कोरियाका नेपालीलाई खारे खोला जलबिद्युत आयोजनामा लगानीको अवसर


सोल-क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रवर्धित कम्पनी सि.ई.डि.बी हाइड्रो फण्ड अन्तर्गत रहेको युनीभर्सल पावर कम्पनीले कोरियामा रहेका नेपालीहरुका लागि तल्लो खारे खोला जलबिधुत आयोजनाको अग्राधिकार शेयर खुला गर्ने भएको छ | कम्पनीले   साना लगानीकर्तालाई समावेश गर्ने गरि करीब ८७ लाख कित्ता अग्राधिकार शेयर (रु १०० सय प्रति कित्ता दरको ) बिक्री गरी आवश्यक रहेको लगानी रकम जुटाउने लक्ष राखेको हो |
 
 
सि.ई.डि.बी हाइड्रो फण्डकै नेतृत्वमा निर्माण हुन लागेको ११ मेगावाट क्षमताको तल्लो खारे खोला जल्बिध्युत आयोजनाको निर्माण स्थल दोलखा जिल्लाको सुरी र चंखु गाविस पर्दछ | तीनदेखि चार बर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको कुल लागत करीब एक अर्ब सतासी करोड रुपैया रहने कम्पनिको अनुमान छ | युनिभर्सल पावर कम्पनीको स्वामित्व रहेको यस आयोजना निर्माण गर्न बिद्युत खरीद विक्री सम्झौता, बृस्तित डिजाइन , वाताबरणीय अध्ययन र आयोजनालाई आवश्यक ९५ प्रतिशत जग्गा खरीद गरि सकिएको प्रबन्ध निर्देशक विनयकुमार भण्डारीले जानकारी दिए | आयोजनाको निर्माण कार्य आगामी मंगसिरदेखि सुरु गरिने छ |
 
 
अग्राधिकार शेयर ४ बर्ष पछि स्वत साधारण शेयरमा परिवर्तन हुनुका साथै अग्राधिकार शेयरमा बार्षिक ७.५ % प्रतिफल दिने कम्पनीको योजना रहेको छ | अग्राधिकार शेयरमा बार्षिक ब्याज दिने नेपालकै पहिलो कम्पनी रहेको निर्देशक भण्डारीले दावी गरे |
 
 
बैंक अफ काठमाण्डौसँग यस आयोजनाको ऋण सम्झौता सम्पन्न भइसकेको छ भने आयोजनाबाट उत्पादित बिद्युत सिंङ्गटी सबस्टेसनबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ | आयोजनास्थल सम्म बाटो पुगिसकेको र उत्पादित बिद्युत सहजै राष्ट्रिय ग्रीडमा जोडिने पनि भण्डारीले जानकारी दिए |
 
 
साधारण शेयरमा परिवर्तन हुने आग्राधिकार शेयर भएकोले लगानीकर्ताको जोखिम न्युन हुनुको साथै आयोजनाबाट बिद्युत उत्पादन पश्चात साधारण शेयरमा परिवर्तन हुने भएकाले लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गर्नेमा पूर्ण बिश्वस्त हुन कम्पनिले लगानीकर्तालाइ सुझाएको छ | आयोजनाको निर्माण पश्चात यसको शेयर सर्वसाधारणलाई विक्री गरी नेप्सेमा सुचिकृत गरीने योजना रहेको कम्पनीले जानकारी गराएको छ | क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रवर्धित कम्पनी सि.ई.डि.बी हाइड्रो फण्डले यस अघि लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलबिद्य’त आयोजना निर्माण सम्पन्न गरिसकेको छ |
 
अग्राधिकार शेयरमा लगानी न्युनतम एकलाख रुपया रहेको छ | जलविद्युतमा लगानीका लागि आयोजना निर्माण कम्पनीले आयोजना बारेमा थप जानकारी दिनका लागि १६ अगस्ट सौलमा र २३ अगस्टमा   बुसानमा अन्तरक्रिया आयोजना गरेको छ | अन्तरक्रियाका लागि नेपालदेखि आयोजना प्रबन्ध निर्देशक विनयकुमार भण्डारी उपस्थित हुने कम्पनीले जानकारी दिएको छ
 
कोरियामा संपर्क व्यक्ति:-
बिदुर लिम्बु -फोन -01059474342

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...