बहुसाँस्कृतिक परेडमा नेपाल तेस्रो, नेपाली तारा प्रताप लामाको प्रस्तुतिसँगै दर्शक झुमे


‘यो नेपाली शीर उचाली संसारमा लम्कन्छ’, पृष्ठभूमिमा बजेको यो गीतसँगै सयौंको संख्यामा उपस्थित भएका नेपालीहरु आइतबार दक्षिण कोरियाको छाङवनमा भएको तीनदिने ‘माइग्रेन्ट आरिराङ मल्टिकल्चर फेस्टिभल (MAMF २०१५) ’ को अन्तिम दिन लामवद्ध हुँदै धामुन्ह्वा (बहुसाँस्कृतिक) परेडमा सहभागी भए । नेपालको कलासंस्कृति र भेषभूषा चिनाउने पहिरनमा उपस्थित भएका नेपालीहरुले विदेशी भूमिमा नेपाललाई चिनाइरहेका थिए । नेपाली पञ्चै बाजाकासाथमा मगर नृत्य र किरात राईको साकेला सिलीलाई महोत्सवमा स्थान दिइनुले पनि अन्य मुलुकबिच नेपाललाई चिनाउने राम्रो माध्यम बनेको थियो यो पटकको महोत्सव ।

12075026_886772781376647_2290223748200909538_n

ख्यङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले विगत दश वर्षदेखि आयोजना गर्दै आएको माइग्रेन्ट आरिराङ मल्टिकल्चर फेस्टिभलमा नेपाल, बंगलादेख, पाकिस्तान, श्रीलंका, इन्डोनेसिया, उज्बेकिस्तान, मंगोल, चीन, जापान, भियतनाम, फिलिपिन, कम्बोडिया, थाइल्याण्ड, लाओस, रसियालगायतका विभिन्न मुलुकहरुको सहभागिता रहेको थियो । आआफ्नो देशको कलासंस्कृति झल्कने पहिरनकासाथमा विभिन्न प्रस्तुति सहितको धामुन्ह्वा परेडमा यो पटक नेपालले १० लाख वनसहित तेस्रो स्थान ल्याउन सफल भयो भने पहिलो र दोस्रो भएका थिए, भियतनाम र इन्डोनेसिया । पहिलो र दोस्रो हुनेलाई क्रमशः ३० लाख र २० लाख वन प्रदान गरिएको थियो ।

DSC08957
गत शुक्रबार सुरु भएको महोत्सवको अवधिभर २० वटा मुलुकको खानाका स्टल तथा आआफ्नो मुलुकको कला र संस्कृति झल्कने सामग्रीहरु समेत प्रदर्शनीमा राखिएको थियो । नेपालको तर्फबाट भने लिटिल इन्डिया रेष्टुरेन्ट बुसानले नेपाली परिकारहरु राखेको थियो । त्यसैगरी स्थानीय कलाकारहरु सहित नेपालबाट आएका नेपाली तारा प्रताप लामाले गीत गाएर झण्डै सातसयको संख्यामा उपस्थित भएका नेपाली दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरे ।

12049624_974753772588898_4124832459010859543_n
विभिन्न राष्ट्रका राजदूत, कुटनितिज्ञ तथा विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको महोत्सवको समापन समारोहमा नेपाली राजदूत कमानसिंह लामाको पनि उपस्थिति रहेको थियो । प्रवासीहरुको लागि गरिने कोरियाकै यति ठुलो बहुसाँस्कृतिक महोत्सवमा सहभागी हुन पाउँदा धेरै खुशी लागेको बताउदै राजदूत लामाले हामी नेपाली जहाँ रहेपनि आफ्नो देशको कलासंस्कृतिलाई प्रवद्र्धन गर्नु पर्नेमा जोड दिए । उनले भने, ‘कला र संस्कृतिको ठुलो महत्व छ त्यसैले पनि हामीले आआफ्नो ठाउँबाट आफ्नो कलासंस्कृतिको प्रर्दशन र प्रवद्र्धन गर्दै विश्वमा नेपाल र नेपालीको पहिचान दिने काम गर्नु पर्छ ।’
त्यसैगरी आयोजक कमिटिका एक अध्यक्ष यज्ञराज सुवेदीले नेपाली कला र संस्कृतिलाई विदेशी भूमिमा चिनाउने काममा स्वयंसेवी भावनाले सहभागी भइ कार्यक्रमलाई सफल बनाउन उपस्थित प्रवासी नेपालीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । कार्यक्रम सोचे भन्दा धेरै राम्रो भएको बताउदै नेपाली तयारी समितिका संयोजक हरि थपलिया सातसयको हाराहारीमा सहभागि नेपालीप्रति कृतज्ञता प्रकट गर्दै भने, ‘यतिका मुलुकबिचको प्रतिष्पर्धामा नेपाल तेस्रो हुनु नै ठुलो हो । यसमा हामी सबैको समर्थन र सहभागिताले गर्दा नै हो । आउने वर्षहरुमा पनि नेपालले राम्रो गर्नेछ भन्ने विश्वास लिएको छु ।’ त्यस्तै आयोजकको निम्तोमा कोरिया आएका नेपाली तारा प्रताप लामाले यस्तो ऐतिहासिक कार्यक्रममा सहभागि भएर आफ्नो गीत प्रस्तुत गर्न पाउँदा खुशी लागेको बताए ।

DSC08935

कोरियामा रहेका प्रवासी र आदिवासीसँगै मनाइने यस वर्षको पहिलो दिनको कार्यक्रम उदघाटनसँगै भियतनाममा लगानी सम्वन्धि केन्द्रीत रहेको थियो । त्यस्तै दोस्रो दिन अघिल्ला विभिन्न चरणहरुबाट छनौट भइ अन्तिम चरणमा पुगेका प्रवासीहरुबिच गायन प्रतियोगिता भएको थियो । जसमा फिलिपिनका दुइजना प्रतिभाले पहिलो र दोस्रो पुरस्कार पाउन सफल भए भने कम्बोडिया तेस्रो भएको थियो । उक्त गीतिप्रतियोगितामा प्रथम हुने प्रतिभालाई ५० लाख, दोस्रोलाई ३० लाख र तेस्रो हुने हुनेलाई १० लाख वन प्रदान गरिएको थियो ।

12039350_886773008043291_3471428023894119594_n

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...