Advertisement
SKIP THIS

उज्बेकद्वारा कोरियन मालिकको हत्या


सोल – कोरियाको ख्यांग्गी यजुस्थित एक कृषि फर्मको मालिक ५४ बर्षिय आनसी हराएको ६ दिनपछी गत २ तारिक मृत अवस्थामा फेला परेको छन । उनलाई आफ्नो कृषि फर्मदेखि ५० मिटर टाढा खेतमा मारेर पुरिएको अवस्थामा भेटिएको थियो ।उनि सेप्टेम्बर २५ तारिकदेखि बेपता थिए ।प्रहरीले मृतक हराएको उजुरी परेपछि अनुसन्धान शुरु गरको थियो ।

 

अनुसन्धानको क्रममा प्रहरीले मृतकको बैंक खाताबाट ५ करोड ८० लाख कोरियन वोन कसैले निकालेको कुरा पत्ता लागेको छ ।बैंकको सिसिटिभीको रेकर्ड हेर्दा मृतक आन्सीको फर्ममा गत जुन र जुलाई महिनाको बिचमा ५ दिन काम गरेको उजुबेक्स्थान नागरिक ५० बर्षीय एफसी र उनको केटीसाथी २४ बर्षीयले पैसा निकालेको कुरा प्रमाणित भएको छ । यिनीहरु दुबैजना पैसा निकाले पछी सेप्टेम्बर ३० तारिक बेलुका ५ बजे उजुबेक्स्थान प्रस्थान गरिसकेको छन् ।

 

प्रहरीले उजुरी पर्ने लगतै वित्त सूचना अनुसन्धानको लागि पुर्जी लिएको भएता पनि कोरियन चाड छुसकको बिदाको कारण बैंक कारोबार सम्बन्धि कुनै जानकारी प्राप्त गर्न सकेन । घटना घटेको ४ दिनपछि ३० तरीक बिहान २० वोटा बैंक तथा वितिय सस्थाबाट आर्थिक करोबार भएको रेकर्ड लिई हेर्दा मृतकको बैंक खाताबाट पैसा निकालिएको कुरा पत्ता लागेको थियो । यसको ४ घण्टापछी अभियुक्तको पहिचान भएको थियो ।तर उनीहरुले कोरिया छोडी सकेको कुरा त्यतिबेला थाहा भयो ।

 

प्रमाणको आधारमा प्रहरीले दुई व्यक्तिलाईलाई मार्ने अभियुक्त ठहराई पक्राउकोलागि इन्टरपोल मार्फत प्रकृया सुरु गरि सकेको छ । पैसा निकाल्न यी दुइ व्यक्तिले आफ्नो एकै देशको अर्को साथी २९ बर्षियलाई आग्रह गरेको थियो । अहिले प्रहरीले उनलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । तर उनले उनीहरुलाई राम्ररी नाचिनेको तर एकै देशको भएको नाताले पैसा निकाल्न अनुरोध गरेको हुनाले सहायोग गरिदिएको भनि प्रहरीमा बयान दिएको छ । उनि पनि केहिदिनपछि उज्बेकिस्थान जाने तयारीमा रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...