Advertisement
SKIP THIS

छैटौं ईपीएस परीक्षार्थीलाई १६ सुझाव


सोल-आउदो आसोज २ र ३ गते हुन लागि रहेको छैटौं ईपीएस परीक्षामा सामेल हुन लागेका परीक्षार्थीहरुलाई ईपीएस शाखा नेपालले १६ महत्वपूर्ण सुझावहरु दिएको छ | ती सुझावहरु निम्न छन् |

 

१) परीक्षा दिन आउँदा आफ्ना साथमा नागरिकता वा राहदानीको सक्कलै प्रति र प्रवेशपत्र अनिवार्यरुपमा लिई आउनुपर्ने ।

 

२) आफ्नो परीक्षा कुन परीक्षा केन्द्रमा, कुन दिनको, कुन सिटमा परेको छ सो केन्द्र कुन स्थानमा रहेको छ एकिन गरी तोकिएको समयभन्दा अगावै परीक्षा केन्द्रमा पुगिसक्नु पर्ने । परीक्षाको लागि अभिमुखीकरण शुरु भएपछि परीक्षा केन्द्रमा प्रवेश गर्न पाइने छैन । परीक्षार्थीले ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरु अभिमुखीकरण तालीम मार्फत परीक्षा शुरु हुनु अगि जानकारी गराइने ।

 

३) परीक्षार्थीले परीक्षा हलमा टेपरेकर्ड, मोबाइल फोन, क्याल्कुलेटर लगायत विद्युतीय उपकरण साथमा लग्न पाइने छैन ।

 

४) परीक्षा केन्द्रमा प्रवेश गरेपछि आफ्नो सिम्बल नम्बर कुन भवनको कति नम्बर कोठामा परेको छ एकिन गरी जाने यस सम्बन्धमा कुनै समस्या परेमा तुरुन्त सोही केन्द्रको ज्भबमत्रगबचतभच मा सम्पर्क गर्ने ।

 

५) विगत वर्षहरुमा केही स्थानमा अर्काको नाममा परीक्षा दिन खोज्ने परीक्षार्थीलाई पक्राउ गरिएकोले सम्बन्धित व्यक्ति वाहेक अन्य व्यक्ति अर्काको नाममा परीक्षा दिने उद्देश्यले प्रवेश गरेमा वा गर्न खोजेमा तत्काल पक्राउ गरी कानून बमोजिम कडा कारबाही गरिने छ ।

 

६) प्रत्येक परीक्षा कोठामा वितरण हुने Conformation Of Personal Information Sheet को अध्ययन गरी आफ्नो नाम थर, जन्म मिति आदि व्यक्तिगत विवरणमा केही गल्ती भेटी सच्याउनु पर्ने । तोकिएको स्थानमा शुद्धसँग लेखी (सच्चाई) दस्तखत गर्ने र नसच्याउनु पर्ने भए पनि दस्तखत महलमा दस्तखत गर्ने ।

 

 

७) परीक्षार्थीले उत्तर पुस्तिकामा चिन्ह लगाउँदा अनिवार्यरुपले कालो बलपेन प्रयोग गर्ने । कालो बाहेक अन्य रङ्गको मसी वा सिसाकलम प्रयोग गर्न पाईने छैन ।

 

८) कालो मसीले मिल्दो जवाफको वृत्तमा पूर्णरुपमा पोत्नुपर्ने आधा पोतेमा वा एकै प्रश्नमा एकभन्दा बढी स्थानमा मसी परेमा (पोतेमा) शून्य अंक प्रदान गरिने छ । एक पटक चिन्ह लगाइसकेपछि टिपेक्स लगाउन वा मेट्न पाइने छैन ।

 

९) परीक्षा हलमा प्रवेश गरेपछि परीक्षा समाप्त नभएसम्म शौचालयम जान वा परीक्षा कोठाबाट निस्कन पाइने छैन ।

 

१०) परीक्षा ७० (सत्तरी) मिनेटको हुनेछ । जसमा ४० मिनेटको पढाई (

Reading) र ३० मिनेटको सुनाई (Listening) हुनेछ ।

 

११) परीक्षा कोठाभित्र निर्धारित स्थानमा नबसी अन्यत्र बसेमा, दायाँ बायाँ हेर्ने वा सोध्ने गरेमा वा कुराकानी गरेमा, मोबाइल फोन वा निषेधित बस्तु प्रयोग गरेमा परीक्षामा अनियमित क्रियाकलाप मानी परीक्षा रद्द गरिने छ । यस सम्बन्धमा ज्च्म् कोरियाको निर्णय अन्तिम हुनेछ ।

 

 

१२) परीक्षा कोठाभित्र प्रश्न प्राप्त भएपछि प्रश्नपत्रको त्थउभ र ब्लकधभच क्जभभत को त्थउभ मिलेको छ छैन एकिन गर्नुपर्छ । नमिलेमा परीक्षा कोठामा रहेका एचयअतयच (निरिक्षक) लाई तुरुन्त खबर गर्नुपर्दछ ।

 

 

१३) परीक्षा समाप्त भएपछि उत्तर पुस्तिका अधिकारीलाई बुझाएर मात्र परीक्षा हल छाड्नु पर्ने छ ।

 

 

१४) ईपीएस परीक्षालाई स्वच्छ, मर्यादित व्यवस्थित बनाउन सबैको सहयोगको लागि ई.पी.एस. कार्यालय र ईपीएस कोरिया सेन्टर नेपाल आग्रह गर्दछ ।

 

 

१५) विगतका बर्षमा अनियमितता गर्न खोज्ने ब्यक्तिहरु पक्राउ परी कारवाही भएको र यस बर्ष पनि परीक्षामा अनियमित गर्ने परीक्षार्थी उपर कडा निगरानी राखिने भएकोले अर्काको खेताला परीक्षार्थी बन्ने र बनाउने उपर कडा कारवाही गरीने भएको, ई.पी.एस कामदार भए निजको भिषा रद्द गरीने, ऋद्यत् उम्मेदबार भए ऋद्यत् परीक्षा दिन नपाउने ब्यवस्था हुने भएकोले सो परीक्षालाई मर्यादित र ब्यवस्थित बनाउन सम्पूर्ण परीक्षार्थीहरुलाई अनुरोध छ ।

 

 

१६) कोरियन भाषा परीक्षा उत्तिर्ण हुदैमा रोजगारीको ग्यारेण्टी नहुने भएकोले गरी आएको पेशा, ब्यवसाय, अध्ययन आदि नियमित गर्न हुन अनुरोध छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...