुने गर्दछ । जब मेलानिन नामक कोषिकाको संख्यामा ह्रास हुन थालेपछि कपालको रंग सेतो हुँदै जान्छ । तर कम उमेरमै कपाल फुल्नुमा शरीरमा विशेष पोषक्तत्व जस्तो प्रोटिन, लौहतत्व, फैटि एसिडको कमि भएमा पनि कपाल फुल्दछ । तनावका कारण हाम्रो मस्तिष्क भित्र केही रासायनिक तत्वको स्राव बढ्छ र कपाल सेतो हुँदै जान्छ । साथै शरीरको थाइराइड ग्रन्थिको गडबढी, रक्तअल्पता आदिले कपाल फुल्दछ ।

कपाल झर्ने कारण

१. शारीरिक तनाव

शल्यक्रिया गरेको अवस्था, दुर्घटना, गम्भीर बिरामी अथवा सामान्य रुघा नै किन नहोस्, कपाल झर्छ । तर, यस्तो अवस्थाको कपाल झराई अस्थायी किसिमको हुन्छ । कपाल झर्ने यस्तो अवस्थालाई ‘टेलागेन इफ्लुभियम’ भनिन्छ । कपालको एउटा निश्चित चक्र हुन्छ : बढ्ने चरण, स्थिर भएर बस्ने चरण र झर्ने चरण । न्युयोर्कका छालारोग विशेषज्ञ डा. मार्क ग्लासोफर भन्छन्, ‘जब तपाईं साँच्चिकै तनावमा हुनुहुन्छ भने यसले कपालको चक्रलाई असर गर्छ र झर्ने अवस्थामा पुग्छ ।’ गम्भीर अवस्थाको तीन देखि ६ महिनासम्म कपाल झर्छ ।

२. गर्भधारणका बेला

गर्भधारणको अवस्थामा पनि एक किसिमको शारीरिक तनावको अवस्था हो । यस्तो अवस्थामा पनि कपाल झर्छ । डाक्टरहरुका अनुसार यो सामान्य हो र यसरी झरेको कपाल केही महिनामै पलाउँछ ।

३. बढी भिटामिन सेवनका कारण

अत्यधिक मात्रामा भिटामिन सेवन र बढी औषधि सेवनले पनि कपाल झर्छ । वयस्क व्यक्तिका लागि दैनिक भिटामिनको डोज ५ हजार इन्टरनेशनल युनिट र ४ वर्षभन्दा माथिका बालबालिकाका लागि दैनिक २५ सय देखि १० हजार इन्टरनेशनल युनिट दिनसकिन्छ । तर, भिटामिन एको सेवन कम ग¥यो भने कपाल झर्न रोकिन्छ ।

४. प्रोटिनको अभाव

अमेरिकन एकेडेमी अफ डर्माटोलोजीका अनुसार यदि आवश्यक भएजति पनि प्रोटिन शरीरले नपाउने हो भने कपाल झर्न थाल्छ । प्रोटिनको कमी भएको दुई देखि तीन महिनाबाट कपाल झर्ने समस्या देखिन थाल्छ । त्यसैले माछा, मासु, अण्डाजस्ता बढी प्रोटिन पाइने खाद्यपदार्थ खानुपर्छ ।

५. पुरुषको तालुखुईलेपन

तीनमध्ये दुई जना मानिसको ६० वर्षसम्ममा तालु खुईलन्छ । धुम्रपान तथा मध्यपान, र केमिकयुक्त खाना, मानसिक तनाव, तारेभुटेका,बढी मसालादार खानाले तालु खुइलिन्छ । चिल्लो, बासी खाना साथै कपालमा लगाउने विभिन्न केमिकलयुक्त रंगहरु, गुणस्तरहिन साबुन र संयोग विरुद्धका खाना आदिले तालु खुइलिन्छ । कपालको फेदभित्रका कोशिकामा अक्सिजनको अभाव, प्राणयाम, व्यायाम आदिको कमिका कारण पनि तालु खुइलिन्छ

६. वंशाणुगत

पुरुषमा तालु खुईलने समस्याजस्तै महिलामा पनि त्यस्तै समस्या पाइन्छ । यसलाई ‘एन्ड्रोजेनिक एलोपेसिया’ भनिन्छ । निश्चित उमेर पुगेपछि कपाल खुईलने समस्या भएका परिवारबाट आएका महिलमा यस्तो खतरा रहन्छ ।

७. मानसिक तनाव

शारीरिक तनावमा जत्तिकै नभएपनि मानसिक तनावका कारण पनि कपाल झर्ने हुन्छ । कहिलेकाही सम्बन्धविच्छेद भएका, आफ्ना प्रियजनको मृत्यु भएका व्यक्तिहरुमा मानसिक तनाव देखिन्छ । त्यस्ता व्यक्तिमा कपाल झर्ने सम्भावना बढी हुन्छ ।

८. एनिमिया

एक तथ्यांकअनुसार २० देखि ४९ वर्ष उमेरसमूहका १० महिलामध्ये एक महिला शरीरमा आइरनको कमीका कारण एनिमियाबाट पीडित भएको पाइन्छ । यसका कारण कपाल झर्ने सम्भावना हुन्छ । एनिमिया भए–नभएको पत्ता लगाउँन डाक्टरहरुले रगत परीक्षण गर्छन् । आइरनको कमीका कारण कपाल झर्नेका अतिरिक्त बेहोसी, टाउको दुख्ने, आँखा धमिलो हुनेजस्ता समस्या देखा पर्छन् ।

९. हाइपोथाइरोडिजम

घाँटीमा भएको थाइराइड ग्लान्डले एक किसिमको हर्मोन उत्पादन गर्छ, जुन मेटाबोलिजम, वृद्धि र विकासका लागि गम्भीर मानिन्छ । जब यस्तो हर्मोन आवश्यकमात्रामा निस्कदैन, कपाल झर्न थाल्छ ।

१०. भिटामिन बीको कमी

अमेरिकाजस्ता देशमा एकदमै कम केश पाइएपनि भिटामिन बीको कमीका कारण पनि कपाल झर्ने समस्या हुन्छ । यसको समाधानका लागि भिटामिन बी पाइने खाद्य पदार्थहरु फलफुल, माछा, मासु, तरकारी प्रशस्त खानुपर्छ।

११. केमोथेरापीः

क्यान्सरमा प्रयोग गरिने केमोथेरापीका कारण पनि कपाल झर्छ । चिकित्सकहरुले केमोथेरापीलाई ‘आणबिक बम’ भनेका छन् । यसले तीब्र रुपमा शरीरका क्यान्सरयुक्त कोषहरुलाई मार्नेकाम गर्छ । यसका साथसाथै कपालका कोषलाई पनि मार्ने काम गर्छ ।

१२. कपाललाई अनावश्यक स्टाइल दिँदा

कपाललाई सुन्दर बनाउँने नाममा अनावश्यक स्टाइल दिँदा, हेयर ट्रिटमेन्ट गर्दा पनि कपाल झर्छ । कपालमा प्रयोग गरिने अनेक प्रकारका रसायनहरुले पनि कपाल झर्न भूमिका खेल्न सक्छन् ।

कपाल बचाउन यसो गरौं

कपालमा केमिकलयुक्त रंग आदि नलगाउँने

धेरै तातो पानीले नुहाउँने

तारेभुटेको, धेरै मसलादार र एसिडयुक्त खाना नखाने

निम्न स्तरका केमिकलयुक्त साबुन, स्याम्पु नलगाउने

चिसो कपाल नकोर्ने कमलो भएको हुन्छ र झर्छ

नरिवललको तेल कपालमा लगाउने

बिहान बेलुका २–२ मिनेट कपाल मालिस गर्ने

धेरै अमिलो कपालमा नलगाउने

तिलको तेलमा अदुवा थोरै, लसुन र अमला पिसेर मिसाउने र कपालको मालिस गरेमा चायाँ जान्छ । मुलायम, बाक्लो हुन्छ र उम्रन्छ ।

कपालको निम्ति सबैभन्दा राम्रो तेल हो अँड़िर (एरण्डी, अंग्रेजीमा कास्टर ओयल) को तेल। यसलाई हल्का तताएर दुवै हत्केलामा लगाउने र केशको जराजरा मालिस गर्नेगर्दा कपालको अपूर्व पोषण भएको हामी केही महीनाभित्रै स्पष्ट देख्नथाल्छौं।

हप्तामा एकचोटि काँचो नरिवलको दूध निकाल्ने (पिसेर) अनि साँझ त्यसले टाउकोमा कपालको जरामा लगाएर मालिस गर्ने। त्यो बिहान स्याम्पूले धुने गरेमा कपाल आकर्षक बन्दछ। कपालले पूर्ण पोषण पाउँदछ।

(स्वास्थ्य खबर)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...