Advertisement
SKIP THIS

सोनसिकले शुरु गर्यो बिद्यालय निर्माण अभियान


लिलु डुम्रे

सोल-दक्षिण कोरियामा रहेका नेपाली बिधार्थीहरुको संस्था नेपाली बिधार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले महाभूकम्पबाट अति प्रभावित पाँच जिल्लामा एकएक बिधालय निर्माण गर्ने गरि बिधालय पुनर्निर्माण अभियान सुरुगरेको छ ।

 

काठमान्डौमा शनिबार एक कार्यक्रम आयोजना गरि सोनसिकले सो जानकारी गराएको हो । बिधालय पुनर्निर्माण अभियान अन्तर्गत सोनसिकले गोर्खा, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा र काभ्रे जिल्लाका एक एक बिधालय पुनर्निर्माणकालागि प्रति बिधालय ५ लाख नगद सहयोग गरेको छ ।

 

यसअभियान मार्फत सहयोग प्राप्तगर्ने बिधालयहरुमा गोरखा जिल्लाको बिकटस्थानमा रहेको बराह प्राबी, सिन्धुपाल्चोक जिल्लाको ज्ञानज्योति प्राबी,दोलखा जिल्लाको मानेडांडा उच्च माबी, नुवाकोट जिल्लाको कालिका माबि रहेकाछन् । काभ्रे जिल्लाबाट छनोट अन्तिम अवस्थामा रहेको तथा छनोट भएका सम्बन्धित बिधालयहरुमा रहेका भूकम्प पिडित बिधार्थीहरुलाई लक्षित गरि छात्रवृति संचालन गरिने सोनसिक सभापति बिमल सुबेदीले जानकारी दिए ।

 

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिब शान्तराज सुबेदीले नयाँ नेपाल निर्माणको दायित्व प्रबासमा रहेका नेपालीहरुको पनि भएकोहुदा आफु सक्दो योगदान पुराउन र विदेशको पढाई समाप्ति संगै दक्षता हासिलगरि देश फर्कन आव्हान गर्दै भूकम्प पिडित बिधालय पुनर्निर्माण अभियान जस्तो पबित्र कार्यको थालनी गरेकोमा कोरियामा रहेका नेपाली बिधार्थीहरुलाई बधाई तथा धन्यवाद दिए ।

 

 

कार्यक्रममा उपस्थित नेपाली दुतावास सौलका पूर्व उपनियोग प्रमुख राजाराम बर्तौलाले दक्षिण कोरियामा रहेका नेपाली बिधार्थीहरुको बिधालयलाइ पुनर्निर्माण अभियान अनुकरणीय रहेको बताउदै आउदा दिनमा निरन्तरताका लागि शुभकामना दिए ।

 

 

कार्यक्रममा कोरियाका बिभिन्न बिश्वबिधालयमा अध्यनरत बिधार्थी तथा दीक्षितहरुको उपस्थिति रहेको थियो । भूकम्प पश्चात सोनसिकले अध्ययनरत कलेजमा नेपाली , कोरियन विद्यार्थी र प्राध्यापकह?संग गरि एक लाख एक १० हजार डलर संकलन गरि नेपाल पठाएको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...