Advertisement
SKIP THIS

यस्तो छ, दुई कोरियाको शक्ति र सामर्थ्य


किरणप्रकाश बीसी

कोरियाली ईतिहासको पाना पल्टाऊने हो भने यो मुलुक १९१० देखि जापानको प्रत्यक्ष ऊपनिवेशमा रहेको मुलुक हो | त्यो समय दक्षिण एशियाका देशहरु धमाधाम स्वतन्त्र हुदै गय तव यो देशको ढोका पनि संसार मा स्वतन्त्र भयर ऊभिने मौका मिल्यो । जापानसंगको युद्ध सकियको ५ बर्ष मात्र भएको थियो फेरि कोरियाली जनताले पुर्बी कोरियाको ढोकामा साम्यवादी शासन चलाऊने भए भनेर २५ जुन १९५० मा फेरि अर्को युद्ध सुरु गरियो जसको रचनाकार अमेरिका थियो । जुन युद्धमा करिब पाँच लाख कोरियनले जिबन गुमाए । अमरिकी सेनाले गरेको गहिरो क्षति प्रति पनि हतोत्साहित नभएर निरन्तर क्रान्तिकारि युद्ध गरिरहे फलस्वरूप किम इल सुङले अमेरिकी सेनालाई पराजय गरेरै छाडे ।

 

चीनबाट कमरेड माओको केहि हौसला पाएपछि कोरियाली सेनाले अमेरिकी सेनालाई ३८ डिग्रि समानान्तर रेखाभन्दा दक्षिणतिर धकल्यो । अमेरिकी सेनाको सहयोग हुदाहुदै पनि दक्षिणतिर धकेलिदै गएको केहि कोरियालीलाई यो दुखद लडाईभन्दा तितो बिभाजननै ऊचित लाग्यो र केहि मापदण्ड तयार गरि १५ अगस्ट १९४८ मा एऊटा कोरिया बिभाजन भई दुईतिर ऊतर र दक्षिण भएर विश्वमानचित्रमा दुई कोरिया हुपुग्यो । दुई देशको ईतिहास फेरि शुन्यबाट सुरुभयो ।

 

 

दक्षिणले १९४८ मा डाक्टर यु लिन होको नेतृत्वमा संबिधानको साधारण ड्राफ्ट बन्यो र समयको मागसंगै तदारुकताका साथ संबिधान लेख्न सुरु गरेका डा . होले एकै सालमा सबै काम सकेका थिए । १९५० जनवरी २६ मा पुर्ण संबिधान बनेको थियो । जस्लाई अमेरिका र अन्य देशले पनि नैतिक ढाडस दिन सुरु गरे | यो संबिधानको ड्राफ्टलाई केहि काटछाट गरेर यो देशको कानुननी राज्यले बैधानिक देश सन्चालनको अधिकार पायो ।

 

जनताको माग सम्बोधन गर्न भनि सन १९६०/१९६२/१९७२/१९८०/१९८७ गरि लगभग पाँचपटक यो देशले संबिधान संसोधन गरि परिस्थिति अनुकूल हिड्ने कोसीस गर्यो । आधुनिक प्रजातन्त्रको अभ्यास गर्ने र पुजिवादि लोकतन्त्रको सुधार गर्दै अगाडिका दिन विकास र शान्तिमा ब्यतित गर्ने दक्षिण कोरियाली राजनीतिको मुल उद्धेश्य थियो । त्यस्तै अमेरिकी सेनालाई कब्जा गर्न नदिएको दक्षिणतिरको भु -भाग कब्जा पनि गर्न नसकेको तर कोरियाको स्वतन्त्रताकोलागि अदभुत योगदान दिएको ऊतर कोरियाले पनि आफ्नो कब्जामा रहेको भुमिमा छुट्टै संबिधान र नियम कानुन अनुसार शासन सत्ता सुरु गर्यो । जस्को संबिधानको सुरुवात १९४८  मा सुरु भयो तर यो १९३६ को सोभियत रुस र माओबाट प्रभावित थियो । समाजवादी क्रांति अझै अगाडि बढाऊने र बिश्वसर्बहारा बर्गले राज्यसत्ता चलाऊने भन्ने ऊद्श्येले सन १९७२ मा ‘जुछे’ संबिधानको नया सस्करण सहितको नयाँ संबिधानको ड्राफ्ट तयार पारियो ।यसलाई १९७२ डिसेम्बर २५ मा सुप्रिम पिपुल एसेम्बलीले पास गरेको थियो । सन १९९८  र २००९  गरि पटकपटक संबिधानको संसोधन गरि समाजवादी गणतन्त्रको बैज्ञानिक प्रयोग गर्ने प्रातस गरियो र क्रान्ति कै स्वरुप भनियो । तर जब किम इल सुङको देहान्त भई नयाँ शासकको रुपमा किम जोङ ऊन ऊतर कोरियाको शासकको रुपमा विश्ववसामु ऊत्रिए अनि २०१२ मा ‘किम ईल सुङ-किम जोङ ऊन’को संबिधानको नाममा फेरि अधिकार थपघट गरियो। यसलाई पिपुल्स एसेम्बलीले पास गर्यो जसको मुलभुत तथ्य ‘न्युक्लियर आर्मिड स्टेट’ भनेर चित्रित गरियो।

 

जब ऊतर कोरियाले ‘आर्मिड स्टेट’ घोसणा गर्यो त्यहि दिनदेखि दक्षिण कोरिया पनि ऊतरदेखि खतरा महसुस गर्ने स्थितिमा पुग्यो । सोभियत रुसबाट खतरनाक तोप ,गोला, बनाऊने तरिकाको बिकसित रुपमा बिश्वस्त उतर कोरिया अहिले पनि बिश्वका दश शैन्य अधिक शक्ति भएको रास्ट्रमा पर्दछ। यसको यो शक्तिलाई चीनले नैतिक समर्थन गरेको र अमेरिकाले २६  हजार शैनिक आफ्नो ३८  डिग्री प्यारालालमा राखिदिएको र आवश्यक परे थप्ने आसमा आफु शक्तिशाली महसुस गर्दै सिमावर्ति क्षेत्र मा दुई देशको शान्तिमा खलल पुग्ने हर्कत गर्नु नै गत शुक्रबारको गोलाबारीको मुख्य कारक हो।

 

south_korea-north-fire

बिगत केहि दिनदेखि दक्षिणले ऊतरको सीमावर्ती क्षेत्रमा ठुला-ठुला साऊन्ड बक्स राखेर निरन्तर ऊतर कोरियालाई असर पर्ने गरि केहि शब्द बोलेको प्रति शासक किम जोङ ऊनको आदेशमा फाईरिङ सुरु गरिएको थियो । ऊतरको आक्रमणमा परि दक्षिणका दुई जना सेना गम्भिर घाईते भएका छन भने सीमावर्ती क्षेत्रबाट लगभग १५ हजार  दक्षिण कोरियनलाई सुरक्षित स्थानमा सारिएको छ । शनिवार साझ भएको भिसण गोलाबारीको स्थिति हेर्दा लाग्थ्यो यो समस्याले तेस्रो विश्वयुद्ध निम्तो गरिरहेको छ।

 

सोल नजिकैको सिमामा पड्केको बमको आवाजबाट लाग्थ्यो विश्व युद्ध उन्मुख छ। शक्ति सत्ता र शासक कहि कतै तालमेल नमिलि ,पुर्विय-पश्चिमि देशका शासकहरुको बुई चढि केहि पुजिवादि रास्ट्रको आशिर्वादले दक्षिण कोरियाले हेपाहा ब्याबहार गरेमा र किम जोङ ऊनको ऐकल काटे ढिपिमा चीनको ढाडस पाई ऊतर कोरियालि सेनाले अणु बमको धाक देखाएमा पुरै बिश्वले क शोकमग्न युद्द बेहोर्न नपर्ला भन्न सकिदैन।

 

यदि शक्ति र सामर्थ्यको लेखाजोखा गर्ने हो भने अहिले ऊतर कोरियासंग तत्काल १० लाख सेना छन भने दक्षिण कोरिया संग ५ लाख २२  हजार सेना छन । ऊतर कोरियासंग ३ हजार ५  सय ट्याङक छन भने दक्षिण कोरियासंग २ हजार ४  सय १४ युद्ध ट्याङक छन । ऊतर कोरिया तोपमा पनि बलियो भएको र दक्षिण भन्दा बढि देखिन्छ | उत्तरसंग लगभग २१  हजार १  सय तोप भएको जानकारी आएको छ तर दक्षिण कोरियासंग एघार हजार तोप मात्र छन। त्यस्तै उत्तरसंग ७२  पान्डुबि छन भने दक्षिणसंग २३  वटा मात्र छन।

 

 

जंगि जहाजमा भने दक्षिण कोरिया धेरै अगाडि देखिन्छ | उसंग २० वटा छन तर ऊतर कोरिया संग 3 वटा मात्र जंगि जहाज भएको जानकारि छ। दक्षिण कोरिया फाईटर बिमानमा पनि अगाडि देखिन्छ ५७३ फाईटर बिमान भएको दक्षिण कोरिया भन्दा ऊतर संग अलि कम अर्थात ५६३  वटा मात्र फाईटर बिमान छन । ऊतर कोरियालाई एक हजार कोरियन नागरिक बराबर ४०  जना सैनिक पर्दछन भने दक्षिणमा एक हजार नागरिक बराबर १४  जना मात्र सैनिक पर्दछन। ‘सेना पहिलो’ भन्ने ऊतर कोरियाको नीति अनुसार ऊतर कोरिया सैन्य बलमा अब्बल देखिन्छ।

 

बिश्व समूदायबाट अलगै भए पनि ऊतर कोरिया विश्वको चौथो धेरै सैनिक भएको देश हो । त्यसकारण लगभग ३०  हजार नेपाली रहेको दक्षिण कोरियामा कुनै पनि बेला युद्ध भड्किन सक्ने सम्भावनाले अधिकतम नेपालीको मस्तिष्कमा दश बर्षे जनयुद्को झल्को दोहोरिएको छ | फलस्वरूप यो क्रम जारि रहे स्वदेश फर्किने निर्णय पनि हुनसक्छ तर त्यो अवस्था अहिलेनै आऊने सम्भावना भने छैन किनकि बिहेबार १०  घन्टा लामो दुई देशबीच भएको वार्ताले फेरि दोस्रो चरणको वार्ताको बातावरण बनाइसकेको छ। विश्वमा ‘फुटाऊ र राज गर’ भन्ने केहि साम्राज्यबादी देशको कुटनितिक रणनीतिले दुई देशमा युद्ध भड्कीए विश्वको कुनैपनि मुलुक युद्दबाट अछुतो नरहने सम्भावना देखिएको छ ।त्यसकारण कुनै पनि महाशक्ति रास्ट्रले दुई देशलाई युद्द गर्न प्रेरित ब्याबहार गर्छन भने यसको सबैले घोर निन्दा र भर्त्सना गर्न पर्दछ |

 

हाल-दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...