Advertisement
SKIP THIS

एनआरएन-एनसीसीमा मजदूरको योगदान महत्वपूर्ण छ


अमृत राई

गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद दक्षिण कोरीयाको अधिवेशन पटकपटक स्थगित हुदै गएको २० तारीक आइतबार सोलमा उद्धाटन भयो । एनआरएन सचिबालायाले २ हजार भन्दा माथि सदस्य संख्या रहेको भने उद्घाटन सत्रमा जन समुदायको उपस्थिति अत्यन्त न्यून देखियो । अन्य देशको तुलनामा कोरीयामा नेपाली नागरिकता त्यागेका नेपालीहरू कम हुनु र ईपीएस मार्फत आएका मजदुरहरूको सदस्यता संख्या बढी हुनुलाई सहभागी न्यून हुनको एउटा कारण मान्न सकिन्छ । कोरीयामा नेपाली नागरिकता त्यागेका गैर आवासिय नेपालीहरूको संख्या औलाले गन्न सक्ने अवस्थामा छन । कोरीयन पुरूषहरूसंग विवाह गरेर आउने नेपाली महिलाहरूको संख्या उल्लेख्य भए पनि उनिहरू यो संस्थाप्रति खासै आकार्षित छैनन । यहाँ अध्यान गर्न आएका बिद्यार्थीहरुले भने केहि मात्रामा चासो राख्ने गरेका छन् ।

 

एनआरएन र एनसीसीहरुले गर्ने हरेक काममा यहाँका मजदुरहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न छन वा सहभागिता जनाउँदछन । बाढिपिडित, अग्निपिडितको लागि उठाएको रकम होस वा भुकम्प पीडितको लागि दुई संस्थाले उठाएको हरेक सहयोग रकममा यहाँका मजदुरहरूले पसिना र रगत बगाएर आफ्नो गाँस र परिवारको खुशिलाई बन्धक बनाएर आर्थिक सहयोग गर्ने गरेका छन । एनआरएन र एनसीसीको नामबाट नेपालमा जाने हरेक सहयोगमा यहाँका मजदुरहरूको रगत पसिना मिसिएको हुन्छ । त्यति मात्र होइन एनआरएन कोरियाले संचलानमा ल्याएको ‘नेपाल हाउस’ आर्थिक अभावका कारण टाठ पल्टिन वा नेपाल हाउसको ढोका सदाका लागि बन्द हुने स्थितीमा पुगेको बेला पनि यहाँका मजदुरहरूले एउटा नयाँ अवधारणा ल्याएर दिर्घकालिन तथा व्यवस्थित नेपाल हाउस निर्माणमा एकजुट भए | उनिहरुकै सक्रियताबाट झण्डै २२ करोड वन आर्थिक सहयोग जुटाएर भरखरै मात्र नयाँ नेपाल हाउस संचालनमा आएको छ ।

 

अहिलेको नयाँ नेपाल हाउसलाई व्याबस्थापन समितिले संचालन गरेको छ | गत २० तारीकको उद्घाटन सत्र पछिको बन्द शेषनमा आर्थिक प्रतिवेदन उपर छलफल भैरहदा कार्यसमितिले पेश गरेको आर्थिक प्रतिबेदनमा चित्त बुझ्दो जवाफ नपाएपछि हलमा झण्डै हात हालाहालको स्थितिसम्म पुगेको थियो । निर्वाचन समितिले हलमा विवाद उत्पन्न भएपछि सम्बन्धित व्यक्तिहरूलाई तिन दिनभित्र आर्थिक आय- व्याय विवरण सार्वजनिक रूपमा प्रस्तुत गर्न निर्देशन गर्दै अधिवेशनका बाँकी प्रक्रिया २९ तारीक गर्ने गरी स्थगित गरेको थियो ।

 

एनआरएन विश्वका ७२ वटा देशमा संजाल रहेको संस्थाले प्रत्येक महिना आफ्नो आय-व्याय विवरण सार्वजनिक गर्न नसक्नु दुर्भाग्य नै भन्नुपर्छ । गैर आवासिय नेपाली संघ दक्षिण कोरीया राष्ट्रिय महाधिवेशन सम्बन्धि निमावली २०१५ अनुसार आइसीसी सदस्य शुल्क-११ लाख वन, अध्यक्ष शुल्क १० लाख वन बरिष्ठ उपाध्यक्ष शुल्क ९ लाख वन, उपाध्यक्ष शुल्क-८ लाख वन, महासचिव ७ लाख वन ६ सचिव ६ लाख वन, कोषाध्यक्ष ५ लाख वन, सह कोषाध्यक्ष ४ लाख वन, सदस्य शुल्क २ लाख वन, युवा प्रतिनिधि २ लाख वन, महिला प्रतिनिधि शुल्क २ लाख वन तोकिएको छ |

 

यो निमावली बाट के प्रष्ट हुन्छ भने गैर आवासिय नेपाली संघ दक्षिण कोरीयाको पदाधिकारी लेवलमा उमेरद्वारी दिनको लागि कोरियामा श्रम गरीरहेको मजदुरले एक महिनाको वेतन उमेरद्वारी शुल्क बापत बुझाउनु पर्ने देखिन्छ । यो कोरियामा मजदुरी गर्नेहरूको लागि सामान्य विषय होइन ।

 

 

एनआरएन एनसीसी कोरियाको नामको लागि यहाँका मजदुरहरूले सहयोग उठाइदिनु पर्ने उसलाई उसको नामको लागि सहकार्य र हातेमालो गरीदिनु पर्ने उनिहरूको पद संख्या बढाउनको लागि हामी सदस्यता बनि दिनुपर्ने अझ पंजीकृत सदस्यता संख्या बढाई दिनु पर्ने | कोरियाका मजदुरहरूले एनआरएन-एनसीसीको कार्यसमितिमा पनि बस्छौ वा नेतृत्वमा जान्छौ भन्दा चर्को उमेरद्वारी शुल्क राखेर मजदुरहरूको ढाँड सेकाउने वा त्यहाँ जानबाट रोक्ने यो कस्तो नियत र चरित्र हो ? के एनआरएन एनसीसी विदेशमा रहेका नेपाली मजदुर शोषण गर्नको लागि मात्रै स्थापना भएको हो संस्थाहरु हुन् ? साँच्चै भन्ने हो भने एनआरएन र एनसीसी नेपाली मजदूरहरुको श्रम शोषण गरिरहेका छन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...