Advertisement
SKIP THIS

रोधीँ सांगीतिक सौगातका कलाकारहरू कोरिया पुगे


धन गुरुङ
सोल-तमु धीँ दक्षिण कोरियाको आयोजनामा हुन गैरहेको रोधीँ सांगीतिक सौगात भाग ३ ( कर्मा ब्याण्ड लाइभ कन्सर्ट इन कोरिया) का लागि कलाकारहरू कोरिया आइपुगेका छन ।

 

तमु हाउस व्यवस्थापन तथा प्राकृतिक प्रकोपको सहयोगार्थ आयोजना हुन लागेको सो कार्यक्रमका लागि आमन्त्रित सम्पुर्ण कलाकारहरू आज दिउँसो २ बजे ईन्छन आइपुगेको हो । कर्मा ब्याण्डका मुख्य भोकालिष्ट सुरेन्द्रमान सिं अमेरिका भएका कारण उहाँ अमेरिकाबाट र बाँकी कलाकारहरु नेपालबाट कोरिया आएको हो ।

 

भोलि अर्थात २७ सेप्टेम्बरमा हुने कार्यक्रमका लागि युवाबर्ग माझ निकै लोकप्रिय ब्याण्ड कर्मा संगै सुगम संगीतका नक्षत्र चर्चित भर्सटाइल गायिका अन्जु पन्त र लोकदोहोरीका अहिलेका ब्यस्त गायिका कृष्णा गुरुङ कोरिया आइपुगेको हो ।

 

कलाकारहरूलाई स्वागत गर्न तमु धीँका अध्यक्ष तथा कार्यक्रम संयोजक सुरज तमु, महासचिव प्रीतम तमु, कोषाध्यक्ष एक तमु , सल्लाहकार बेल तमु र सदस्यहरु कृष्ण ( ब्रो) तमु, हिमानी तमु र सुनिल तमु ईन्छन एयरपोर्ट पुगेका थिए ।

 

दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै दोङ्देमुन गेट नम्बर ३ ( उरी बैंक अगाडि ) बाट कार्यक्रम हलसम्म जानलाई निशुल्क ३ वटा बसको व्यवस्था गरिएको तमु धींका महासचिव प्रीतम तमुले जानकारी दिए ।

 

कार्यक्रम भोलि अर्थात २७ सेप्टेम्बरमा वन बुल्क्यो सउल ह्वोग्वान ( हक्सक) मा आयोजना गर्न लागिएको हो |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...