Advertisement
SKIP THIS

कोरियाबाट फर्केका मध्ये ६३ प्रतिशत उद्योग व्यवसायमा संलग्न


सोल–रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यअवधि पूूरा गरेर कोरियाबाट फर्केका नेपाली कामदार मध्ये ६३ प्रतिशत भन्दा बढिले नेपालमा उद्योग ब्यबसाय संचालन गरेर बसेको अध्ययनले देखाएको छ ।
 
 
कोरियाबाट फर्केका ९ सय ५० जना कामदारमा गरिएको अध्ययन अनुसार यहाँबाट नेपाल फर्केका ६३.१५ प्रतिशत कामदारले बिभिन्न स्थानमा उद्योग ब्यबसाय संचालन गरेर बसेका हुन् । उनीहरु मध्ये सामाजिक कार्यमा ५.७८ प्रतिशत , कृषि तथा पशुपालन क्षेत्रमा ५.२६ प्रतिशत, पर्यटन क्षेत्रमा २.१० प्रतिशत संलगन छन् भने २० प्रतिशत बेरोजगार रहेको सर्भेक्षणमा उल्लेख छ ।
 
 
 
१५ जिल्लालाई मुख्य आधार मानेर गरिएको सर्भेक्षणमा गत असार १८ गते सम्ममा स्वदेश फर्केका कामदारलाई समेटिएको छ । जिल्लाका आधारमा रुपन्देहीका सबैभन्दा धेरै १ सय ५० कामदार कोरियाबाट फर्केको सर्भेक्षणमा उल्लेख छ । यी मध्ये ७ जना महिला छन् । त्यसपछि म्याग्दीका ७९, सुनसरीका ६५ कास्कीका ६५, चितवन ५३ , काठमाडौंका ५०, पार्वातका ४४, गोरखाका ४१, पाल्पाका ४०, गुल्मीका ३४, ललितपुरका ३३, नवलपरासी २८, झापा २५, लमजुङ १७, भक्तपुर १३, र अन्य जिल्लाका २१३ जनालाई सर्भेक्षणमा समेटिएको थियो ।
 
 
 
बैदेशिक रोजगार प्रबद्र्धन बोडको सहयोग र ईपीएस शाखा नेपालको समन्वयमा अँकुर नेपालले प्रस्तुत गरेको सर्भेक्षण प्रतिबेदनमा सरकारी तवरबाटै ब्यबस्थापन हुने हुँदा ईपीएसमा कामदार ठगिमा नपर्ने, स्वच्छ, निस्पक्ष र ब्यबस्थित छनौट प्रकृया, कामदारको सेवा सुबिधा स्पस्ट उल्लेख हुने , कोरियन मजदूर र बिदेशी मजदूरबीच कानुनि भेदभाव नगरिने, ९ सय ३१ डलरको लागतमा मासिक ११ सय भन्दा बढी डलर आम्दानी हुनसक्ने बुंदाहरु उल्लेख छन् ।
 
 
त्यस्तै कोरियाबाट फर्केकाले उच्च प्रबिधि र कडा अनुसाशन सिकेर आउने भएकाले उनीहरुलाई राष्ट्र निर्माणमा परिचालन गर्नुपर्ने, उनीहरुको आर्थीक सामाजिक एकीकरणका लागि अबिलम्ब सघन कार्यक्रमहरु संचालन गर्न सरकारलाई सुझाव दिइएको छ ।
 
 
कोरियामा अबैधानिक नेपाली कामदारको संख्या बढी भएमा ईपीएस कोटा कम हुने वा दुई देशबीचको सम्झौता नै भंग हुनसक्ने भएकाले अबैधानिक बस्ने प्रवृतिलाई निरुत्साहित गर्न स्वदेश फर्केका कामदारहरुको चाहना अनुसार आर्थिक तथा सामाजिक एकीकरण कार्यक्रम म संचालन गर्न आबश्यक रहेको प्रतिवेदनमा औंल्याएइको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...