Advertisement
SKIP THIS

कोरियामा १५ सदस्यीय मगराँत स्वायत्त प्रदेश संघर्ष समिती गठन


 

सोल – नेपाल मगर संघ कोरिया का निवर्तमान अध्यक्ष श्री पुरन राना मगरको संयोजकत्वमा ७ सल्लाहकार सहित १५ सदस्यीय “मगराँत स्वायत्त प्रदेश संघर्ष समिती दक्षिण कोरिया” पहिलो र दोस्रो चरणको भेलाबाट गठन भएको छ।

 

 

 

भेलामा नेपाल आदिबासी जनजाती महासंघ कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तान,महासचिव बलराम पुन,निवर्तमान महासचिव याम श्रीस राना मगर,संघीय समाजवादी फोरोम नेफेसो कोरियाका अध्यक्ष दिपेन्द्र राई,उपाध्यक्ष देवराज स्यङ्तान,संघीय लिम्बुवान परिषद दक्षिण कोरियाका अध्यक्ष प्रकाश लिङ्देन,किरात राई यायोख्या दक्षिण कोरियाका अध्यक्ष दिनेस राई,त्यसै गरि बाग्लुङ सम्पर्क समितीको प्रतिनिधि एवं मगर संघ कोरियाका निवर्तमान सचिव अर्जुन थापा मगर, जनअधिकार मंचका निवर्तमान अध्यक्ष दिपक पुन लगायत मगराँत समर्थक र सुभचिन्तकहरुको उपस्थिति थियो।

 

 

 

उक्त भेलामा मगराँत स्वायत्त प्रदेश संघर्ष समितिको बारेमा सबैले आ-आफ्नो धारणा व्यक्त गर्नु हुँदै आर्थिक, नैतिक समर्थन सहित् को ऐक्यबद्धता जनाउनु भएको थियो। आफ्नो धारणा व्यक्त गर्ने क्रममा आदिवासी जनजाती महासंघका अध्यक्ष चित्र बहदुर मोक्तानले देशमा भाषिक, जातिय र लैङ्गकि विभेदलाई चिरेर समानताको लागि आवाज उठाउन पनि मगराँत संघर्ष समितीको आवश्यकता औंल्याउनु भएको थियो। त्यसै गरि नेफेसोका अध्यक्ष दिपेन्द्र राईले देशमा अहिलेको पहिचान सहितको संघीयताको विषयलाई बिखण्डनको शब्दमा भ्रम फैलाएको बारेमा त्यस्लाई एकात्मकवादीहरुको संकिर्ण सोंचको संज्ञा दिनुभएको थियो। संघीय लिम्बुवान परिषद दक्षिण कोरियाका अध्यक्ष प्रकाश लिङ्देनले घाम र जुन रहेसम्म जाती रहिरहने हुनाले पहिचान सहितको संघीयताको मुद्दालाई कसैले पाखा पार्न नसक्ने प्रष्ट पार्नु भएको थियो। त्यसै गरि आदिवासी जनजाती महासंघ कोरियाको महासचिव बलराम पुनले नेपाल हाम्रो देश हो मगराँत हाम्रो घर हो भनी अहिले देशमा बन्दै संविधानको घटनाक्रम को बारेमा बोल्नु भएको थियो।

 

 

 

बन्दै गरेको संविधानमा पहिचान र सामर्थ्यको आधारमा संघिय प्रदेश निर्माण गर्ने भनिए पनि पहिचानको आधारलाई लत्याईएको र मगराँत क्षेत्रलाई ३ तिर विभाजन गरिएकोमा आक्रोश पोख्नु भएको थियो। पहिचान र अधिकारको निम्ती हामी देश विदेश जहाँ रहे पनि सचेत र सजग हुनुपर्ने र जहाँ जसरि सकिन्छ सहयोग गर्नुपर्ने आजको आवश्यकता औंल्याउनु भयो। अहिलेको संविधानले पहिचानको मर्मलाई कुल्चिएर संविधान जारि गरे पनि पहिचान सहितको संघियताको मर्म समाप्त नहुने प्रष्ट पार्नु भयो।

सम्योजक:-पुरन राना मगर
सदस्यहरु:-
किरन थापा मगर
रमेश लुन्गेली मगर
गणेश आले मगर
भलामान पुलामी मगर
गोविन्द लाया मगर
सन्दिप दर्लामी मगर
डोलु आले मगर
वम बहादुर राना मगर
यदु सलामी मगर
धिरेन्द्र पुलामी मगर
नारायण थापा मगर
कुन्ज्मानी मगर
चमन थापामगर
चित्रा रानामगर
संजित थापा मगर

सल्लाहकारहरु:-
चित्र मोक्तान (अध्यक्ष , आदिवासी जनजाती महासंघ दक्षिण कोरिया)
बलराम पुन (महासचिव, आदिवासी जनजाती महासंघ दक्षिण कोरिया)
याम श्रीस रानामगर (निवर्तमान महासचिव आदिवासी जनजाति महासंघ दक्षिण कोरिया)
दिपेन्द्र राइ (अध्यक्ष,नेफेसो दक्षिण कोरिया)
दिपक पुन (निवर्तमान अध्यक्ष, जनअधिकार मंच दक्षिण कोरिया)
प्रकाश लिङ्देन (अध्यक्ष, संघीय लिम्वुवान परिषद)
मिलन राना मगर

नेपाल मगर संघ तथा नेपाल मगराँत संघर्ष समितिले पहिंचान सहितको संघियता मगराँत प्राप्तिको निम्ति निरन्तर आन्दोलन तथा आवाज उठाउदै आएको छ। उक्त आन्दोलनलाइ थप उचाइमा पुर्याउने उद्धेश्यले विभिन्न खाले सहयोग पुग्ने छ भन्ने विश्वासको साथ् मगराँत स्वायत्त संघर्ष समिति दक्षिण कोरिया गठन गरिएको छ।

 

 

 

 

बन्दै गरेको संविधानमा अहिलेको ७ प्रदेश सहितको संघिय प्रदेशहरुमा ऐतिहासिक मगराँत भुमि तथा मगर बाहुल्य रहेको १८ जिल्ला समेटिएको मगराँत क्षेत्र कायम गरिनु पर्नेमा ३ प्रदेशमा विभाजन गरिएकोमा मगराँत क्षेत्रहरुलाई एउतै प्रदेशमा राखिनु पर्ने माग गरेका छन्। विभिन्न चरणको आन्दोलन गर्दै अहिले तेस्रो चरणको आन्दोलनमा रहेका मगराँत संघर्ष समितिलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले उक्त समिति गठन गरिएको जानकारी संयोजक रानामगरले बताउनु भएको छ।
आफ्नो अधिकार र पहिचानको सवालमा सजग र सचेत बन्दै, जातीय सद्भाव र देशको अखण्डतालाई ख्याल गर्दै,समानता,न्याय,पहिचान र अधिकारको निम्ति खुल्ला हृदयले यस आन्दोलनलाई थप उचाइमा पुर्याउनको निम्ति समितिले सहयोगको अपिल गरेको छ |

 

 

 

खाता :-२२१२९४१८६०२०१५ 
बैंक:- IBK
कोड न.:-०३
नाम:- पुरन राना मगर

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...