Advertisement
SKIP THIS

गोरखाको सिंजाली मा.विलाई कोरियाबाट संयुक्त रुपमा आर्थिक सहयोग हस्तान्तरण


 

सोल – नेपालमा गत बैशाख १२ र २९ गते आएको महाभूकम्पबाट ध्वस्त सिंजाली मा.बि. कोटगाउँ गोरखालाइ दक्षिण कोरियामा रहनु हुने भूतपूर्व ताक्लुङे बिद्यार्थी र नेपाल मगर संघ दक्षिण कोरियाद्वारा पुनर्निर्माणको निमित्त संयुक्त रुपमा रु ३ लाख १३ हजार सहयोग रकम हस्तान्तरण गरिएको थियो । गत साउन १५ गते विद्यालयको प्राङगणमा आयोजित एक कार्यक्रम बीच उक्त रकम हस्तान्तरण गरिएको हो।
कोरियामा रहनुहुने भूतपूर्व बिद्यार्थी सामाजिक कार्यमा सक्रिय अभियन्ता सुशीला थापा मगरको बिशेष अगुवाइमा रु २,५३,६६० र नेपाल मगर संघको भूकम्प राहत अभियान बाट रु ५९,३४० जम्मा गरी सो रकम हस्तान्तरण गरिएको हो।
मगर संघ दक्षिण कोरियाका प्रतिनिधि निवर्तमान महासचिव सि.पी.मगर सक्रिय सदस्य उमेश थापा मगर र सहजकर्ता राम बहादुर थापा मगर उपस्थित सो कार्यक्रममा बिद्यालयमा अध्ययनरत करीब ५०० बिद्यार्थी ,शिक्षक,ब्यबस्थापन समिति, अभिभावक संघका प्रतिनिधि लगायत अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।

 
कार्यक्रममा प्र.अ. बल नारायण श्रेष्ठ ब्यबस्थापन समिति अध्यक्ष रेशम बाबु बि.क. शिक्षक ध्रुव खनाल प्रतिनिधि सि.पी.मगरले सहयोग रकम र भावी योजनाको बिषयमा बोल्नुभएको थियो।

 
सोही कार्यक्रममा कतारमा रहनु हुने दम्पती तेज बहादुर थापा मगर र सीता थापा मगरले पनि बिद्यालय निर्माणार्थ रु १ लाख ३९ हजार ६०० सहयोग गर्नु भएको थियो।कार्यक्रमको अन्तिममा सहयोगदाताका अभिभावक र सहजकर्तालाई बिद्यालयका प्र.अ., अध्यक्ष र बिद्यार्थीहरुले फूलमाला तथा अबिरले सम्मान गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...