Advertisement
SKIP THIS

म्याग्देली म्युजिकल शो भब्य रुपमा सम्पन्न


सोल – कोरियन चाड चुसकको पहिलो दिन म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको “ म्याग्देली म्युजिकल शो ” भब्य रुपमा सम्पन्न भएको छ |

 

सोल स्थित फेक चु न्यन किन्यम ग्वानको हलमा भएको कार्यक्रम म्याग्दी समाज समितिका अध्यक्ष मुक्त केसीको सभापतित्वमा भएको थियो | उक्त कार्यक्रममा श्रम सहचारी अनिल गुरुङ . एनआरएन कोरियाका अध्यक्ष बिनोद कुवर , आइसिसि प्रतिनिधि केपी सिटौला , जनजाति महासंघ कोरिया अध्यक्ष चित्र बहादुर मोक्तान , वोमन फर वोमनकी अध्यक्ष मल्लिका थकाली लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत कोरियामा रहेका पेशाकर्मीहरुको उल्लेखीय उपस्थिति रहेको थियो |

 

गायक गगन पुनले सालैजो लगायतका गीत पस्किए | लगत्तै स्टेजमा देखिएका लोक दोहोरी गायक पशुपति शर्माले ”मलाई अमेरिकानी यहि मलाई जापान पनि यहि चिन्ता छैन केही” गाउदा दर्शकले तालीले स्वागत गरेको थिए | त्यसपछि शर्माले आफ्नो नयाँ सालैजो गाउदै दर्शक नचाए |

 

12041732_10207929892911023_407610292_n

हास्य कलाकार मनोज गजुरेल भारतीय प्रधानमन्त्रिको क्यारिकेचर गर्दै स्टेजमा उक्लिएर नेपालमा संबिधान बने पछि भारतले देखाएको रबैया शैलीलाई तिखो रुपमा ब्यङ्ग गरे | उनलाई पत्रकार सन्दिप क्षेत्रीले साथ दिएका थिए | सोहि कार्यक्रममा पप गायक सम्भोज मल्ल र नरेन लिम्बुले आफ्ना कर्णप्रिय गीत सुनाउदै उपस्थित दर्शकलाई भरपुर मनोरन्जन दिलाएका थिए |

 

12048838_10207929888830921_1815142191_n

नेपाली चलचित्र क्षेत्रकी सुन्दर नायिका रुपमा चिनिएकी नायिका नम्रता श्रेष्ठले दमदार नृत्य प्रस्तुत गरेकी थिईन |

12047649_10207929895471087_2122057998_n

अहिलेकी हट गायिका भनेर चिनिएकी ज्योति मगर स्टेजमा देखा परे पछि माहोल एकाएक तातिएका थियो | ”छोटो सारीमा” बोलको गीत गाउदै गर्दा दर्शक सम्हाल्न आयोजकलाई हम्मे-हम्मे परेको थियो | मगरले आफ्ना हित गीतहरु ”उही मुलाको सिन्की” , ”जिम्बाल बाउकी छोरी” लगायतका गीत गाउदै दर्शकलाई संगै नचाउदै भरपुर मनोरन्जन दिलाएकी थिइन् |

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...