Advertisement
SKIP THIS

एनआरएन कोरियाको आसन्न अधिवेशन र नेपालीको चासो


आउदो सेप्टेम्बर ६ तारिखमा हुन गईरहेको एनआरएन कोरियाको अधिवेशनलाई लिएर विभिन्न चर्चा परिचर्चासंगै बिभिन्न पदमा धमाधम उमेदवारी घोषणा भईरहेको छ | चुनावी सरगर्मीसंगै यो चुनावमा पनि एनसीसीको चुनावमा देखिएको दृश्य दोहोरिने त होईन भनेर आशंका गर्नेहरु पनि थुप्रै छन् |

 

विश्वभर संजाल फैलिएको संस्थाको कुनै पनि पदमा बस्ने लालचा धेरैमा देखिएको छ | हुनत एनआरएन धनि र ठुलाबडाको संस्था हो पनि भनिन्छ | कोरियामा ईपिएस प्रणालीवाट आएको मजदुरको संख्या अरु भीसामा आएकाको भन्दा उल्लेनीय छ |

 

 

एनआरएनको बिधान अनुसार एनआरएनको सदस्यता लिन २ बर्ष विदेश बसेको अनिबार्य हुनु पर्ने हुन्छ | ईपिएसवाट कोरिया आउनेको विसा बोनस विसा सहित ४ वर्ष १० महिनाको हुन्छ यसकारण पनि ईपिएसवाट आएकाहरु एनआरएनको उमेदवार बन्ने सम्भावना देखिदैन | यसपाली ईपिएसवाट कोरिया आएका खेम कार्कीले अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् तर उनि पनि दोस्रो पटक ईपिएसवाट कोरिया आएका हुन् | अध्यक्षका अरु प्रत्यासीहरु गैरआवासीय नेपाली र अन्य विसा प्राप्त गरेका नेपालीहरु हुन् |

 

ईपिएसवाट कृषि र उत्पादनमुलक क्षेत्रमा कोरिया आएका मजदुरहरुले बिभिन्न समस्या भोग्दै आईरहेका छन् | अब आउने भावी नेतृत्वले साग बारीमा काम गर्ने चेलीको ब्यथा होस् या कोरियन नागरिकसंग बिवाह गरेर आएर दुर्ब्यबहारमा परेका चेली कथा होस् या फलाम कम्पनीमा काम गर्दा संगै काम गर्ने कोरियन नागरिकले हातपात गर्दा चोट लागेको नेपाली मजदुरको पक्षमा बोल्ने र न्याय दिलाउन सक्ने खालको हुनु पर्छ भन्ने कोरिया रहने ईपिएस मजदुरको मान्यता हो |
भावी चुनौती र अवसर
यता चुनावी माहोल तातिरहेको भने उता एनआरएन कोरिया मुख्य आयोजक रहेर गत फेब्रुरीको सलनालामा आयोजना गरिएको महामेलाको आर्थिक आयव्यय अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन | कार्यक्रम आयोजना गरिएको यति लामो समयसम्म पनि आर्थिक आयव्यय सार्बजनिक गर्न नसक्नुका पछाडी के कारण हो ? आउदो दिनमा अबश्य पनि खुल्दै जानेछन |

एनआरएन कोरियाद्वारा संचालित नेपाल हाउसलाई बृहत रुप दिएर नयाँ नेपाल हाउस निर्माण गर्न भनेर १० करोड उठाउने भन्दै महामेला आयोजना गरिएको थियो | कार्यक्रम आयोजना हुनु पुर्व नै कोरियामा रहेका नेपाली समुदाय र बिभिन्न संघ संस्थाहरुले १३ करोड ४१ लाख ३६ हजार ९३२ वन सहयोग गरेका थिए |

भावी नेतृत्वले बर्तमान कार्यसमितिले थालनी गरेको नयाँ नेपाल हाउसको योजनालाई साकार पार्दै नयाँ नेपाल हाउस निर्माण गरेर कोरियामा रहेका नेपाली समुदायको बिश्वास जित्नु पर्ने छ |

कोरियामा अहिले विभिन्न बिसामा आएका ३० हजारको हाराहारीमा नेपालीहरु छन् | अहिले पनि नेपाल पैसा रेमिट्यान्सवाट भन्दा अबैध हुण्डी मार्फत नेपाल जान्छ | यसरी हुण्डीको दलाली गर्ने अधिकांस नेपालीहरु गैरआवासिय नेपाली हुन् या बिजनेस विसामा रहेका नेपालीहरुले गर्दै आएको कुरा घाम जस्तै छर्लङ्ग छ |

 

पछिल्लो चरणमा नेपाल सरकार र राष्ट्र बैकले हुण्डी मार्फत नभई रेमिटयान्स मार्फत पैसा पठाउन आग्रह गर्दै हुण्डीलाई निरुत्साहित गर्न नयाँ नीति ल्याउने तयारी गरिरहेको बुझिएको छ | भावी नेतृत्वले नेपाल सरकारको कार्ययोजनालाई सफल बनाउन साथ दिदै नेपालमा लगानी भित्राउन पनि उत्तिकै सकारात्मक भूमिका खेल्नु पर्ने छ छ | अन्यथा एनआरएन धनी र ठुलाबडाको संस्था हों र एनआरएन काम भन्दा हल्ला बदि गर्छ भन्नेहरुलाई थप बल पुग्नेछ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...