Advertisement
SKIP THIS

झोगेसा गुम्बाको कार्यक्रम तयारी पुरा


धन गुरुङ

सोल-अक्टोबर १८ तरिख आइतबार बुद्धिस्टहरुको महायान ग्रुप झोगेसा गुम्बाको बिदेश बिभागले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरुको तयारी पूरा भएको छ । उक्त कार्यक्रममा नेपालको प्रतिनिधि संस्थाको रुपमा सहभागीता जनाउन लागेको बौद्ध परिवार दक्षिण कोरियाको अध्यक्ष ईश्वर गुरुङले बताए ।

 

अन्तर्राष्ट्रिय खेलकुद तथा साँस्कृतिक कार्यक्रममा नेपाल, थाइल्यान्ड , मंगोल, चीन, बर्मा , भियतनाम , श्रीलंका र लाओस देशका कोरियामा संगठित संस्थाहरुको सहभागीता रहने पक्का भएको छ । बौद्ध परिवारका अध्यक्ष गुरुङले जानकारी गराएअनुसार अन्तर्राष्ट्रिय स्तरको भलिबल र नृत्यमा नेपालले सहभागिता जनाउने भएका छन् ।

 

विभिन्न बिभागका संयोजकहरुको गत आइतबार सम्पन्न बैठकमा कार्यक्रमको सम्पुर्ण तयारीहरु पूरा भएको जानकारी गराइएको महासचिव प्रीतम गुरुङ्ले बताए । भलिबल संयोजकमा कृष्ण गुरुङ “ब्रो”, साँस्कृतिक संयोजक रमेश श्रेष्ठ, स्टल बुथ संयोजक पेम्बा ह्योल्मो, बस व्यवस्थापक प्रकाश लामा रहेका छन ।

 

कार्यक्रम अक्टोबर १८ तारीखमा छल्लदो छन्जुमा हुनेछ । कार्यक्रममा जानको लागि दोङ्देमुन मेट्रो ट्रेनको गेट नम्बर ३ मा अक्टोबर १८ तारिखको बिहान ७ बजे २ वटा बसको पनि व्यवस्था गरिएको छ ।

 

खेलाडी, कलाकार र दर्शकहरुका लागि उचित राशि र आकर्षक उपहारहरुको व्यवस्था रहेको हुँदा नाम दर्ता गराउनु भएका सम्पुर्ण महानुभावहरुलाई समयमै उपस्थित भै सहयोग गरिदिनु हुन अध्यक्ष ईश्वर गुरुङले अनुरोध गर्नु भएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...