राष्ट्रपतिद्वारा नेपालको संविधान जारी


काठमाडौं – संविधान जारी हुने दिन देशका विभिन्न भागमा उल्लास मनाइएको थियो भने केहीमा विरोध कार्यक्रम भएका थिए | राष्ट्रपति रामवरण यादवले एउटा ऐतिहासिक समारोहबीच आइतबार नेपालको संविधानमा हस्ताक्षर गर्दै त्यसको कार्यन्वयन प्रारम्भ भएको घोषणा गरेका छन्।
संविधानसभाको अत्यधिक बहुमतबाट पारित नयाँ संविधानले संघीयता, गणतन्त्र र धर्म निरपेक्षता जस्ता विषय संस्थागत गरेको छ।

संविधानसभामा सम्बोधन गर्दै राष्ट्रपति रामवरण यादव र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गले राष्ट्रिय एकता र नयाँ संविधानको संरक्षणमा जोड दिए। संविधान घोषणाको ऐतिहासिक समारोहमा तराइ केन्द्रित दलका सभासद्हरु भने अनुपस्थित रहेका थिए।

 

 

नयाँ संविधान घोषणा गर्ने बोलाइएको ऐतिहासिक संविधानसभाको बैठकमा आफ्नो समुदायको संस्कृति झल्काउने खालका भेषभुषासहित सहभागी सभासद् र पाहुनाले रंग थपेका थिए। संविधानसभा बैठकमा राष्ट्रपति यादवले सभाध्यक्षद्वारा प्रमाणित पाँचवटा संविधानका प्रतिमा ढोग्दै हस्ताक्षर गर्दै गरेका थिए।
बहुप्रतिक्षित संविधान घोषणाको घडीमा उनले भने, “नेपालको संविधान आज मिति २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु।” राष्ट्रपतिले उक्त घोषणा गरे लगत्तै नयाँ संविधानको स्वागतमा संविधानसभामा तालीको गडगडाहट गुञ्जिएको थियो।
५ सय ३७ जना सभासदले हस्ताक्षर गरेको नयाँ संविधानले ०६२/०६३ को जनआन्दोलनका मूल राजनीतिक उपलब्धि भनिएका गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका विषय संस्थागत गरेको छ।

 

३५ भाग र ३ सय ८ धारा रहेको संविधान जारी गर्ने समारोहमा संविधानसभाको प्रक्रियाबाट अलग रहेका तराइ केन्द्रित दलका सभासदहरु अनुपस्थित थिए। आफ्नो सम्बोधनमा राष्ट्रिय एकतामा जोड दिएका राष्ट्रपति यादवले संघीयतासहितको संविधानको संरक्षण गर्ने सबैको जिम्मा भएको बताए। उनले भने, “म यस ऐतिहासिक अवसरमा पारस्परिक एकता, सहिष्णुता, एकता र मेलमिलापका साथ यस संविधानसभाबाट प्राप्त भएका जनताका अधिकार, उपलब्धि र संघीयतासहितको राज्य संरचनालाई संरक्षण सम्बर्द्धन र प्रवर्द्धन गर्न आह्वान गर्दछु।”

राष्ट्रपतिले सम्बोधन गरे लगत्तै संविधानसभा अध्यक्षले दोस्रो संविधानसभाले गरेका काम कारवाहीबारे जानकारी गराएका थिए। उनले नयाँ संविधानको सफल कार्यान्वयनमा जोड दिएका नेम्वाङ्गले लोकतान्त्रिक पद्धतिमार्फत नै समाधान खोज्न असन्तुष्ट पक्षलाई आह्वान गरे।

 

सयौँ मानिसहरुले संविधानसभाको चौरमा संविधान घोषणा समारोहको प्रत्यक्ष प्रसारण प्रोजेक्टरमा हेरेका थिए। पहिलो संविधानसभाले ४ वर्षमा संविधान बनाउन नसकेपछि दुई वर्षअघि निर्वाचित गरिएको दोस्रो संविधानसभाले आफ्नो एक सय ३५ औँ बैठकमा संविधान लेख्ने आफ्नो जिम्मेवारी पूरा गरेको हो। “नेपालको संविधान” नाम रहेको नयाँ संविधानका प्रतिहरु राजपत्रमा प्रकाशित गरी आइतबारबाटै बाँड्न थालिएको छ।
दश वर्षको सशस्त्र द्वन्द्पछि माओवादीसँग भएको शान्ति सम्झौताका आधारमा २०६४ सालमा पहिलो संविधानसभाको चुनाव गरिएको थियो। नयाँ संविधानको घोषणासँगै गत ९ वर्षमा १२ पटक संसोधन गरिएको नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको छ र संविधानसभा पनि अब केवल संसदमा रुपान्तरित भएको छ।
संविधान जारी भए लगत्तै देशका अधिकांश भागमा संविधानको उल्लासपूर्ण स्वागत गरिएको छ। तर तराइ क्षेत्रका कतिपय भागहरूमा विरोध पनि भईरहेका छन् जसका क्रममा वीगञ्जमा एकजना आन्दोलनकारीको ज्यान गएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...