कोरियामा चर्चित लोक दोहोरी कलाकार जुना श्रीस र बसन्त थापा लाई सम्मान


सोल -फोनिज कोरिया सम्बददाता

बाग्लुंग सम्पर्क समिति कोरिया र रेसम फिरिरी सांगीतिक समूह कोरियाको संयुक्त आयोजनामा चर्चित लोक दोहोरि गायिका जुना  श्रीस मगर र चर्चित लोक गायक तथा सर्जक  बसन्त थापालाई यहि २०१५ अगस्त २ तारिखका दिन एक कार्यक्रमको बिचमा सम्मान गरियो| लोक गीत क्षेत्रमा सक्रिय योगदान दिएका कलाकार द्वय श्रीस र थापा गत जुलाई २६ तारिक रेसम फिरिरी सांगीतिक समूह कोरिया द्वारा आयोजित लोक दोहोरी समर धमाका कार्यक्रमका लागि कोरिया आएका थिए|

बाग्लुंग सम्पर्क समिति कोरियाका  अध्यक्ष यम श्रीस मगर को अध्यक्षतामा भएको सम्मान कार्यक्रममा रेसम फिरिरी सांगीतिक समुहका सदस्य के बि पुन ले मन्तब्यले स्वागत गरेका थिए भने बाग्लुंग सम्पर्क समिति कोरियाका सचिब सज्जन कुमार सिंहले कलाकार द्वय श्रीस / थापा को कलाकारिता क्षेत्रको  चर्चा गरेका थिए |तेसै गरि बाग्लुंग सम्पर्क समितिका सल्लाकार दिपक पुनले कलाकारहरुको सम्मान गर्न पाउनु एउटा गौरब को कुरा हो र सबै बाग्लुंगबासीहरु एक भै प्रबासमा हुने गरेका आपत बिपतका घटनालाई सहयोग गर्न बाग्लुंग सम्पर्क समिति एक साथी बनेकोमा हामी अझै खुसि छौ साथै भलिबल खेलमा समेत बाग्लुंगको उत्कृस्ट खेल प्रदर्सन सहित स्यांग्जा कपमा आजकै दिनमा प्रथम हुन सफल भएकोमा खेलाडीहरुलाई पनि बधाई तथा धन्यवाद प्रदान गरेका थिए| त्यसै गरी बाग्लुंग सम्पर्क समिति कोरियाका संरक्षक बिपिन गुरुङ लगायतका पदाधिकारीहरुले सम्मान पत्र खादा र उपहारले कलाकार श्रीस र थापा लाई सम्मान गरेका थिए|औपचारिक कार्यक्रम समापन पश्चात लोक दोहोरि गीत संगीत र नृत्य को माध्यम बाट उपस्थित सम्पूर्ण महानुभाबहरुले  धित मरुन्जेल भरपुर मनोरंन्जन लिएका थिए| कार्यक्रम रेसम फिरिरी सांगीतिक समूहका संयोजक प्रेम सर्बुजाले संचालन गरेका थिए|

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने
  • एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने
  • कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने
  • एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...