Advertisement
SKIP THIS

म्यानमारमा आङसाङ सुकीको दललाई भारि मत


काठमाडौं – म्यानमारको सत्ताधारी दल युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी युएसडिपीले आङ साङ सुची नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी एनएलडी पार्टीबाट पराजित भएको स्वीकार गरेको छ ।
 
युएसडिपी अध्यक्ष ते ऊले २५ वर्षपछि भएको स्वतन्त्र निर्वाचनमा लज्जास्पद हार बेहोरेको स्वीकारेका हुन् ।
 
 
आइतबार भएको निर्वाचनमा सुची नेतृत्वको दलले धेरै स्थानमा जित हात पारेको छ । यांगुन क्षेत्रको पुरै १२ निर्वाचन क्षेत्रमा एनएलडीका सांसद चुनिएका छन् ।
 
 
निर्वाचनमा आफ्नो पार्टीले ७० प्रतिशतभन्दा बढी मत ल्याउने सम्भावना रहेको एनएलडीले जनाएको छ । सरकार बनाउन दुई तिहाई सांसद चुनिनुपर्ने संवैधानिक व्यवस्था छ ।
 
 
निर्वाचनको प्रारम्भिक परिणाम आउन थालेलगत्तै एनएलडीकी अध्यक्ष सुची पार्टी कार्यालयमा गई आधिकारिक परिणाम घोषणा नभएसम्म धैर्य गर्न आफ्ना समर्थकलाई आग्रह गरेकी थिइन् ।
 
 
पूर्ण मत परिणाम आउन भने केही दिन लाग्ने र फेब्रुवरीसम्म नयाँ राष्ट्रपति चयन हुने अनुमान गरिएको छ । यद्यपी, सन्तान विदेशी नागरिक भएको भन्दै सूचीलाई राष्ट्रपति बन्नबाट संवैधानिक रुपमै रोक लगाइएको छ । दशकौं लामो सैनिक शासनपछि म्यानमारमा प्रजातन्त्र बहालीका क्रममा संसद् सदस्यका लागि मतदान भएको हो ।
 
 
६ सय ६४ सिटका लागि भएको निर्वाचनमा ९० पार्टीका ६ हजार उम्मेदवार मैदानमा छन् । यसअघी सन् १९९० मा भएको चुनावमा विपक्षी नेतृ सूचीको पार्टी एनएलडीले बहुमत ल्याए पनि सैन्य शासकले चुनावी नतिजा अस्वीकार गर्दै सूचीलाई २ दशकभन्दा लामो समयसम्म नजरबन्दमा राखेको थियो ।
 
म्यानमारको संविधानले २५ प्रतिशत सिट सेनाका लागि आरक्षित गरेको छ । यसमा बहुमत जुटाउन सूचीको पार्टीलाई कम्तिमा ६७ प्रतिशत सिट जित्नुपर्ने हुन्छ ।-एजेन्सी

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...