Advertisement
SKIP THIS

सेयरमा लगानी किन गर्ने ?


 निश्चल काउचा

 

 

नेपालमा वि.स. १९९३ मा बिराटनगर जुट मिल्स र नेपाल बैक लिले सेयर निष्काशन गरेर सर्वसाधारणवाट पुजी संकलन गर्ने काम सुरु भएको थियो | हाल नेपाल स्टक एक्सचेन्जमा २२७ वटा कम्पनीहरु सुचिकृत भएर कारोबार गरिरहेका छन् |

 

सेयर बजार भनेको थोरै पैसा भएका व्यक्तिलाई पनि धेरै नाफा कमाउने र ठूला कंपनीमा लगानी गर्ने वातावरण बनाउने संयन्त्र हो। अर्थात् सेयर बजारमा सूचीकृत गरिएका कम्पनीमा लगानी गरेर सानो पुँजीको लगानीकर्ता ठूलो कम्पनीको अंशियार बन्न सहयोग गर्ने पुलको काम गर्ने माध्यम हो ।

 

आफैँले लगानी गरेर कमाएको रकमबाट मुस्किलले १० देखि १५ प्रतिशत नाफा कमाउन गाह्रो हुन्छ तर नाफामूलक कंपनीमा लगानी गरेको छ भने त्यसबाट २५– ५० प्रतिशतसम्म पनि प्रतिफल पाउनसक्ने संभावना हुन्छ।

 

नेपालमा सेयर बजारमा लगानी गर्ने चलन सुरु भएको लामै समय भइसकेको भए पनि जनसाधारणमा ज्ञानको अभावले गर्दा लगानी गर्ने चलन भने अझै प्रभावकारी रूपमा सुरु भएको छैन तर पछिल्लो समय सेयरमा लगानी गरेर सम्पत्ति बढाउन सकिन्छ भन्नेहरुको संख्या बढेको छ । जसले सेयर बजारको महत्व बुझेर लगानी गरेका छन्, उनीहरुले मनग्ये कमाएका पनि छन् । उनीहरुका लागि सेयरको लगानी सुनको अण्डा पार्ने कुखुरामा गरिएको लगानीजस्तै भएको छ ।

 

केही समय अघि बरुण हाइड्रोले सर्वसाधारणका लागि चार करोड रुपैयाँको सेयर निष्काशन गरेकोमा सय गुणा बढी अर्थात ४ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो । यसबाट के पुष्टि हुन्छ भने पछिल्लो समयमा सर्वसाधारणले सेयरको महत्व बुझ्दै गएको छन् भन्ने देखिन्छ |

 

दश वर्षअघि चिलिमे जलविद्युत २२.१ मेगावाट आयोजनामा एक लाख रुपैयाँ सेयर लगानी गर्ने लगानीकर्ताले हालसम्म ३५ लाख रुपैयाँ भन्दा बदि प्रतिफल हात पारेका छन् । त्यसबेला सय रुपैयाँ दरका एक हजार कित्ता सेयर किन्ने लगानीकर्तासँग अहिले १५ सय ९८ कित्ता सेयर छ |

 

१० वर्षको अवधिमा कम्पनीले सेयरधनीलाई दिएको नगद लाभांश र बोनस सेयरमात्रै पनि लगानीको भन्दा ३५ गुणा बढी छ । चिलिमेको यो तथ्यांकले सेयरको लगानी सुनको फुल पार्ने कुखुराजस्तै भएको पुष्टि गर्छ । उसो त बाह्र वर्षअघि अरुण भ्याली हाइड्रोपावर ३ मेगावाटमा एक लाख रुपैयाँ सेयर लगानी गर्ने सेयरधनीले ९ गुणा बदि कमाएका छन् |

 

विद्युत आयोजनामा गरिएको लगानी सुरक्षित हुने र विद्युत उत्पादन हुन थालेपछि निरन्तर आम्दानी हुने भएकाले पनि यस्ता आयोजनामा सेयर हाल्नेहरुको आकर्षण बढेको बताईन्छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...