कोरियाको नेपाली फिल्म नगरी सुवनमा “१२ गाउँ” प्रदर्शन हुने
विराज भट्टद्वारा निर्देशित चलचित्र “१२ गाउँ ” कोरियाको नेपाली फिल्म नगरी सुवनमा प्रदर्शन हुने भएको छ। “प्राथमिक तहका विपन्न बालबालिकाहरुलाई न्यानो वितरण अभियान सहयोगार्थ” सल्यानी समाज दक्षिण कोरियाले चलचित्र प्रदर्शन गर्न लागेको हो।
कर्णाली प्रदेश समाज र राप्ती समाज दक्षिण कोरियाको सहजिकरणमा सुवन सहरको अत्याधुनिक मेगाबक्स हलमा अक्टोबर २७ तारिख १२ गाउँ को एकसाथ ४ शो रहने छ भने अग्रीम टिकट बूकिङ गर्न सकिने अध्यक्ष टर सिंह पुनले जानकारी गराएका छन्।
देश तथा विदेशमा सुपरहिट भैरहेको चलचित्र १२ गाउँमा विराज भट्ट, दिया मास्के, मुरलीधर, सुलेमान शंकर , सोनु चन्द्रपाल साथै विराज भट्टका छोरा समिर भट्टको डेब्यु रहेको छ।