Advertisement
SKIP THIS

इलाममा नगदे बालीबाट ७ अर्ब


विप्लव भट्टराई
इलाम – नगदे बालीमा अग्रणी यो जिल्लामा गत आर्थिक वर्षमा कृषि बालीबाट पौने ७ अर्ब रुपैयाँ भित्रिएको छ। आलु, अलैंची, अकबरे खोर्सानी, अदुवा, तरकारी, किवी र सुन्तला बिक्री गरेर कृषकले ६ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेका हुन्।
 
यीबाहेक चिया, जडीबुटी, दूध, दुग्धजन्य उत्पादनबाट भएको आम्दानी पनि उल्लेख्य छ। व्यावसायिक नगदे बाली खेतीमा लागेका कृषकले सबैभन्दा धेरै अदुवा खेतीबाट आम्दानी गरेका हुन्। अदुवा उत्पादनमा मुलुकमै पहिलो स्थानमा रहेको जिल्लाका कृषकले ४५ हजार ९ सय ९४ टन अदुवा उत्पादन गरे। उत्पादित अदुवामध्ये ३६ हजार ७ सय टन निर्यात गरी २ अर्ब ९४ करोड ३६ लाखको कारोबार भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
 
जिल्लामा अलैंचीबाट १ अर्ब १३ करोड, आलुबाट ८१ करोड ८६ लाख, अकबरे खोर्सानीबाट १७ करोड ५० लाख, महबाट ५२ लाख, तरकारी खेतीबाट ८१ करोड ८६ लाख, सुन्तलाबाट १७ करोड र किवीबाट ७५ लाख रुपैयाँ आम्दानी भएको कार्यालयले जनाएको छ। सिँचाइ, मल, बीउ, बजार र प्राविधिक सहयोगको पर्याप्त व्यवस्था नभए पनि कृषकको पहलमा यति आम्दानी भएको हो।
 
यस वर्ष अदुवा प्रतिमन (४० केजी) ३ हजारदेखि ४ हजारको हाराहारीमा बिक्री भएको थियो। नगदे बालीको अर्को प्रमुख स्रोत अलैंचीबाट पनि जिल्लाका कृषकले उल्लेख्य आम्दानी गरेका छन्। रोगको प्रकोपका कारण झन्डै मासिने अवस्थामा पुगेको अलैंची पुन: फस्टाउन थालेको र मूल्यमा आएको वृद्धिले कृषकले राम्रो आम्दानी गर्न सकेका हुन्।
 
गत वर्ष जिल्लामा ५ सय २० टन अलैंची उत्पादन भएको थियो। सबै निर्यात भएको अलैंचीबाट कृषकले १ अर्ब १३ करोड २३ लाख भित्र्याए। प्रतिमन ८७ हजारदेखि १ लख १० हजारसम्ममा अलैंची बिक्री भएको थियो।
स्याङ्ले, जुरजुरेजस्ता रोगका कारण मासिने क्रममा रहेको अलैंचीलाई कृषकले करेसाबारीमै खेती गरेर उत्पादन बढाएका हुन्। गहुँत र गोबरमल प्रयोग गरेर कृषकले भाइरसजन्य रोग घटाएका थिए।
 
‘पुरानै रहेको बिरुवालाई गहुँत र गोबरमलको प्रयोगले जगाएपछि वार्षिक १० लाख रुपैयाँभन्दा धेरै आम्दानी हुन थालेको छ,’ माईमझुवा १ याङ्माका तोया दाहालले भने।
 
जिल्लाका लेकाली गाउँका कृषकले व्यावसायिक रूपमा खेती गर्दै आएको आलु खेतीबाट १ अर्ब ४७ करोडको आम्दानी भएको छ। ९१ हजार ७ सय ४० टन उत्पादित आलुमध्ये ७३ हजार ४ सय टन बिक्री भएको छ।
 
पूर्वी क्षेत्रका किसानले व्यावसायिक तरकारी खेतीबाट वार्षिक ८१ करोड ८६ लाख कमाइ गरेका छन्। टमाटर, काँक्रा, रायोको साग, काउली, गाजर, मूला, करेला, स्कुस, स्कसको जरा गरी ४५ हजार ४ सय ८० टन तरकारी उत्पादन भएकामा ४० हजार ९ सय ३२ टन तरकारी निर्यात भएको हो। स्थानीय र झापाका बजारसहित सीमापारि भारतीय बजारमा पनि यहाँको तरकारी पुग्ने गरेको छ।
 
बिचौलियाका कारण कृषकले सस्तोमा बिक्री गर्नुपर्ने र उपभोक्ताले धेरै रकम तिर्नुपर्ने अवस्था भने हटेको छैन।
 
व्यावसायिक खेती गरिँदै आएको अकबरे खुर्सानीबाट साढे १७ करोड रुपैयाँ कृषकले आम्दानी गरेका छन्। ६ सय १० टन अकबरे उत्पादन भएकामा ५ सय ५० टन मात्र निर्यात भएको छ।
 
२ सयदेखि ४ सय रुपैयाँसम्म प्रतिकिलोका दरले बजारमा बिक्री हुने अकबरे खोर्सानी स्वास्थ्यका दृष्टिले पनि राम्रो ठानिने गरेको छ।
 
यो वर्ष मह उत्पादनबाट कृषकले ५२ लाख रुपैयाँ भित्र्याएका छन्। २४ टन मह उत्पादन भएकामा १९ टन बिक्री भई १ करोड ५२ लाख भित्रिएको छ। मह प्रतिकिलो ८ सयमा बिक्री भएको छ।
 
सुन्तला उत्पादनबाट पनि यहाँ किसानले राम्रो आम्दानी गरेका छन्। ३ हजार ५ सय ५ टन सुन्तला उत्पादन भएको थियो। सुन्तला बिक्री गरेर १७ करोड ८ लाख २० हजार भित्रिएको छ।
 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...