Advertisement
SKIP THIS

कोरियामा नेपाली नारीहरुले दर खाएर तिज मनाए


सोल -कोरियामा कार्यरत नेपाली नारीहरुले  नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिज यहि सेप्टेम्बर ६ तारिखका दिन एक कार्यक्रमको आयोजना  गरि भब्य रुपमा मनाएका छन् | सौलको तुन्देमुन स्थित लक्ष्मी रेस्टुरेन्टको सभाहलमा मनाइएको तिज कार्यक्रममा  सौल देखि निकै टाढाका चेलीहरु पनि आएका थिए | नेपाली रातो/ हरियो साडी , ब्लाउज र कुर्ता सलवारका साथमा नेपाली गरगहनामा सजिएका चेलीहरुलाई देख्दा नेपालमै भए जस्तो लाग्ने  एक सहभागीले बताएका थिए  | त्यसैमा नेपाली स्वादिष्ट  खानाको साथमा तिजको दर को पनि व्यवस्था गरिएको थियो |दर खादै, टाढाटाढाका दिदिबहिनिसंगको भेटघाट, दुख सुख साटासाट र तिजका गीतमा  झम्म झम्म कम्मर मर्काई मर्काई  नेपाली चेलीहरु नाच्दा बाताबरण निकै रमणीय बनेको थियो |

 

दक्षिण कोरियामा सन् २०१० मा स्थापित महिलाहरुको मात्र एक सामाजिक संस्था वुमन फर वुमन को आयोजनामा मनाइएको तिज बिशेष कार्यक्रम का प्रमुख अतिथि दक्षिण कोरियाका लागि श्रम सहचारी अनिल कुमार गुरुङ रहेका थिए |बिशेष अतिथिहरुमा एनआरएनए कोरियाका अध्यक्ष बिनोद कुँवर,नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष चित्र मोक्तान ,नेपाली सम्पर्क समितिकी  बरिस्ठ उपाध्यक्ष अन्जु के.सी ,नेपाली जनसम्पर्क समितिका अध्यक्ष नबराज सिवाकोटी ,ओ.एन.एफ् कोरियाका अध्यक्ष गोबिन्द गाउँले ,नेपाली जनाधिकार मंचका अध्यक्ष सागर न्यौपाने ,सोनसिककि अध्यक्ष इन्दिरा तिवारी,निबर्तमान अध्यक्ष जुनु गुरुङ ,संरक्षक गंगा थापा श्रेष्ठ र लक्ष्मी लामा गुरुङ्ग ,ई.पी .यस बाट आएकी  नब आगन्तुक चेलीको तर्फबाट नारायणी जी एम लगाएत विभिन्न संघसंस्थाहरुको अध्यक्ष तथा प्रतिनिधि सहित २०० जना भन्दा बढीको उपस्थिति रहेको थियो |

tij 2015

वुमन फर वुमनकि अध्यक्ष मल्लिका थकालीको अध्यक्षता भएको तिज बिशेष कार्यक्रमको  प्रमुख अतिथि दक्षिण कोरियाका लागि श्रम सहचारी अनिल कुमार गुरुङले दियो बालेर उद्घाटन गरेका थिए| उपस्थित सम्पूर्ण महानुभाबहरुलाई बरिस्ठ उपाध्यक्ष गौरी बोगटीले मन्तब्यले स्वागत गरेकी थिईन भने संचालन सचिब ऋतु भट्टचनले गरेकी थिईन |

कार्यक्रमको सफलता र तिजको शुभकामना मन्तब्य राख्दै अतिथिहरुले भनेका थिए “ प्रबासी भूमिमा पनि नेपाली चाडपर्बहरु यसरी मनाउनु पाउदा नेपाली संस्कृतिहरु संरक्षण र प्रचार प्रसार पनि हुने,नेपालमै परिवार छिमेकी संग भए जस्तै लाग्ने,एक दिन भए पनि दुख सुख मेटिने ,अझ बक्ताहरुले वुमन फर वुमनले सामाजिक सेवामा पुरयाएको योगदानको कदर र चर्चा पनि गरेका थिए ” |

वुमन फर वुमनले सन् २०१२ देखि महिलाहरुको लागि मात्र एक सेल्टर संचालन गरेको छ भने ६०० जना भन्दा बढीले सेवा लिएका छन् त्यसै गरि हरेक महिना मा १ स्वास्थ्य शिबिर ,भाषा कक्षा संचालन र यहाँ रहेका दुखि बिरामी हरुलाई सक्दो सहयोग पनि गर्दै आएको छ|

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई
  • कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो
  • परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...