Advertisement
SKIP THIS

कोरियामा अटिजम बालबलिका सहयोग अभियान शुरु


फोनिज कोरिया संवाददाता
सोल

दक्षिण कोरियामा रहेका नेपालीहरुले नेपालका अटिज बालबालिकाहरुलाई आर्थिक सहयोग गर्न एक समिती गठन गरी अभियान शुरु गरेका छन् ।  अटिजम बालबालिका बारे जनचेतना जगाउदै नेपालमा हाल यस्ता बालबालिकाको लागि संचालन भइरहेको विशेष स्कुल तथा पुर्नस्थापना केन्द (एस.एस.डी.आर.सी) की संचालिका साविता उप्रेतीलाई कोरिया बोलाई अभिनन्दन सहित आर्थिक सहयोग गरिने  मुख्य उद्देश्य रहेको समितीले जनाएको छ ।

अटिजम बालबालिका सहयोग अभियान दक्षिण कोरिया नामक २९ औ सदस्यीय सो समितीको संयोजकत्वमा विक्रम  ठकुरी चयन भएका छन् । साथै विभिन्न चार उपसमिती गठन गरी अभियानलाई तिव्रता दिएका छन् । जसमा हरी खनालको संयोजकत्वमा पाँच सदस्यीय  कार्यक्रम  व्यवस्थापना तथा तयारी , विष्णु लम्सालको संयोजकत्वमा आर्थिक , सपना सुनुवारको संयोजकत्वमा प्रचार प्रसार र नरेन श्रेष्ठको संयोजकत्वमा सामाजिक सन्जाल उप समिती गठन गरिएको छ ।

यस अभियानका सहयोगीहरुमध्ये ३ लाख वनदेखी माथि सहयोग गर्नेलाई एस.एस.डि.आर.सीको कार्यलयको ताम्रपत्रमा नाम अंकित गरिने छ भने  १ लाख वनदेखि माथि सहयोग गर्नेलाई अभियन्ताको रुपमा प्रसंसापत्र प्रदान गरिने समितीले जनाएको छ । साथै त्यसभन्दा मुनी सहयोग गर्नेहरुलाई सहयोगीको रुपमा प्रचारप्रसार गरिने जनाइएको छ । अभियान समिति अन्तरगतका सदस्यहरुबाट हालसम्म ९० लाख वन सहयोग घोषणा भइसकेको समितिले जनाएको छ । कोरियामा रहेका विभिन्न पेशा र व्यासयीको सहभागिता रहेको यस अभियान समितीको संरक्षकमा कोरियाका स्थायी बासिन्दा व्यवसायी शिब रेग्मीलाई तोकिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...